खबर बोक्नेको खबर

कृष्ण खनाल
बुटवल, भदौ । 
पत्रपत्रिका प्रकाशन भएपछि आम पाठकहरुसम्म पुर्या
उने काम पत्रिका वितरकले गर्दछन् । न घाम, न पानी, न जाडो त न गर्मी उनिहरु घर दैलोसम्म पत्रिका पुर्याउन खटिइरहेका हुन्छन् । रुपन्देही लगायत विभिन्न जिल्लामा पत्रिका वितरण गरेरै त्यस्ता व्यक्तिहरुले फरक परिचय र मनग्ये आम्दानी समेत गर्दै आएका छन् । विहान झिसमिसेमै उठेर पत्रिका संकलन गरिपाठकहरु ओच्छायानबाट नविउझिदै घर घर मा पत्रिका पु¥याउने कतिपय वितरकहरुले दुई दर्जन पत्रपत्रिकाहरु वितरण गर्ने गर्दछन् । जसबाट उनीहरुले करिव ४० हजारसम्म महिनामा आम्दानी गर्दै आएको पाइएको छ । 
पछिल्लो समयमा विभिन्न छापा माध्यमका संञ्चार संस्थाहरुले वितरकहरुलाई सेवा सुविधा पनि वृद्धि गरेका छन् । जसको कारण उनीहरुको जीविकोपार्जनको लागि सहज बन्दै गएको छ । यहाँ यस्तै वितरकहरु प्रतिनिधित्व हुनेगरि चर्चा गर्दछौं । 
जीवलाल काफ्ले
–उमेरले ३७ बर्षमा लागेका जीवलाल काफ्ले बुटवलका पुराना पत्रिका वितरक हुन । तेल्घा–१ पाल्पामा जन्मीएका काफ्लेले पत्रिका वितरण गर्न थालेको करिव १२ बर्ष पुगेको छ । वि.स.२०६१ सालमा बुटवलको मेचीकाली सन्देश दैनिकबाट पत्रिका वितरणको काम सुरु गरेका काफ्ले सोही पत्रिका मेसिन हेल्परको रुपमा समेत काम गरेका थिए । रातको समयमा मेसिन हेल्परको रुपमा काम गरेका उनले विहानको समय पत्रिका वितरण गर्नेगर्दथे । मासिक १२ सय रुपैयाँ तलब बाट सुरु गरेका उनी बुटवल टुडे दैनिकमा ६५ साल देखि काम गरेका छन् । अहिले दैनिक पत्र दैनिक, अन्नपुर्ण पोष्ट्स, नयाँ पत्रिका, कारोबार दैनिक वितरण गर्दै आएका उनीले २०६२ देखि ६८ साल सम्म कान्तीपुर दैनिक समेत बाढेका थिए । ‘अरुको लागि दिन हो भने मेरो लागि रात’  उनले भने । दिनमा केही घण्टा मात्र सुत्ने उनी रातभर  मेसिनमा काम गर्दछन् भने विहानको समयमा पत्रिका वितरणको काम गर्दछन् । 
उनको छोरा रिस्तम काफ्ले विद्यालय शिक्षा संग संगै पत्रिका वितरण पनि गर्दछन् । श्रीमती ज्वोति काफ्ले पनि पत्रिका वितरक हुन । उनी पनि विहानको समयमा पत्रिका वितरणको काम गर्दछिन् भने विहान घरको काम सकेर बुटवलकै एक मन्टेश्वरीमा सहयोगीको रुपमा काम गर्दछन् । 
आम्दानी मात्र होइ् पिडा पनि छ उनीमा । पत्रिका लिएर जनआन्दोलन २०६२÷०७३ मा कपिलवस्तु पुगेका बेला आन्दोलकारीहरुले पत्रिका जलाउने, मोटरसाईकलको चापी नियन्त्रणमा लिने सम्म काम गरे । पछि नेताहरुको आग्रहमा उनलाई छोडीएको थियो । उनी भन्छन्–‘कयौ पटक निसानामा हामी पर्ने गरेका छौं, तर अहिले सम्म खासै केही भएन ।
मनोज ज्ञवाली 
उमेरले भखैरै १८ बर्षमा लागेका मनोज ज्ञवाली कम उमेरका तर मिहिनेती व्याक्ति हुन । गुल्मी जिल्ला स्थायी घर भई हाल बुटवलमा बस्दै आएका ज्ञवाली बुटवल कालिका क्याम्पसमा विविएस प्रथम बर्षमा अध्ययनरत रहेका छन् । पत्रिका बाढ्दैमा दिनभर फुर्सद नहुने उनी क्याम्पस पनि जादैनन्  । 
पत्रिका बाढ्नकै लागि विहान करिव पौने ३ बजे उनको निद्रा खुल्छ । साईकल लिएर पत्रिको प्रेसमा जाने गरेका उनी पहिलो चरमा स्थानिय पत्रिकाहरु बाढेर सकेपछि पुनः राष्ट्रिय काठमाण्डौका पत्रिकाहरु वितरण गर्ने गर्दछन् । उनी भन्छन्–‘पौने  ३ या ३ बजे निद्रा खुल्छ, यो बानी नै भयो, अनी साईकल लिएर प्रेस पुग्छु, पहिलो चरणमा स्थानिय पत्रिका(बुटवलबाट प्रकाशित), बाढेर सकेपछि पुनः काठमाण्डौका पत्रिका वितरण गर्छु ।  करिव डेढ दर्जन पत्रिकागरी दैनिक ३ हजार भन्दा बढि प्रति वितरण गर्छन् । 

उनी भन्छन्ः–‘सुःखमा कहि पनि पैसा कमाईदैन, दुख गरेर मिहिनेत गर्ने हो भने पत्रिका वितरण गरेरै राम्रो आम्दानी गर्न सकिन्छ ।’ परिवारमा बुबा, आमा, भाई, दीदी रहेका उनी आफ्नै कमाईबाट घरको सबै खर्च टरेको बताउछन् । सबै पत्रिकाबाट मासिक रुपमा करिव ४० हजार रुपैयाँ आम्दानी गर्ने गरेको उनको भनाई रहेको छ । ईमान्दारितका साथ काम गर्ने हो भने पैसा कमाउनको लागि खासै अफ्ठारो नहुने उनको तर्क छ । 
सुखका मात्र कुरा होईन ज्ञवालीका केही दुःखका कुराहरु पनि छन् । रातको समयमा पत्रिका वितरणको लागि तिलोत्तमा नगरपालिका शंकर पुरमा पुगेका उनलाई भुस्या कुकुरले टोकेको छ । जसको कारण उनले सुई लगाएर काम गर्न बाध्य भए । 

दयाराम डाँगी 
वि.स २०११ काक्तिक १५ गते रोल्पामा जन्मीएका दयाँराम डाँगी  पत्रकार संगै पत्रिका वितरक पनि हुन । 
 २०१७ सालबाट मैले शिवपुरस्थित प्राथमिक विद्यालयबाट औपचारिक अध्ययन शुरुका डाँगीले केही वर्षको भारत बसाईपछि २०३८ साल चैतमा घर फर्किएँ । घर फर्किएपछि रोल्पा तत्कालीन जिल्ला पञ्चायतमा जागिरेको रुपमा नियुक्ति पाएका थिए ।  पछि जागिर बाट निस्कीए । २०४९ सालदेखि म नियमित व्यापार र व्यावसायिक पत्रिपत्रिकामा आवद्ध भएका डाँगीले बुटवलमा पत्रकारिताको तालिम लिई २०५१ सालबाटै दैनिक लुम्बिनी पत्रिकासँग जोडिका हुन । २०६५ देखि हाल सम्मपनि संलग्न रहेर क्रियाशील रहदै आएका उनले पत्रिका वितरण पनि गर्छन् । 
दैनिक बिहान ४ बजे उठ्छु र राती १० बजेपछि मात्र सुत्ने उनीका मासिक आम्दानी १०÷१२ हजार हुन्छ । उनी भन्छन्–‘धेरैले भन्नुहुन्छ–पत्रकारले पनि पत्रिका वितरण गर्ने भनेर । तर मैले यो कार्य कुनै संकोचविनै अहिले पनि गर्दै आइरहेको छु । यसमा मलाई गर्व छ । काम गर्न लाज मान्नु हुदैन भन्ने मेरो धारणा छ ।’ मुलुकमा चलेको १० वर्षे द्वन्द्वका क्रममा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा बसेर पत्रकारिता गर्नु सजिलो थिएन । दुवै पक्षबाट चेपुवामा परेर भएपनि पत्रकारिता पेशालाई अगाडि बढाएका थिए । 
कृष्ण  यादव
फुलिका गाबिस कविलबस्तु हाल बाणगंगा १ पिपर बस्ने कृष्ण प्रसाद यादव पत्रिका वितरक मुस्कानको नामले चिनिन्छन् ।  वि.स.२०४६ मा  जन्मीएका उनले  ६७ सालमा पत्रिका बितरण गर्न सुरु गरेका हुन । सुरुका दिनमा  मासिक ३ हजार तलब पाउने उनले हाल आएर १२ हजार मासिक तलव बुझ्छन् । दैनिक र साप्ताहिक पत्रिका बितरण गर्ने गरेका उनी २०७२ सालको मधेश आन्दोलनमा पत्रिका बाढदा कपिलवस्तुको जहदी र निगालीचोक भन्ने स्थानमा पिटाई खानुको साथै कपडा चेती, पत्रिका जलाईदिइ अपमानित हुनु परेकोको थियो । उनी भन्छन्–‘पत्रिका वितरण गर्न समेत पाइएन्, त्यो दिन सम्झँदा अहिले पनि मन सिरिङ्ग हुन्छ ।’
बिहान पाच बजे उठेर बुटवलबाट आउने पत्रिका लिन चोकमा बस्ने उनको दिनचर्या अहिले पनि सोही तरिकाले वित्दछ ।  करिव चार घण्टाको अवधीमा दैनिक १० किलोमिटर साइकल यात्रा गरी विभिन्न स्थानमा पत्रिका दिने गर्छन  उनी ।  पत्रिका वितरण गरेर ने सन्तुष्ट भएका उनी भन्छन्–‘मिहनेत गर्ने हो भने  ज्यान पाल्न खासै मुस्कील छैन ।’
 विजय पाण्डे
विगत ८ बर्ष देखि निरन्तररुपमा पत्रिका वितरणको काम गर्दै आएका विजय पाण्डे यस क्षेत्रका पुराना पत्रिका वितरक मध्ये एक हुन । बुटवलको दैनिक लुम्बिनीमा सुरुमा पत्रिका वितरणको काम गरेका उनले मासिक ९ सय रुपैयाँमा पत्रिका वितरणको काम गरेका थिए । सुरुमा दैनिक लुम्बिनी पछि दैनिक पत्र वितरण गर्दै आएका उनले मासिक २५ सय रुपैयाँ पाउथे । अहिले बुटवल टुडे दैनिक र मेचिकाली सन्देश दैनिक  वितरण गर्दै आएका छन् । बुटवल ११ मिलनचोकमा वाहलमा बस्दै आएका उनले मिलन चलचित्र मन्दिरमा  दिउसोको समयमा काम गर्दै गर्दै आएका छन् । उनी भन्छन्–‘मेचीकाली हाटबजार र मैनावगर, र बुटवल टुडे मैनाबगरमा बाड्दै आएको छु ।’ 
पत्रिका वितरणबाट खान, लाउन पुगेको बताउने उनले यो पेशामा सन्तोष मात्र मान्ने आधार भएको बताउँछन् । बुटवलको मैनावगर क्षेत्र अफ्ठारो बाटो भएको कारण कयौ पटक साईकल विग्रीएर हैरानी खेप्नुपरेको उनको अनुभव छ । उनी भन्छन्–‘बाटो खराब छ,  पटक पटक साईकल पँन्चर हुन्छ, महिनामा ट्युव नै फेर्नुपर्ने बाध्यता छ ।’ 
बुद्धि भुजेल
बर्दघाट नगरपालिका २ चिसापानीको स्थायी वासिन्दा बुद्धि भुजेलले २०६४ साल देखि पत्रिका वितरणको काम गर्दै आएका छन् । घरमा आफू र श्रीमती मात्र रहेका उनले सुरुका बर्षमा चितवनबाट प्रकाशित हुने कायाकैरन दैनिक वितरण गरेको गरेका थिए ।  सुरुका दिनमा कायाकैरन दैनिक १ सय वटा कमिसन वेसमा वितरण गर्दा प्रतिगोटा ५० पैसा कमिशन लिने गर्दथे ।  त्यसबाट मासिक करिव १५ सय आम्दानी गर्दै आएका  उनले त्यसपछि बुटवल टुडे वितरण, सो पनि कमीसन बेसमै वितरण गरेका थिए ।  बुटवल टुडे वितरण गर्दा मासिक करिव २१ सय आम्दानी हुने गरेको उनको भनाई रहेको छ । उनी भन्छन्–‘करिव ८ वर्ष देखी पत्रिका वितरण गर्दै आएको अहिले पनि निरन्तरता दिएको छु ।’
पछिल्लो समय परासी पत्र साप्ताहिक मासिक तलव र दैनिक पत्र कमिसन बेशमा वितरण गर्दै आँउदा वितरण गरेवापत मासिक करिव ५ हजार आम्दानी हुने गरेको बताउछन् । पत्रिका वितरण संगै विज्ञापन सँकलनको पनि काम गर्दै आएका उनले सो वापत पनि केहि आम्दानी हुने बताउछन् ।  उनी थप्छन्–‘आफ्नो कामबाट पूर्ण सन्तुष्टि छैन, महँगी वढदै गएपनि घरखर्च चलाउन धौ धौ पर्दै गएको छ ।’
पानी घाम जाडो केहि नभनी विहानै सबै ग्राहककोमा पुग्नुपर्ने बाध्यता रहेको उनको  भनाई रहेको छ । उनलाई कहिलेकाही पत्रिका वितरक भए पनि कुनै कार्यक्रममा जाँदा पत्रकार÷सँचारकर्मीको हैसियत पाँउदा गर्व लाग्ने गर्दछ । तर कहिलेकाही महिनाभरी घरघरमा पत्रिका पु¥याए पनि कोहि कोहि ग्राहकले पत्रिकाको पैसा नदिँदा दिक्क लाग्ने उनको भनाई रहेको छ । 
सन्तवली पासी 
बिहान ६ बजे नै काममा जाने हतार भएकोले प्रत्येक दिन बिहानै ५ बजे ओछ्यान छोड्छन उनले । बिहान ६ बजे कर्मथलो पुगे पछि शुरु हुन्छ उनको दैनिकी । उनि अर्थात सन्तबली पासी । भैरहवामा पत्रिका रुचाउनने पाठकहरुको प्रिय पात्र हुन पासी । 
भैरहवा र बुटवलबाट प्रकाशित हुने दैनिक पत्र, तिलोत्तमा, बुद्ध बिहानी, लुम्बिनी पोष्ट, अब्बल लगायतका पत्रिका दैनिक रुपमा बिभिन्न पाठकहरु माझ पुरयाउने काम  हो उनको । भैरहवाको बर्मेलीटोल देखी शुरु गरेर नारायण पथ, बैंकरोड, बैंककलोनी, नारायण पथ, भैरहवा गाउ लगायत बिभिन्न मूख्य तथा भित्रि बाटोमा पुगेका हुन्छन उनि । धेरै जनाको बानी चियाको चुस्की संगै पत्रिका पढ्ने भएकोले सोही समयमा सबै स्थानमा पत्रिका पुरयाउन चुनौती रहेको उनि बताउछन । भारतमा पनि उत्तिकै पाठक भएको हुदा पत्रिका बाड्दै नेपाल भारतको सीमा सुनौली सम्म पुगेको उनी बताउछन । 
२०४० सालमा पडसरी वडा नम्बर जीतपुरमा जन्मेका सन्तबली माथी बाबु हरि प्रसाद पासी तथा आमा पानमती पासीले गर्व गर्ने प्रशस्त कारण छन । १० कक्षा पढ्दा पढ्दै सन्तबलीले घरखर्च धान्न तथा आफ्नो अध्ययन अगाडी बढाउन यो पेशा अपनाएको बताउछन । दिउसो बिद्यालय जाने र बिहान मात्रै काम गर्न पर्ने भएको हुदा पत्रिका बितरणको काम रोजेका उनले २०५८ साल यता निरन्तर रुपमा पत्रिका बितरण गर्दै आई रहेका छन । बिहान भरि पत्रिका बाड्ने पासी दिउसो भैरहवामै अन्य काम पनि गर्न भ्याएका छन । अहिले यो पेशाबाट आफु सन्तुष्ट भएको पासीले बताए । पत्रिका बाडेर मात्र घर चलाएको छु । बाबु, आमा, श्रीमती र दुई छोरीहरु पालिन सजिलो भएको उनि बताउछन । पत्रिका बााडेरै मासिक २५ हजार जति आम्दानी गर्ने गरेको उनले बताए । 
“१५ बर्ष यता पत्रिका बितरण गर्दै आउदैछ, बिदा के हो कहिल्यै थाहा पाइन” पासीले अनुभव सुनाए । दशै, तिहार लगायतमा केही दिनको बिदा पाए पनि बर्ष दिनको कामको तुलनामा यो कम रहेको यनको भनाई छ । “अरुले अन्य सार्वजनिक बिदाको दिन परिवार सित रमाई रहदा हामी भने पत्रिका नै बाडिरहनु पर्छ” सन्तबलीलले गुनासो गरे । बिदाको दिन पनि काम गर्नु पर्छ तर त्यसबापत कुनै अतिरिक्त सुविधा नपाएको उनको दुखेसो छ । 

जीतपुर(कपिलवस्तुबाट)अशोक पौडेल, भैरहवाबाटः राधेश्याम विश्वकर्मा, बर्दघाट(नवलपरासीबाट)ःप्रमोद अर्याल, रोल्पाबाटः दिलिप कुँवरको सहयोगमा 
सबैको तस्वीर उपलब्ध छ


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै