कोरियाको सीपले स्वेदेशमा रोजगार


कृष्ण खनाल
बुटवल,१७ साउन ।

 विदेशमा कमाएको रकमले स्वदेशमा आएर  ऐस आरामको जीवन विताउने धेरै छन् । कतीपयले विलासीताका समान खरिदमा विदेशमा कमाएको मिहिनेतको फल सिध्याउने गरेका छन् । तर रुपन्देहीका एक जना युवा उद्यमीले विदेशमा कमाएको सीप र आर्थिक उपार्जनलाई बंगुर फर्म स्थापना गरेका छन् ।
 बाग्लुङ्ग जिल्लाको हुदिसिर गाविस–१  मा जन्मीएका शेर बहादुर पुनले अहिले तिलोत्तमा नगरपालिका–१६ मा लुम्बिनी फर्म हाउस प्रालि(बंगुर फर्म) खोलेका छन् । केही समय पहिला सामुहिक रुपमा फर्म स्थापना गरेपछि अन्य लगानीकर्ताहरुले लगानी झिकेपछि शेर बहादुर र लक्ष्मण  थापाले संयुक्त रुपमा फर्म सञ्चालन गरिरहेका थिए । तर लक्ष्मण थापाले पनि आफ्नो  लगानी झिकेका छन् । 
वि.स. २०६९ सालमा फर्म स्थापना गरेका पुन संगदक्षिण कोरियामा ११ बर्ष सम्मको अनुभव छ । कोरियामा काम सिक्नुको सााथै आर्थिक उपार्जन गरेका थिए । पहिला ५ जना  लगानी कर्ताहरु रहेको उनको फर्ममा अहिले एक्लै रहेका छन् । करिव १ करोडको लगानीमा ८ कठ्ठा आफ्नै जग्गामा  फर्म सुरु गरेका पुनले करिव ५ सय वटा बंगुर पालेका छन् । 

मासुको लागि तयारी मिटसप समेत सञ्चालन गरेका उनले दैनिक ३ सय किलो मासु  पसलबाट विक्रि गर्दै आएका छन् । उनी भन्छन्–‘फर्मबाट राम्रै आम्दानी भएको छ, विदेशमा कमाएको लागानी खेरा गएको छैन ।’
बुटवल–१३ देवीनगरमा बंगुरको सुकुटी विक्रिको लागि रेष्टुरेन्ट समेत सञ्चालनमा ल्याएका पुनले भने –‘नयाँ प्रयोगको लागि देवीनगरमा सुकुटी रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छु ।’
फर्म, पसल र रेष्टुरेन्टमा गरी करिव २० जनालाई रोजगारी दिएको उनको भनाई रहेको छ । 
बंगुरको बच्चा र मासुको रुपमा ठुलो बंगुर समेत विक्री गर्दै आएका उनले दैनिक १ क्वीन्टल मासु विक्री गर्ने लक्ष्य लिएका छन् । बंगुरको बच्चालाई १२ सय रुपैयाँमा विक्र गर्ने यनले महिनामा करिव १६ वटा सम्म  सुगुर र १० वटा बच्चा विक्रि हुने गरेको छ । 
पोखरा, गुल्मी, अर्घाखाँची, बांगलुङ्ग जिल्लामा समेत त्यहाँ उत्पादन भएको बंगुर विक्रि हुने गरेको छ । बच्चाको लागि पनि कतिपय किसानहरु विभिन्न स्थानबाट आउने गरेका छन् । बंगुर खरिद विक्रिको लागि भन्दा पनि कतिपय किसानहरुले कसरी बंगुुर पालन गर्ने हो भन्ने विषयमा जानकारी लिनको लागि पनि फर्ममा आउने गरेका छन् । केही समय पहिला जिल्ला पशु सेवा कार्यालय बाट उत्कृष्ठ युवा बंगुर पालकको रुपमा जिल्ला प्रथम भएका उनलाई  डेढ लाख रुपैया पुरस्कार समेत प्रदान गरिएको थियो। 
विदेशमा बंगुर फर्ममा सीप सिक्न पाएका शेरबहादुरले यहाँ आएर ‘कोरियाको केज सिस्टम’ नयाँ प्रविधि समेत भित्र्याएका छन् । यस क्षेत्रमै पहिलो पटक आफै निर्माण गरेका उनले कोरियाको जस्तै प्रविधि अपनाएको कारण छाटो समयमा झनै बढि मासु बढेको बताउछन् । 
ल्यडेसर, भोगसार्क, ह्युयोर्क, पोख्रेली ब्ल्याक, पोखरेली ह्वाईट जातका बंगुर पालेका छन् । उनी भन्छन्–‘मिहिनेत गर्ने हो भने विदेश फेरी जानु पर्दैन, विदेशको लगानी स्वदेशमा उचित तरिकाले लगाउन सकेमा राम्रो हुन्छ । ’
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै