भौतिक प्रगति पुरा नभएपनि लाभांवित !

कृष्ण खनाल 
 बुटवल, भदौ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तिलोत्तमा–२ योगीकुटीले  गत आर्थिक बर्षमा निर्माणाधीन अवस्थामा रहेको आयोजनाहरुबाट पनि लाभांवित संख्या जनसंख्या उल्लेख गरी बार्षिक प्रगति प्रतिवेदन बनाएको पाइएको छ । 
गत आर्थिक बर्ष २०७२÷०७३ मा खानेपानी डिभिजनबाट सञ्चालन गरिएका आयोजनाहरुमा भौतिक पुर्वाधार निर्माण अर्थात भौतिक प्रगति नै पुरा नगरी लाभांवित जनंख्याको विवरण उल्लेख गरिएको छ । 
खानेपानी तथा सरसफाई डिभिजन कार्यालाय रुपन्देहीले गत आर्थिक बर्षमा कुल २८ करोड ८ लाख ४१ हजार बजेट विनियोजना गरेकोमा कुल २५ करोड ६६ लाख, ८२ हजार रुपैयाँ खर्च गरेको छ ।
 जसबाट  २ वटा मात्र आयोजना शिर्षकमा काम पुरा भएर लाभांवित  जनसंख्याको विवरण राखिएको छ । भने ३ वटा मात्र कार्यक्रमहरुको भौतिक प्रगति १ सय प्रतिशत देखाइएको छ । उक्त आर्थिक बर्षमा कुल ४० वटा आयोजनाहरुमा डिभिजन कार्यालयले काम गरेको थियो । तर बजेटको शिर्षमा भने लेखा प्राणाली अनुसार ८ वटा बजेट उपशिर्षकका खर्च र भौतिक प्रगतिको विवरण राखिएको छ ।
गत आर्थिक बर्षमा सम्पन्न भएको योजनाको बार्षिक प्रगति विवरण पुस्तीकामा उल्लेख गरिए अनुसार कुल ८ वटा बजेट उप शिर्षकमा बजेट विनियोजना गरिको थियो । जसमध्ये उच्च÷मध्यम स्तरिय ठुला खानेपानी योजना र खानेपानी तथा सरसफाई कार्यक्रममा अन्र्तगत काम पुरा भै लाभांवित जनसंख्याको विवरण पनि उल्लेख  गरिएको छ । तर उक्त कार्यक्रमको पनि कुल भौतिक प्रगतीमा भने जम्मा ९३.९ र अर्कोमा ८७.६६ प्रतिशत राखिएको छ ।
उच्च ÷मध्यम स्तरिय  ठुला खानेपानीका आयोजनामा लो बजेट उप शिर्षक ३४७८०५–४ मा कुल ७ करोड ३० लाख रुपैयाँ विनियोजन भएकोमा कुल ६ करोड ३९ लाख ९१ हजार रुपैयाँ खर्च भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तिलोत्तमा–२ योगीकुटीका ईन्जीनियर गुणानीधि पोखरेल बताउछन् ।
 उनका अनुसार उक्त  शिर्षकमा बार्षिक वित्तीय प्रगति जम्मा ८७.६६ प्रतिशत र भौतिक प्रगति ९३.९ प्रतिशत उल्लेख गरिएको छ । जसबाट कुल ८ हजार २ सय ९० जना व्याक्ति लाभांवित भएको जनाइएको छ । यद्यपी पुरै भौतिक भने पुरा भएको छैन । 
ईन्जीनियर पोखरेलका अनुसार कुनै पनि परियोजना पुर्णरुपमा सम्पन्न भएपछि मात्र लाभांवित जनसंख्याको विवरण राखिन्छ । 
आम सर्वसाधारणले बुझ्ने गरी पुरै कार्य सम्पन्न भएको योजना अर्थात १०० प्रतिशत भौतिक प्रगति भएपछि मात्र कुनै पनि क्षेत्रका बासिन्दाहरु लाभांवित हुन्छन् । तर डिभिजन कार्यालयले भने एउटा ९३.९ र अर्को ९६.५ प्र्रतिशत भौतिक प्रगति भएको कार्यक्रममा लाभांवित जनसंख्या ७ हजार ५८ जना किटान गरेर उल्लेख गरेको छ ।    
गत आर्थिक बर्षमा बजेट शिर्षक ३४७८०२–४ अन्र्तगत खानेपाती तथा सरफाईका लागि कुल ८ करोड ८९ लाख ४१ हजार रुपैयाँ विनियोजना भएकोमा कुल ७ करोड ८३ लाख ५४ हजार रुपैयाँ खर्च भएको छ । जसबाठ कुल ८८.११ प्रतिशत मात्र रकम खर्च गरिएको छ । तर उक्त  आयोजनाहरुबाट कुल ९६.५ प्रतिशत मात्र भौतिक प्रगति भएको बार्षिक प्रगति पुस्तीकामा उल्लेख गरिएको छ ।

मोतिपुर, सैनामैना र करैया मक्रहर खानेपानी सुरक्षा योजनामा बजेट शिर्षक ३४७१७१–४  अन्र्तगत  कुल १२ लाख विनियोजन भएकोमा सबै रकम खर्च गरिएको छ ।
यस्तै अर्को खानेपानी पुर्नस्थापना आयोजनामा कुल ३५ लाख  रुपैया बजेट विनियोजन भएकोमा  कुल २६ लाख ६० हजार रुपैयाँ मात्र खर्च गरिएको छ ।
यस्तै मुर्गिया ढल निर्माण तथा प्रसोधन आयोजनामा कुल १ करोड ४७ लाख रुपैयाँ विनियोजना भएकोमा कुल १ करोड २९ लाख ८५ हजार रुपैयाा खर्च गरी ८८.३३ प्रतिशत वित्तीय र ९४.९३ प्रतिशत भौतिक प्रगति देखाइएको छ ।
यस्त्ै राष्ट्रिय सुचना व्यवस्थापन तथा अनुगमन आयोजना अन्र्तगत ८० हजार,  विनियोजना भएकोमा ७५ हजार खर्च गरिएको छ । वातावरणीय सरसफाई आयोजना –पुर्ण सरसफाई कार्यक्रमको लागि कुल ५५ लाख बजेट विनियोजन भएकोमा कुल ४४  लाख ७५ हजार खर्च भएको छ । जसबाट कुल ८१.३६ प्रतिशत वित्तीय र ९५.२३ प्रतिशत भौतिक प्रगति भएको छ ।
खानेपानी तथा सरसफाई सह लगानी आयोजनाको लागि कुल बजेट ९ करोड ५० लाख रुपैयाँ विनियोजन भएकोमा कुल ९ करोड ४० लाख ९६ हजार रुपैयाँ खर्च गरिएको छ । जसबाट कुल ९८.९६ प्रतिशत वित्तीय र ९८.९६ प्रतिशत भौतिक आम्दानी भएको देखिएको छ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख शंकरमणी ज्ञवालीले अघिल्लो आर्थिक बर्षमा पुरा नभएका आयोजनाहरु चालु आर्थिक बर्षमा सम्पन्न हुने गरेको कारण भौतिक तथा वित्तीय प्रगति पुरा नदेखिएको जानकारी दिए । उनका अनुुुसार कुनै पनि आयोजना पुरा भएपछि मात्र लाभांवित जनसंख्या तोकिएर लेखिन्छ । तर कुनै कुनै योजनाहरुमा खानेपानी सुरु भएपनि आभेरहेण्ड टैंकी नबनेको अवस्थमा आंशिक लाभावित भनेर उल्लेख गरिन्छ ।  उनले भने–‘कुनै पनि आयोजना सम्पन्न भएपछि भौतिक प्रगती लक्ष्य अनुसार के कती भयो भनेर उल्लेख गरिन्छ, आयोजनाका भारति प्रगत(हाल सम्मको) र बार्षिक  प्रगति(त्यो आर्थिक बर्षमा) के–केती भयो भन्ने विषय प्रगति विवरणमा उल्लेख गरिन्छ ।’ डिभिजन प्रमुख ज्ञवालीका अनुसार सेमलार खानेपानीको कार्य पुर्णरुपमा सकिएको छ भने देवसिद्ध खानेपानी, पश्चिम अमुवा खानेपानी, आँपखोला खानेपानी आंशिक रुपमा सम्पन्न भएका  योजनाहरु हुन्छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै