अञ्चल अस्पताल बुटवल, प्रसुती सेवा लिने महिला बढ्दै


कृष्ण खनाल
बुटवल 
यस क्षेत्रकै पुरानो अस्पतालको रुपमा रहेको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा सबैभन्दा बढि महिलाहरुले सेवा लिने गरेको पाइएको छ । गत आर्थिक बर्षमा  अस्पतालको (बहिरङ्ग सेवा) बिभागमा गत आर्थिक वर्षमा १ लाख २५ हजार ५ सय ५५ जना सेवाग्राहीले उपचार सेवा लिएकोमा ४७ हजार ६ सय ९६  सेवाग्राही महिलाहरुले सेवा लिएका छन् । 
यी महिलाहरु मध्ये स्त्री तथा प्रसूति विभागमा सो सम्बन्धि महिला सेवाग्राहीको संख्या १६ हजार ३ सय ५० रहेको छ । लुम्बिनी अञ्चल अस्पताल बुटवलका मेडिकल रेर्कर अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार अन्य बिभागमा सेवा लिने महिलाहरुको संख्या ३१ हजार ३ सय ४६ र हेका छन् । भने पुरुष सेवाग्राहीहरुको संख्या ७७ हजार ८ सय ५९ जना रहेका छन् । 
यस्तै यस अस्पतालको ईमेरजन्सी (आपतकालीन सेवा) बिभागमा गत आर्थिकवर्षमा ४३,०७७ जना सेवाग्राहीले उपचार सेवा लिएका छन् । मेडिकल रेर्डर अधिकृत  रेग्मी भन्छन्–‘जसमध्ये २०,५७९ सेवाग्राही महिला देखिन्छन’ महिलाहरु मध्ये स्त्री तथा प्रसूति विभागमा सो सम्बन्धि महिला सेवाग्राहीको दर्ता संख्या ९ हजार ६ सय ५७ रहेको छ ।  आपत्कालिन सेवामा महिलाहरुको संख्या १० हजार ९ सय २२ रहेका छन् भने पुरुष सेवाग्राहीहरुको संख्या २२ हजार ४ सय ९८ जना रहेका छन् । 
आम्दानी पनि बढ्दै 
लुम्बिनी अञ्चल अस्पतालको आर्थिक बर्ष २०७२÷७३ को प्रथम अर्धबार्षिक लेखा तथ्यांक अनुसार विभिन्न शिर्षक अन्र्तगतमा कुल ६ करोड १३ लाख ५३ हजार ६ सय ४६ रुपैयाँ आम्दानी गरेको छ । 
सोही अवधिमा अस्पतालले विभिन्न प्रकृतिमा कुल ४ करोड  ८९ लाख ९१ हजार ६ सय ७८ रुपैयाँ खर्च गरेको छ । यो तथ्यांकबाट के प्रस्ट हुन्छ भने अस्पतालले सोही आर्थिक बर्षको प्रथम अर्धबार्षिक तथ्यांकमा कुल १ करोड २३  लाख ६१ हजार ९ सय ६८ रुपैयाँ नाफा गरेको देखिन्छ । 
सोही आर्थिक बर्षको  साउन महिना देखि गत बैशाख महिनाको ३१ गते सम्म अस्पतालले कुल ११ करोड ३७ लाख  ४९  हजार ७  सय ४३ रुपैयाँ ८९ पैसा आम्दानी गरेको छ भने सोही अवधीमा कुल ७ करोड ३ लाख ५५ हजार ३ सय ४९ रुपैया खर्च गरेको छ । यो तथ्यांकबाट अस्पतालले  चालु आर्थिक बषमा गतबैशाख महिनाको ३१ गते सम्म कुल ४ करोड ३३ लाख ९४ हजार ३ सय ८४ रुपैयाँ नाफा गरेको छ । 
लुम्बिनी अञ्चल अस्पतल बुटवलका मेडिकल रेकर्ड अधिकृत तथा सुचना अधिकारी लक्ष्मीराज रेग्मीमा अनुसार चालु आर्थिक बर्षको बैशाख मसान्त महिना सम्म  घरभाडाबावत अस्पतालले कुल ४ करोड २६ लाख ८२ हजार ७५ रुपैयाँ आम्दानी गरेको छ । अर्धबार्षिक लेखा समितिको प्रतिवेदनमा सबैभन्दा बढि अस्पतालले औषधी खरिदमा खर्च गरेको पाइएको छ । सो अवधीमा अस्पताल विकास समितिले कुल १ करोड २३ लाख ९ हजार ७ सय ७१ रुपैयाँको औषधी मात्र खरिद गरेको छ भने  दोस्रो स्थानमा कर्मचारीको तलब भत्तामा बढि रकम खर्च गरेको छ । १ करोड, २१ लाख ९८ हजार ८ सय २२ रुपैयाँ कर्मचारीहरुलाई तलब भत्ता खुवाउनको लागि खर्च गरिएको लेखा समितिको तथ्यांकमा उल्लेख गरिएको छ ।

लुम्बिनी अञ्चल अस्पताल विकास समितिका प्रमुख लेखा अधिकृत मित्रलाल त्रिपाठी अस्पतालको आम्दानीको स्रोत बलियो हुँदै गएको कारण अहिले आईसीयु सञ्चालन भएको बताउछन् । निकट भविश्यमा सिसियु समेत सञ्चालन गर्ने योजना रहेको भन्दै उनले  केही समय पहिला अस्पताल विकास समितिले वृद्धि गरेको सेवा शुल्क जायज भएको उनको दावि छ । लुम्बिनी अञ्चल अस्पतालका मेडिकल रेकर्डर अधिकृत तथा सूचना अधिकारी लक्ष्मीराज रेग्मीले अन्र्तराष्ट्रिय मापदण्ड अनुसार शुल्क वृद्धि अझै थोरै भएको बताउछन् । उनले अन्र्तराष्ट्रिय मापदण्ड अनुसार अस्पतालले  सेवा शुल्कमा गर्ने लगानी र  सेवा शुल्क एकै प्रकृतिको हुनुपर्ने नियम रहेको उनको दावि रहेको छ । अस्पताल विकास समितिले अञ्चल अस्पतालबाट पाउने सेवा  शुल्क र  सेवा प्रवाह गर्दा लाग्ने शुल्कको रकम बराबर हुने गरी  शुल्क निर्धारण हुनुपर्ने नियम अन्र्तराष्ट्रिय परिवेसमा रहेको उनको भनाई रहेको छ । उनी भन्छन्–‘विदेशमा के भन्दो रहेछ भने जति खर्च गर्छौ त्यहि बमोजिमको सेवा प्रवाह गर्नु भन्ने रहेछ । ’
केही समय पहिला  अञ्चल अस्पताल विकास समितिले शुल्क वृद्धि गरेकोमा स्थानिय स्तरमा यसको विरोध भएको थियो । अस्पताल विकास समितिका अध्यक्ष डा. प्राश्चित श्रेष्ठले शुल्क तत्काल घटाउने भन्दा पनि समायोज गर्ने विषयमा छलफल भएको बताउछन् । अस्पताल विकास समितिले बैठकबाट निर्णय गरि सेवा शुल्कमा वृद्धि गरिएको भन्दै यस विषयमा अहिले नै कुनै निर्यण नभएको उनको  भनाई रहेको छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै