रुपन्देहीमा कृषि सहकारीको खडेरी

कृष्ण खनाल
बुटवल, ८ भदौ ।
जिल्ला कृषी विकास कार्यालय रुपन्देहीले
 समय÷समयमा कृषकहरुको हितको लागि सहकारी मार्फत विभिन्न काम गर्दै आएको छ । कहिले अनुदानको गहँुको, धान, प्याज तथा अन्य  गेडागुडीको  विउ वितरणका साथै  अनुदानको मलखाद (मल युरिया, डिएपी) समेत वितरण गर्दै आएको छ ।
 जिल्ला कृषि विकास कार्यालयले आफैले यि कार्यहरु गर्नु भन्दा पनि सहकारी मार्फत काम गराउने भन्दै समय ÷समयमा  सूचनामार्फत सहकारीहरुलाई सहकार्यको लागि आउनको लागि आग्रह गर्दछ । सहकारी मार्फत काम गर्दा बास्तविक किसान लाभांवित हुने भएको कारण यसो गरिएको कार्यालयको भनाई रहेको छ ।
तर यस्तो अनुदानको मल तथा विउ  वितरण गर्ने कार्यममा रुपन्देहीमा मुस्किलले ५÷७ वटा मात्र सहकारीले निवेदन दिने गर्दछन्  ।
पछिल्लो समयमा जिल्लामा १ सय ८ वटा कृÈी सम्बन्धी सहकारी रहेकोमा जम्मा २२ वटा मात्र सहकारी संस्था डिभिजन सहकारी कार्यालय रुपन्देहीमा दर्ता भएका छन् ।  
दर्ता भएका ति सहकारीहरुले समेत बचत तथा ऋणको काम गर्ने गरेको कारण रुपन्देहीमा बास्तविक कृषकको हितमा काम गर्ने ‘कृषि सहकारी’को ‘खडेर लागेको’ समेत आंकलन गर्न थालिएको छ ।
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि अधिकृत कृष्णभद्र अधिकारीले कार्यालयले पटक–पटक विभिन्न कार्यक्रममा कृषक र सहकारी मार्फत काम गर्न चाहेपनि मुस्कीलले ५÷७ वटा मात्र सहकारीहरुले तत्परता देखाउने गरेको बताए ।
उनले उन्नत विउ विक्रि वितरण देखि मलखाद वितरण गर्दा कृषि कार्यालयले सहकारी मार्फत काम गर्नको लागि पटक÷पटक सूचना प्रकाशन गर्ने गरेको भएपनि कमै मात्रमा कृषी सम्बन्धी सहकारीले चासो देखाउने गरेको जानकारी दिए ।
उनले भने–‘हामीले पटक÷पटक सूचना जारी गर्दा मुस्कीलले मात्रै केही सहकारीले चाँसो देखाएको पाउछौँ ।’ उनले कृषी र यस संग सम्बन्धीत सहकारीहरुलाई बढि सक्रिय हुन र जिल्ला कृषि विकास कार्यालय संगसंमन्वय गरेर अगाडी बढ्नको लागि आग्रह गरे । उनले भने–‘हामी संग आउनुहोस् सेवा तथा सुविधा लिनुस्, अलि बढि सक्रिय हुनुहोस् जस्ले कृषक सबैलाई फाईदा हुन्छ ।’
एकतथ्यांक अनुसार रुपन्देही जिल्लामा ३ सय १६ वटा बचत तथा ऋण सहकारी संस्थाहरु रहेका छन । त्यस मध्ये २ सय ४१ वटा सहकारी मात्र जिल्ला बचत तथा ऋण  संघमा आवद्व भएका छन ।  जिल्लामा ७० वटा दुग्ध सहकारीहरु रहेका छन् । त्यमा दुग्ध सहकारी संघका जम्मा ४२ वटा मात्र सहकारीहरु आवद्व भएका छन् भने केन्द्रमा जम्मा २८ वटा सहकारीहरु दर्ता भएको तथ्यांकमाा पाईन्छ ।
उता, साना किसान सहकारी संस्था लिमिटेडका अध्यक्ष सानाकिसान कृषी सहकारीका अध्यक्ष रामप्रसाद रेग्मी उपयुक्त कृर्षी नीति नभएको कारणले गर्दा कृषी सम्बन्धी सहकारीहरु मर्कामा  परेको बताउछन् ।
पछिल्लो तथ्यांक अनुसार रुपन्देहीमा ६ सय ४९ सहकारी सञ्चालनमा रहेका छन् । जिल्लामा मापदण्ड विपरित सन्चाल रहेका ९२ पुगेको छ ।
कार्यालयले गत वर्Èसम्म ६८ वटाको दर्ता खारेज गरिएको थियो । नियमित रुपमा लेखा परीÔण नगराउने, समयमै साधारणसभा तथा अधिवेशन नगराउने तथा विधिपूर्वक संस्था सञ्चालन नगर्ने सहकारीको दर्ता खारेज गरिएको हो । जसमा कृर्षी सहकारी संस्थाहरु भन्दा बढि बचत तथा ऋण सहकारी संस्था रहेका छन ।

 -------------------------------------------
रारा सहकारीको छैठौ साधारण सभा तथा तेस्रो अधिवेसन
उपयुक्त कृषि नीति अवश्यक

बुटवल, ८ भदौ ।
उपयुक्त सरकारी कृषि नीति नभएको कारण नेपालमा कृषि सहकारीहरुको विकास हुन नसकेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
आईतबार रारा कृषि सहकारी संस्था बुटवल ७ को छैठौ साधारणसभा तथा तेस्रो अधिवेसनको अवसरमा आयोजना गरिएको कार्यक्रमका सहभागीहरुले नेपालको सहकारी नितीले कृषि क्षेत्रलाई उपेक्षा गरेको भन्दै कृषी सहकारीहरुलाई प्रोत्साहन गर्ने किसिमको सहकारी निती आवश्यक रहेको बताएका हुन । 
सहकारीका अध्यक्ष राम प्रसाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा पुर्व कृषि तथा सहकारी मन्त्री छविलाल विश्वकर्माले विभिन्न विदेशी मुलुकहरुमा सहकारले ठुल ठुला क्रान्तिहरु गरेको भन्दै  नेपालमा पनि विस्तारै सहकारी फड्को मार्दै गएको र आगामी दिनमा पनि  सहकारीबाट अझ बढि क्रान्तिहरु हुन सक्ने बताए ।
विश्वकर्माले भने–‘नेपालको सहकारी नितीले कृर्षी सहकारीलाई बढि प्रथमिकता दिने खालको नीति ल्याउने पर्दछ ।’ उनले बचत  तथा ऋण परिचालन गर्ने सहकारीहरुले देशको विकास गर्न नसक्ने भन्दैउत्पादनशिल क्षेत्रमा लगानी गर्ने खालको सहकारी आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बरिष्ठ कृषी अधिकृत कृष्णभद्र अधिकारीले रुपन्देही जिल्लाका कृर्षी सहकारीहरुको संख्या न्युन रहेको भन्दै कृषकहरु अझ बढि सक्रिय भएर कृषी सहकारी स्थापना गर्न तर्फ लाग्नको लागि आग्रह गरे ।
 सहकारीका उपाध्यक्ष कलाधर पन्थीको स्वागत मन्तव्य रहेको कार्यक्रममा पुर्व सांसद नजिर मियाँ, बुटवल नगरपालिकाका बरिष्ठ अधिकृत भुवा प्रसाद लुईटेल, नेपाल फलफुल तथा तरकारी व्यवसायी महासंघका केन्द्रिय सदस्य घनश्याम भुषाल, सानाकिसान कृषी सहकारीका अध्यक्ष रामप्रसाद रेग्मी, किसान उन्नत विउ विकास परियोजनाका प्रमुख सुर्य प्रसाद पौडेल,  आवश्यक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निधर साह, रुपन्देही व्यापार संघका मणि खनाल ,सहकारीका सचिब भिमकान्त पन्थी, लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाको आर्थिकप्रतिवेदन कोषाध्यक्ष तुल्सिराम रिजाल र लेखा समितिको प्रतिवेदन संयोजक गोविन्द प्रसाद भण्डारीले प्रस्तुत गरेका थिए ।  अधिवेसनले नयाँ नेतृत्व चयन गरेको  छ ।  सहकारीमा १ सय १४ जना सेयर सदस्य रहेका छन् ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती