अव घोडा र डोली चढेर विहे गर्ने दिन आउलान् र ?

जीवनका रङ्गहरु
हिरा प्रसाद श्रेष्ठ
मेरो जन्म २०००  साउन १५ गते पाल्पाको भैरवस्थान गाविसमा भएको हो । बुटवलमा वि.स.२०17 सालामा झरियो ।  बुटवलमा मेरो दाई आउनुभएको थियो । बुटवलामा आएपनि मैले किराना दोकान खोले । २०१७ सालमा जनता विद्यालयबाट प्रवेशिका परिक्षा दिएर बुटवल आएका  थिए । २०१७ सालमा मैले प्रवेशिका परिक्षा दिदाँ जनता उच्च मावि को तेस्रो व्याच थियौं ।  म  बुटवल आएपछि  फटकर व्वयवसाय गरे । बुटवलमा जमघट धेरै थियो । पछि मैले २०३० साल देखि पशुपती  विस्कुट विराटनगरको डिलर लिएर काम गर्न थाले । 

बाल्यकालमा भैरव जनता विद्यालयमा मैले पढेको हु । मुस्ठी दान उठाएर घर घरघमा गएर विद्यालयमा यसरी पढियो । वि.स.२०१२ सालबाट मैले ७ कक्षाबट जेभिटिमा पढे । मैले एसएलसी दिएपछि हालको बाणिज्य क्याम्पस कान्ती स्कुलमा लुम्बिनी बाणिज्य ्रक्याम्पस भनेर खोलेको  थियौं । त्यहा भर्ना भएर केही महिना बढे । मोदनाथ प्रश्रित हुनुहुन्थ्यो त्यहा । 
बाल्यकालमा २०००७ सालको क्रान्तिको विषायमा केही याद छ । हामी विद्यालयबाट प नि सहभागीता भएको थिए । त्यतिबेला पहाडबाट आउने स्थानियहरु समुहगतरुपमा किन्न आउने चलन थियो । त्यतिबेला बाढि, पहिरोको क्रास दिएन । एकै गाउका गुप्रु गुप्र भएर आउथे । दैनिक उपभोग्य सामानहरु  नुन मट्टिीलतेलको व्यापार हुन्थ्यो । 
वि.स.२्र०२० सालमा मैले स्याङ्यामा माग विवाह गरे । त्यसतिबेला हामी दुलहिलार्य लिन  जाँदा    घोडा  चढेर गएको थियो । विवाहको बेला घोडा मा चढेर दुलाहा दुलाई जाने र आउने प्रचलन थियो । कसैले तामगाम(डोली)मा वुहारी ल्याने परिपाटी छ । 
मेरो अहिले २ वटा छोरा  । सुरेन्द्र श्रेष्ठ र देबेन्द्र श्रेष्ठ रहेको छन् । नेपालको ईतिहासमा बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचन हुने बाबु र छोरा पहिलो पटक हो जस्तो मलाई लाग्छ । छोरा सुरेन्द्र कुमार श्रेष्ठ पनि उद्योग बाणिज्य संको अध्यक्ष भयो भने म पनि दुई पटक सम्म अध्यक्ष बने । म वि.स.४५    सालमा एक पटक ३ बर्ष र अर्कोपटक २ बर्षे कार्याशालमा चुनाव  नै लडेर अध्यक्ष बनेको हु ।  वि.स.२०२५ साल देखि उद्योग बाणिज्य संघमा  लागेको म पहिला सचिव, कोषाध्यक्ष हुदै अध्यक्षमा जितेको थिए  । 

 लोकदोहोरीको  क्षेत्रमा पनि मेरो विशेष झुकाव रहेको छ । नेपालको ईतिहासमा पहिलो पटक बुटवल नगररपालिकाले पहिलो लोक दोहोरी गीतको प्रतिस्पर्धा गराएको थियो । बुटवल लले लोक दोहोरी गीतको उत्थानको लागि  विशेष भुमिका खेलेको छ । त्यतिबेला लोक दोहोरी गीतमा लागेका मान्छेहरुलाई टाठाबाठा धनीहरुले ‘यी झाम्रैहरु हुन’ भन्दै होच्याउने समेत  गर्दथे । अहिलेको जस्तो सोच थिएन् । लोक दोहोरीको क्षेत्रमा सोच गाजृत गराने परिपाटी थिएन । म लोक दोहोरी प्रतिस्ठानको आजिवन सदस्य तथा सल्लाहकारको रुपमा रहेर काम गरेको छु । हामी अहिलेको गीत गाउने शैलीमा  फरक थियो । एक तर्फमाट पछिल्लो शब्दले मात्र जवाफ फार्कउने चलन थियो । जस्तै पारी बन पालेमा ठुलो रुख त साझै हो, भेटभएको आजै हो । भनिन्थो । पहिला  टुक्का पनि खासै  नमिलेको जस्तो पनि हुँन्थो । पहिला लोक दोहोरीमा हामीले विउ रोपेर अगाडी बढाइएयो । हा म्रो संस्कृती पाखा पखेरा, कन्दरामा दुख विसाउने लोक दोहोरी गीत हो । धेरै दुख आयो भने कसैलाई भनिदिनु, या रोईदिनु या कुनै ठुलो जंगलको विचमा गएर गीत गाएर मनको बह  पोख्ने गरिन्थ्यो । पहिलाको गीतको तुलनामा पक्कै पनि प्रगति भएको छ । हाम्रो श्वर भाषा विर्सीर कता कता पश्चिमा संस्कृतीको सिरोधारणा गर्ने चलन बढ्दै गएको छ । त्यसो गर्नु भएन, हाम्रो परम्परा , सस्कृतीलाई ख्यालमा राखेर अगाडी बढनु पर्दछ । 

म बुटवलमा  रहेका विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्ध छु । बुटवलमा रहेको बलेश्वरधाम केरवानी धर्मशालाको संस्थापक अध्यक्ष हुँ, यस्तै लायन्स, लियो, रोटरी क्लव सबैमा आवद्ध छु । राधा कृष्ण अमरकृतन मन्दिरमा २२ बर्ष सम्म अध्यक्ष भएर काम गरेको छु । उद्योगा बाणिज्य संघको अध्यक्षमा हुँदा बुटवल अञ्चल अस्पताल भित्र मेरो कार्याकालमा प्रसुती गृह निर्माण गरेका हुँ । 

विर्सन नसक्ने क्षण । म तानेशनमा पढ्दा खेरी म्यालधारमा एउटा पोखरी थियो । त्यतिबेला एक मोहरमा टीन पाईन्थो । त्यति टिन किनेर  शरिरमा बाधेर म पोखरीमा पसे । तर पोखरीमा पस्नसाथ मेरो बाधेको रशी छिनेछ । त्यतिबेलाको दुई मिनेट जतीमा महिले मानिस मर्ने बेलामा के के सोच्छ, भन्ने किसिमको अनुभव पाएको छु । साथीहरुले हातको औला देखेर मलाई त्यहाबाट निकालेछन् । तर भाग्यले म बाच्न सफल भए । पानी टिनमा पेसेको थिएन, टिन माथि भयो कम्बरमा बाँधेको रसि छुटेछ । उद्योग बाणिज्य संघको अध्यक्ष हुँदा मैले प्रसुती गृह बनाउदा धेरै मिहिनेत गर्नुपरेको थियो । 

पुरस्कार सम्मानको कुरा गर्दा पञ्चायतको समयमा गोर्खा दणिक्षबाहु दिएको थियो । मैले प्रशुती गृह बनाएकै कारणले गर्दा मलाई दिएको थियो । समाजिका क्षेत्रमा काम गर्दा पाईने सम्मान धेरै छन् । अहिले म सिद्धार्थ गौतम बुद्ध क्याम्पसको अध्यक्ष पनि छु  । ब्रहाकुमारी ऐश्वरीय विश्व विद्यालयको भवन निर्माण संमितिको संयोजक छु । बुटवल उपमानगरपालिकाले पहिलो पटक नेपालमा  शौय उर्जाबाट सडक उज्जायलो बनाउने काम गरेको छ । त्यसको पनि संयोजकको रुपमा रहेर काम गरेको छ ु ।  
मेरो अहिलेको दिनचर्या समयको अभाव रहेको छ की जस्तो लाग्छ । म विहान करिव साढे ४, ५ बजे उठ्छु । म पहिला व्याम गर्दथे । अहिले विहान उठेपछि विहान कालिकानगरमा गएर पशुपालन गरिएको छ । त्यहा गएर गाई दुहुने घरमा ल्याउने का गर्दछु । ताजा दुध खान पाईन्छ । 

म सानोमा पाल्पाको जनता माविलाई सरकारको स्वीकृत थिएन, हामी पाल्पामा जात्रा, महोत्सव आयोजना गर्दा नाटक आयोजना गर्दथ्यो । हामीले नाटक देखाएकै कारण तत्कालिन शिक्षा मन्त्री कृतिनिधि विष्टले म अध्यन गर्ने जनता विद्यालयलाई स्वीकृती प्रदान गरेका थिए । पाल्पा भैरवस्थानमा बोलाएर विद्यालयलाई स्वीकृत प्रदान गरेका हुन ।  म कक्षामा जहिले पनि प्रथम, दोस्रो भए ।  शिक्षा राम्रो थियो । प्रवेशिका पछि म उच्च शिक्षा पढ्न पाईन्। विचमै छोड्नुप¥यो, व्यवसायको कारणले । 
सरकारी जागिरमा कुनै पनि चोसो भएन । भैरव जनता माविमा तीन महिना जती भोलिन्टरको रुपमा शिक्षण पेशा गरेको छु । 
अव मलाई कसैले जिम्मा दिन्छ भने नामाको लागि मात्र होईन की काम फत्ते गर्नुपर्दछ भन्ने मेरो मान्ययता छ । ईमान जामान भन्ने कुरा महत्वूर्ण हो । यसलाई आत्मसाथ गर्दैै आगाडी बढेको छु । ‘हिरा दाई, बोलेपछि काम फत्तै गर्छ’ भन्ने छाप पार्न सफल भएको छुु ।  अहिले सामाजिक क्षेत्रमा, सामाजको उत्थानको लागि कुनै पनि बेला, आफ्नो बुद्धि विकेकले  र स्वाथ्यले भ्याए सम्म उपस्थिती हुनेछु । 
काम गर्ने हो फलको आस गर्ने होईन, भावि सम्पतीलाई म के भन्न चाहान्छु भने कसैको ललाची भावना राख्नु हुदैन । काम गर्ने हो एक दिन फल अवश्यक पनि आउछ । अनि मात्र देश बन्छ । 


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै