यातायातको गल्तीले सेवाग्राहीलाई सास्ती

कृष्ण खनाल
बुटवल, २६ साउन ।

कपिलवस्तुको वरकुलपुर का नारायण प्रसाद भुषालले अघिल्लो हप्ता सवारी चालक अनुमती पत्र(लाईसेन्स)को परिक्षा दिएर नाम निस्कीयो । अघिल्लो बुधवार देखि उनी सवारी चालक अनुमती पत्रकै लागि बुटवल कार्यालयका धाएको धाएै छन् । 
भौतिक पुर्वधार तथा यातायता मन्त्रालय, सवारीचालक अनुमती पत्र कार्यालय बुटवलमा बुधवार देखि लाईसेन्स लिन बसेका उनी बुधवार सम्म पनि झमेला खेप्न बाध्य भए । कारण उनको गाविसको नाममा अग्रेजीमा गलत लेखिएको थियो ।  गाविस वरकुलर–७ नेपालीमा लेखिएकोमा कर्मचारीको लापरवाहीले बारक्ककुलपुर, कपिलवस्तु लेखिएको थियो । जुन गाविस कपिलवस्तुमै छैन । उनी भन्छन्–‘ल भोली आउ सच्चाईदिन्छु भन्दै एक हप्ता भयो धाएको, कहिले नेट छैन भन्छ, कहिले टाईम भेईयो, भोली आउ भन्दै टारिरहेका छन् । ’
कपिलवस्तु देखि  आउदा जाँदा धेरै समय लाग्ने र काम सकेर मात्रै जाने भन्दै होटलमा बसेको उनको भनाई रहेको छ । 
उनको बाबुको नाम जंगसर भुषाल स्पष्ट रुपमा प्रवेश पत्रमा लेखेका छन् । तर उनको बुबाको नाम चालक अनुमती पत्रमा जगसार भुषाल  लेखेर आयो । 
उनी मात्र होईन्, पाल्पाका रितेश  जिसीको जन्मी मितिः २०४९ साल हुनेमा २०५१ साल देखेर आयो । त्यहि सच्चाउनको लागि उनी कार्यालय धाएको धाएै छन् । कहिले आज हुन्न, भोली आउ भन्दै टारेको उनको पनि गुनासो रहेको छ । उनी भन्छन्–‘पाल्पा देखि आउनेहो, कहिले आज, कहिले भोली भन्दै टारेका छन्, नागरिकताको फोटो कपी समेत राखेर दिदाँ समेत मिस्टेक आयो, सच्चाउनको लागि पनि सास्ती ।’

यस्तै कपिलवस्तुकै वगलपुर गाविसका शिशिर भुषाललको  अग्रेजिमा नामा गलत लेखेर आयो । शिशिर शब्दमा विचमा एच शब्द नै छैन । जसको कारण नागरिकत्ता र लाईसेन्समा फरक परेको कारण सच्चाउनको लागि उनी पनि कार्यालय धाएका थिए । बुधवार दिउसो करिव ३ बजे  नयाँ निकालेको लाईसेन्स विग्रेपछि सच्चाउन लाईनमा बसेका उनले भन्दै थिए –‘कस्तो अग्रेजीमा पनि केही नजानेका कर्मचारी रैछन,’ । उन बुबाको नामको सट्टा कुनै कुनै व्याक्तिको लाईसेन्समा आमाको नाम लेखिएको, ब्लड गु्रप नै गलत लेखर आएको तथा जन्म मिति, जन्मस्थान पनि गलत लेखेर आएको लाईसेन्स सच्चाउनको लागि बुधवार लामै लाईन थियो । 

नवलपरासीको बर्दघाट नगरपालिका–४ का विनोद गौतम को जन्मस्थान माकर, नवलपरासी लेखेर आयो । आज भन्दा करिव ३ बर्ष पहिला नै नगरपालिका बनेको उनको गाविसको नाम कुनै पनि स्थानमा काम लाग्दैन । नागरिकतामा समेत उनको बर्दघाट नगरपालिका –४ भनेर उल्लेख छ । तर लाईसेन्समा माकर भनेर आएको कारण सच्चाउनको लागि लाईनम बसेका थिए । 
यता,  यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र, बुटवका प्रमुख बेदप्रकास अर्याललले पहिला नै केन्द्रीय सफ्टवेर सेट भएको र नयाँ अपग्रेड नभएको कारण पुरानै गाविस र नगरपालिका उल्लेख हुने बताउछन् ।  उनी भन्छन्–‘पहिलाको नै गाविस र नगरपालिका सफ्टवेरमा सेट भएको छ, हामी यहाँ सच्चाउन सकिदैन, जसको कारण, नगरपालिकाको ठाउमा गाविसको नाम आएको हुन सक्छ ।’
उनले जन्मीति, नाम, बाबुको नाम, नागरिकत्ता नम्बर फरक पर्नुको कारण फारम भर्दा अग्रेजी र नेपाली दुबैमा नभरेको कारण आफै कर्मचारीहरुबाट राख्दा गल्ती भएको हुन सक्ने  दावि गर्दछन् । उनी भन्छन्–‘कुनै फारम परिक्षार्थी आफैले भरेको हुदैन, अर्काले लेख्दा जे लेख्छ, त्यहि आउने भयो ।’ 
तर यति भनेर कर्मचारीहरुको गल्ती ढाकछोप गर्न नपाउने सेवाग्राही बताउछन् । नागरिकताको प्रतिलिपी समेत राखेर दिएको निवेदनमा नहेरेर लापरवाहीले गल्ती गर्नु  कर्मचारीकै गल्ती भएको र जसको कारण आफुहरुले सास्ती खेप्नुपरेको सेवाग्राहीहरुको गुनासो रहेको छ । 

नेपाल सरकारले वि.स. २०७१ बैशाख २५ गते विहिवार ६१ वटा थप नयाँ नगरपालिका र सोही बर्षको असोज १ गते २६ वटा नगरपालिका थपेको थियो । यसबाट नेपालभर २ सय १७ वटा नगरपालिका बनेका छन् । तर यातायात व्यवस्था कार्यालयको सफ्टवेर भने पुरानैले काम चलाएको छ । नयाँ नगरपालिका थपिएको २ बर्ष भन्दा बढि भैसकेको छ । तर सरकारी कामकाजको कार्यालयले भने पुरानै तथ्यांक, पुनानै  गाविस, पुरानै ठेगानामा काम गरेको छ । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र कार्यालय बुटवलका प्रमुख अर्याल भन्छन्–‘यो काम केन्द्रबाट हुनुपर्ने हो, तर भएको छैन, हामीले यहाँबाट केही गर्न मिल्दैन ।’

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै