प्रदेशिको पैसा कुम्लाउने पक्राउ

कृष्ण खनाल 
बुटवल, १९ साउन । 
युनाईटेड अरव अफ ईमरेष्ट युइएईका प्रवासी नेपालीहरुबाट  १० लाख दिराम (झण्डै तीन करोड रकम) उठाएर भागेका लक्ष्मण भण्डारी बुटवलबाट पक्राउ गरेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौं हनुमान ढोकामा परेको उजुरीको आधारमा उनलाई बुटवलबाट पक्राउ गरी  काठमाण्डौ पठाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) महेन्द्र खड्काले जानकारी दिए । उनले भने–‘हनुमान ढोकाबाट उस्लाई पक्राउ गर्नुभन्ने आदेश आएको थियो हामीले पक्राउ गरेर काठमाण्डौ पठाएका छौं ।’ भण्डारीलाई मंगलवार साँझ बुटवलको ट्राफिक चौकबाट  ईलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको थियो । 
भण्डारीले युएईमा थुप्रै नेपालीको लाखौं रकम उठाएर भागेको भन्ने उजुरीका आधारमा प्रहरीले उनको खोजि गरिरहेको थियो । भण्डारीले आफूहरुसँग लाखौं रकम लिएर भागेको भन्दै पीडितहरुले उजुरी हालेका थिए । गुल्मी सेवा समाज, युएईका अध्यक्ष र लुम्विनि वेलफेयर सोसाइटीका उपाध्यक्षका रुपमा सामाजिक अभियन्ताको परिचय बनाएका भण्डारीले रकम उठाएर सम्पर्क विहिन भएपछि उनको खोजि सुरु गरिएको थियो । पक्राउ परेका भण्डारीलाई थप अनुसन्धानका लागि बुधवार विहान काठमाडौं पठाइएको प्रहरी नायव उपरिक्षक खड्काले बताए । 
युईएमा रहेका  छविलाल पन्थसंग ‘परिवारको सदस्य जस्तै बनेर बस्ने र खाने गरेका भण्डारीले नेपाल उडेपछि पैसा लिएका व्याक्तिसं सम्पर्कमा आएका थिएनन् । अर्की महिला सीता पाण्डेले आफुसँग १ लाख १० हजार दिराम(४२ लाख) लिएर फरार भएको भन्दै न्यायको लागि उजुरी दिएकी थिईन् ।

ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै