‘दुध उत्पादन बढाउन घाँस खेतीमा जोड दिनुपर्छ’

मेघराज भण्डारी
निर्वतमान केन्द्रिय अध्यक्ष, नेपाल डेरी एशोसियन
पहिला आफै व्यवसायीक फम स्थापना गरेका मेघराज भण्डारीले दुधको लागत बढि भएपछि  गाई पाल्न छोडे ।  गाई भैसी पाल्न छोडेपछि उनले अहिले  बुटवल–८ मा पवित्रा डेरी उद्योग  स्थापना गरी दुध प्रसोधन, प्याकेजिङ्ग गरी बजारी करण गर्दै आएका छन् । दुधजन्य परिकार उत्पादन र बजारीकरण गर्दै आएका भण्डारी संग समग्र नेपालमा दुधउत्पादन र बजारीकरणको संभावनाको विषय बुटवल टुडे कर्मी कृष्ण खनालले गरेको कुराकानी  । 
के मा व्यस्त हुनुहुन्छ ? 
–केही बर्ष पहिला मेरो मैले व्यवसायीक रुपमा गाई भैसी पालन गर्दथे तर अहिले आफ्नै डेरी उद्योग स्थापना गरेको छु, यसैमा व्यस्थ छु । 
नेपालमा दुधको अवस्था कस्तो पाउनुभएको छ ? 
–म नेपाल डेरी एशोसियसनको केन्द्रीय अध्यक्ष हुँदा नेपालमा दुधको उृत्पादन, वितरण र बजारीकरणको अवस्थाको बारेमा जान्ने मौका पाए । नेपालको कुल ग्रास्थ उत्पादनमा दुधको योगदान करिव ९ प्रतिशत रहेको हाम्रो तथ्यांक छ । 
देशभर कति किसान यो व्यवसायमा छन् ? 
–करिव ४ लाख ५० हजार किसानहरुले व्यवसायीक रुपमा डेरी एशोसियनसंग आवद्व हुनुहुन्छ भने  । कतिपय अझै पनि व्यवसायमा आवद्ध  हुनुहुदैन । हाम्रो प्रयास जारी रहेको छ । 

दुग्धजन्य पद्धार्थमा कति लागानी रहेको पाउनुभएको छ ? 
–नेपालमा दुधको संभावना भएको देश हो । जालस्रोतको धनी भएजस्तै दुध उत्पादनमा पनि नेपालले फड्को मार्न सक्छ । मारिरहेको छ । यसमा करिव १५ करोड रुपैया बराबरको लगानी रहेको छ ।     नेपालभरमा करिव २० हजार व्याक्तिहरले प्रत्यक्ष रुपमा डेरी  व्यवसायमा आवद्व भएर रोजगारी प्राप्त गरेका छन् । 

डेरी व्यवसायीबाट किसानहरुले खास लाभ लिन सकेनन् भन्ने गुनासो छ नी ? 
–त्यसको होईन, हामीले किसान र उपभोक्ताहरुको विचमा पुलको काम गरेका छौं । गाउमा उत्पादन भएको दुधले उचित बजार नपाएको अवस्थामा हामीले बजारीकरणमा सहजीकरण गरेका छौ । व्यवसायीक भएपछि केही नाफा होला तर किसानमुखि योजनाका साथ हामी अगाडी बढाएका छौं । यहिले नेपालमा दैनिक करिव  ३ करोड रुपैयाँ सहरदेखि गाउ सम्म पुग्ने गरेको छ । त्यो सबै डेरी व्यवसायबाट हो । किसानले दुध विक्रिबाट नै राम्रो आम्दानी गरेका उदाहरण छन् । 
दैनिक कति दुध उत्पादन हुन्छ ? 
– नेपाल डेरी एशोसियसनको तथ्यांक अनुसार नेपालमा  दैनिक ४७ लाख दुध उत्पादन हुने गरेको छ । हामी दुधमा आत्मनिर्भर बनेका छौं । तर सरकारी निकायबाट घोषण हुन बाँकी रहेको छ ।  हिउदका ३ महिना  दुध  अलि समस्या हुन्छ । यद्यपी त्यो ३ महिना कभर गर्न सकेमा बाह््रै महिनामा हामी दुधमा अत्मनिर्भर बन्छौं । 
 किसानले दुधको उत्पाद बढाउन के गर्नुपर्दछ  सुझाव के छ ? 
–घाँसमा आधाररित पशुपालन नै हो । हरियो घाँसको खेती विना कुनै पनि पशुले बढि दुध दिदैन । यसको लागि किसानहरुले घाँसमा आधारित  पशुपालनमा जोड दिनुपर्दछ । हरियो घाँसको प्रयोग बढ्दै जाँदा पशुले पनि राम्रो दुध दिन्छ । जसको कारण किसानको आम्दानीमा बृद्धि हुन्छ । घासँमा आधारित पशु पालन गर्नुनै आजको आवश्यकता हो । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै