तीन जिल्लामा माछाको दुई अर्व कारोवार


कृष्ण खनाल 
बुटवल, १८ साउन ।
 रुपन्देही, कपिलवस्तु र  नवलपरासी जिल्ला माछा पालनको लागि उपयुक्त जिल्लाको रुपमा लिईन्छ । यि जिल्लाहरुमा  ४ हजार ९ सय ४ जना किसानले माछा पोखरी निर्माण गरी व्यवसायीक रुपमा माछा पालन गरेका छन् । जसमा व्याक्तिगत रुपमा पारिवारिक उपभोगको लागि पालिएका माछा किसानको संख्या जोडिएको छ । 
नेपाल सरकार कृषि विकास मन्त्रालय अन्र्तगतको मत्स्य विकास निर्देशनालय अन्र्तगत मत्स्य विकास केन्द्र भैरहवाका अनुसार रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लामा बार्षिक रुपमा  माछा विक्रिबाट मात्रै करिव २ अर्ब,   माछाको भुरा विक्रिबाट करिव ५ करोडको कारोवार हुने गरेको छ । 
मत्स्य विकास केन्द्र ठुटिपिपल भैरहवाका प्रमुख महेशचन्द्र गुप्तका अनुसार पहिला पहिला माछा पालन खासगरी शौखको रुपमा राजदरवार तथा अन्य धनाढ्य व्याक्तिहरुले स– सानो पोखरी निर्माण गरेर पाल्दै आएका थिए । अहिले माछा पालन व्यवसायलाई व्यवसायिकरण गर्ने क्रम विस्तारै बढ्दै गएको छ । रुपन्देही, नवलपरासी  र कपिलवस्तु जिल्लामा ७ प्रकारका माछाहरु  किसानले व्यवसायीक रुपमा पाल्दै आएका छन् । सिल्भर कर्भ, विग्रेट कर्भ, ग्रास कर्भ, कमन कर्भ लगायत अन्य माछाका जातहरु प्नि रहेका छन् । तिन जिल्लामा ८५ प्रतिशत भन्दा बढि कर्भ जातको माछा पालन गर्दै आएको केन्द्र प्रमुख गुप्तले जानकारी दिए । उनले भने–‘मत्सय विकास केन्द्रले मत्स्य विज उत्पादन गर्नै, प्राविधिक जानकारी दिने र ल्याबको समेत सुविधा प्रदान गर्दै आएको छ ।’
गत आर्थिक बर्षमा मत्स्य विकास केन्द्र भैरहवामा माछा  पोखरी निर्माणका लागि ४ सय ६९ जना किसानले अनुदानको लागि ३ जिल्लाबाट निवेदन दिएका थिए ।  जसबाट १ सय ८ जना किसानहरु स्वीकृत भै उनीहरुले १ सय २२.६६ हेक्टर क्षेत्रफलमा नयाँ माछा पोखरी निर्माण गर्ने लक्ष्य लिइएको  थियो । जसबाट जम्मा ९५.८ हेक्टर  क्षत्रफलमा माछा पोखरी निर्माण गरिएको छ । 

२ करोड ८७ लाख ३७ हजार स्वीकृत किसानहरुले अनुदान  पाएका छन् । जसमा किसानहरुको समेत जोडेर कुल ५ करोड ९४ लाख ७४ हजार रुपैयाँ अनुदानको रुपमा गत आर्थिक बर्षमा माछा पोखरीको लागि खर्च गरिएको छ । 
३ वटा जलासाय क्षेत्रहरु रहेका हुन्छन् । माछा पोखरी,  नदी र घोल ताल ।  तिन जिल्लामा १ हजार ४ सय ४ हेक्टर क्षत्रफलमा माछा पालन गरिएको छ । जुन पोखरीको मात्र हो भने १ हजार १ सय ३३ हेक्टर घोल तालको क्षेत्र रहेको छ । 
तिन जिल्लाबाट करिव ४ हजार ७ सय २  मेट्रिक टन माछा बार्षिक रुपमा उत्पादन हुदै आएको छ । भने ४ हजार ९ सय ४ जना किसानहरुले माछा पालन गरेका छन् । किसानले माछा पोखरी निर्माणको लागि आवेदन दिएर स्वीकृत भएमा एक हेक्टर माछा पोखरी खन्नको लागि ३ लाख रुपैयाँ अनुदान पाउछन् । 
रुपन्देही, कपिलवस्तु तथा नवलपरासी जिल्लामा उत्पादन भएको माछाको भुरा  भारतमा समेत जाने गरेको छ । के कती मात्रामा जान्छ भन्ने एकिन नभएपनि मछाको भुरा भारत निकासी हुने गरेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका मत्स्य विकास अधिकृत  रमेश जैसवाल बताउछन्  । उनका अनुसार    नौतुनहवा, सुनौली लगायतका स्थानमा माछाको भुरा जाने गरेको हो । मत्स्य विकास केन्द्र भैरहवा कुल २२ हेक्टर क्षेत्रफलमा माछा पोखरी निर्माण गरिएको छ । जसमा ९ वटा माछा पोखरी निर्माणबाट १४ हेक्टर क्षेत्रफल जलासय क्षेत्र हो ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै