Posts

Showing posts from August, 2016

भौतिक प्रगति पुरा नभएपनि लाभांवित !

Image
कृष्ण खनाल    बुटवल, भदौ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तिलोत्तमा–२ योगीकुटीले  गत आर्थिक बर्षमा निर्माणाधीन अवस्थामा रहेको आयोजनाहरुबाट पनि लाभांवित संख्या जनसंख्या उल्लेख गरी बार्षिक प्रगति प्रतिवेदन बनाएको पाइएको छ ।  गत आर्थिक बर्ष २०७२÷०७३ मा खानेपानी डिभिजनबाट सञ्चालन गरिएका आयोजनाहरुमा भौतिक पुर्वाधार निर्माण अर्थात भौतिक प्रगति नै पुरा नगरी लाभांवित जनंख्याको विवरण उल्लेख गरिएको छ ।  खानेपानी तथा सरसफाई डिभिजन कार्यालाय रुपन्देहीले गत आर्थिक बर्षमा कुल २८ करोड ८ लाख ४१ हजार बजेट विनियोजना गरेकोमा कुल २५ करोड ६६ लाख, ८२ हजार रुपैयाँ खर्च गरेको छ ।  जसबाट  २ वटा मात्र आयोजना शिर्षकमा काम पुरा भएर लाभांवित  जनसंख्याको विवरण राखिएको छ । भने ३ वटा मात्र कार्यक्रमहरुको भौतिक प्रगति १ सय प्रतिशत देखाइएको छ । उक्त आर्थिक बर्षमा कुल ४० वटा आयोजनाहरुमा डिभिजन कार्यालयले काम गरेको थियो । तर बजेटको शिर्षमा भने लेखा प्राणाली अनुसार ८ वटा बजेट उपशिर्षकका खर्च र भौतिक प्रगतिको विवरण राखिएको छ । गत आर्थिक बर्षमा सम्पन्न भएको योजनाको...

अञ्चल अस्पताल बुटवल, प्रसुती सेवा लिने महिला बढ्दै

Image
कृष्ण खनाल बुटवल  यस क्षेत्रकै पुरानो अस्पतालको रुपमा रहेको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा सबैभन्दा बढि महिलाहरुले सेवा लिने गरेको पाइएको छ । गत आर्थिक बर्षमा  अस्पतालको (बहिरङ्ग सेवा) बिभागमा गत आर्थिक वर्षमा १ लाख २५ हजार ५ सय ५५ जना सेवाग्राहीले उपचार सेवा लिएकोमा ४७ हजार ६ सय ९६  सेवाग्राही महिलाहरुले सेवा लिएका छन् ।  यी महिलाहरु मध्ये स्त्री तथा प्रसूति विभागमा सो सम्बन्धि महिला सेवाग्राहीको संख्या १६ हजार ३ सय ५० रहेको छ । लुम्बिनी अञ्चल अस्पताल बुटवलका मेडिकल रेर्कर अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार अन्य बिभागमा सेवा लिने महिलाहरुको संख्या ३१ हजार ३ सय ४६ र हेका छन् । भने पुरुष सेवाग्राहीहरुको संख्या ७७ हजार ८ सय ५९ जना रहेका छन् ।  यस्तै यस अस्पतालको ईमेरजन्सी (आपतकालीन सेवा) बिभागमा गत आर्थिकवर्षमा ४३,०७७ जना सेवाग्राहीले उपचार सेवा लिएका छन् । मेडिकल रेर्डर अधिकृत  रेग्मी भन्छन्–‘जसमध्ये २०,५७९ सेवाग्राही महिला देखिन्छन’ महिलाहरु मध्ये स्त्री तथा प्रसूति विभागमा सो सम्बन्धि महिला सेवाग्राहीको दर्ता संख्या ९ हजार ६ सय ५७ रहेको छ । ...

खबर बोक्नेको खबर

Image
कृष्ण खनाल बुटवल, भदौ ।  पत्रपत्रिका प्रकाशन भएपछि आम पाठकहरुसम्म पुर्या उने काम पत्रिका वितरकले गर्दछन् । न घाम, न पानी, न जाडो त न गर्मी उनिहरु घर दैलोसम्म पत्रिका पुर्याउन खटिइरहेका हुन्छन् । रुपन्देही लगायत विभिन्न जिल्लामा पत्रिका वितरण गरेरै त्यस्ता व्यक्तिहरुले फरक परिचय र मनग्ये आम्दानी समेत गर्दै आएका छन् । विहान झिसमिसेमै उठेर पत्रिका संकलन गरिपाठकहरु ओच्छायानबाट नविउझिदै घर घर मा पत्रिका पु¥याउने कतिपय वितरकहरुले दुई दर्जन पत्रपत्रिकाहरु वितरण गर्ने गर्दछन् । जसबाट उनीहरुले करिव ४० हजारसम्म महिनामा आम्दानी गर्दै आएको पाइएको छ ।  पछिल्लो समयमा विभिन्न छापा माध्यमका संञ्चार संस्थाहरुले वितरकहरुलाई सेवा सुविधा पनि वृद्धि गरेका छन् । जसको कारण उनीहरुको जीविकोपार्जनको लागि सहज बन्दै गएको छ । यहाँ यस्तै वितरकहरु प्रतिनिधित्व हुनेगरि चर्चा गर्दछौं ।  जीवलाल काफ्ले –उमेरले ३७ बर्षमा लागेका जीवलाल काफ्ले बुटवलका पुराना पत्रिका वितरक हुन । तेल्घा–१ पाल्पामा जन्मीएका काफ्लेले पत्रिका वितरण गर्न थालेको करिव १२ बर्ष पुगेको छ । वि.स.२०६१ सालमा बुटवलको मेचीकाली ...

कृषिमा प्रदेश नम्बर पाँच कुन जिल्ला के मा आत्मनिर्भर ?

Image
कृष्ण खनाल बुटवल, डेस्क,  संघीय प्रदेश अन्र्तगत नेपाललाई ७ प्रदेशमा विभाजन गरी प्रारम्भीक खाका सार्वजनिक भएको छ । प्रदेश नम्बर ५ अन्र्तगत नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ्ग, सल्यान, रोल्पा, रुकुम ,बाँके र बर्दिया जिल्ला परेका छन् । यि १३ वटा जिल्ला कृषि उत्पादनको हिसावले के कती सक्षम छ त  भन्ने विषयमा चर्चा गरिएको छ ।  रुपन्देहीः खाद्यान्न विउ, धान, माछा र दुध रुपन्देही जिल्ला खाद्यान्नको विउ उत्पादन, धान उत्पादन र माछा पालन र दुध उत्पादनमा आत्भनिर्भर रहेको छ ।  जिल्लामा उत्पादन भएका खाद्यान्न अहिले जिल्लाको माग आपुर्ती भई अन्य जिल्लामा पनि निर्यात हुदै आएको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख भोजराज सापकोटाका अनुसार जिल्लामा बार्षिक रुपमा २  हजार ५ सय मेट्रिक टन  बराबरको खाद्यान्न् विउ उत्पादन हुने गरेको छ । जल्लामा मसुरोको विऊ बार्षिक ४ मेट्रिक टन  उत्पादन हुने गरेकोजिल्ला कृर्षि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटा बताउछन् ।  उनी भन्छन्–‘करिब ...

‘दुध उत्पादन बढाउन घाँस खेतीमा जोड दिनुपर्छ’

Image
मेघराज भण्डारी निर्वतमान केन्द्रिय अध्यक्ष, नेपाल डेरी एशोसियन पहिला आफै व्यवसायीक फम स्थापना गरेका मेघराज भण्डारीले दुधको लागत बढि भएपछि  गाई पाल्न छोडे ।  गाई भैसी पाल्न छोडेपछि उनले अहिले  बुटवल–८ मा पवित्रा डेरी उद्योग  स्थापना गरी दुध प्रसोधन, प्याकेजिङ्ग गरी बजारी करण गर्दै आएका छन् । दुधजन्य परिकार उत्पादन र बजारीकरण गर्दै आएका भण्डारी संग समग्र नेपालमा दुधउत्पादन र बजारीकरणको संभावनाको विषय बुटवल टुडे कर्मी कृष्ण खनालले गरेको कुराकानी  ।  के मा व्यस्त हुनुहुन्छ ?  –केही बर्ष पहिला मेरो मैले व्यवसायीक रुपमा गाई भैसी पालन गर्दथे तर अहिले आफ्नै डेरी उद्योग स्थापना गरेको छु, यसैमा व्यस्थ छु ।  नेपालमा दुधको अवस्था कस्तो पाउनुभएको छ ?  –म नेपाल डेरी एशोसियसनको केन्द्रीय अध्यक्ष हुँदा नेपालमा दुधको उृत्पादन, वितरण र बजारीकरणको अवस्थाको बारेमा जान्ने मौका पाए । नेपालको कुल ग्रास्थ उत्पादनमा दुधको योगदान करिव ९ प्रतिशत रहेको हाम्रो तथ्यांक छ ।  देशभर कति किसान यो व्यवसायमा छन् ?  –करिव ४ लाख ५० हजार किसानहरुले व्...

यातायातको गल्तीले सेवाग्राहीलाई सास्ती

Image
कृष्ण खनाल बुटवल, २६ साउन । कपिलवस्तुको वरकुलपुर का नारायण प्रसाद भुषालले अघिल्लो हप्ता सवारी चालक अनुमती पत्र(लाईसेन्स)को परिक्षा दिएर नाम निस्कीयो । अघिल्लो बुधवार देखि उनी सवारी चालक अनुमती पत्रकै लागि बुटवल कार्यालयका धाएको धाएै छन् ।  भौतिक पुर्वधार तथा यातायता मन्त्रालय, सवारीचालक अनुमती पत्र कार्यालय बुटवलमा बुधवार देखि लाईसेन्स लिन बसेका उनी बुधवार सम्म पनि झमेला खेप्न बाध्य भए । कारण उनको गाविसको नाममा अग्रेजीमा गलत लेखिएको थियो ।  गाविस वरकुलर–७ नेपालीमा लेखिएकोमा कर्मचारीको लापरवाहीले बारक्ककुलपुर, कपिलवस्तु लेखिएको थियो । जुन गाविस कपिलवस्तुमै छैन । उनी भन्छन्–‘ल भोली आउ सच्चाईदिन्छु भन्दै एक हप्ता भयो धाएको, कहिले नेट छैन भन्छ, कहिले टाईम भेईयो, भोली आउ भन्दै टारिरहेका छन् । ’ कपिलवस्तु देखि  आउदा जाँदा धेरै समय लाग्ने र काम सकेर मात्रै जाने भन्दै होटलमा बसेको उनको भनाई रहेको छ ।  उनको बाबुको नाम जंगसर भुषाल स्पष्ट रुपमा प्रवेश पत्रमा लेखेका छन् । तर उनको बुबाको नाम चालक अनुमती पत्रमा जगसार भुषाल  लेखेर आयो ।  उनी मात्र होईन्, ...

माछाका भुरा बेचर बार्षिक ७० लाख

Image
कृष्ण खनाल  बुटवल,  साउन ।  कृषि क्षेत्रमा अन्य व्याक्तिहरुले भन्दा फरक कार्य गर्ने हो भन्ने स्वदेशमा नै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् रामेश्वर मण्डल । वि.स.२०७० सालमा देशभरीका उत्कृष्ठ ह्याचरी किसानको रुपमा राष्ट्रपति पुरस्कार सम्मानबाट समेत पुरस्कृ त भैसकेका मण्डलले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ टिकुलीगढमा नमुना व्यवसायीक माछा ह्याचरी स्थापना गरेका छन् । बर्षमा उनले  करिव १२ करोड माछा ह्याचरी गर्दछन् भने करिव २५ देखि ३० लाख  वटा माछा फिङ्गरिङ्ग गर्ने गर्दछन् ।  उनको ह्याचरीमा उत्पादन भएका माछा नेपालको पुर्वमा बारा जिल्ला देखि पश्चिममा कञ्चनपुर सम्म जाने गर्दछ । वि.स. २०५७ सालमा आफ्नो  र नजिकै जग्गा भाडामा लिएर व्यवसायीक माछा ह्याचरी स्थापना गरेका उनले ७ प्रजातिका माछाको बच्चा उत्पादन गर्दै आएका छन् । २ विघा १० कठ्ठा एक स्थानमा र अर्को स्थानमा ५ विघा क्षेत्रफल उनले माछाको ह्याचरी विक्रिबाट नै किनेका छन् ।  ५ विघा क्षेत्रफलमा उनले २१ वटा माछा पोखरी निर्माण गरेका छन् । पहिला खाने माछा पालन गरेका उनले अन्य व्याक्त...

अव घोडा र डोली चढेर विहे गर्ने दिन आउलान् र ?

Image
जीवनका रङ्गहरु हिरा प्रसाद श्रेष्ठ मेरो जन्म २०००  साउन १५ गते पाल्पाको भैरवस्थान गाविसमा भएको हो । बुटवलमा वि.स.२०17 सालामा झरियो ।  बुटवलमा मेरो दाई आउनुभएको थियो । बुटवलामा आएपनि मैले किराना दोकान खोले । २०१७ सालमा जनता विद्यालयबाट प्रवेशिका परिक्षा दिएर बुटवल आएका  थिए । २०१७ सालमा मैले प्रवेशिका परिक्षा दिदाँ जनता उच्च मावि को तेस्रो व्याच थियौं ।  म  बुटवल आएपछि  फटकर व्वयवसाय गरे । बुटवलमा जमघट धेरै थियो । पछि मैले २०३० साल देखि पशुपती  विस्कुट विराटनगरको डिलर लिएर काम गर्न थाले ।  बाल्यकालमा भैरव जनता विद्यालयमा मैले पढेको हु । मुस्ठी दान उठाएर घर घरघमा गएर विद्यालयमा यसरी पढियो । वि.स.२०१२ सालबाट मैले ७ कक्षाबट जेभिटिमा पढे । मैले एसएलसी दिएपछि हालको बाणिज्य क्याम्पस कान्ती स्कुलमा लुम्बिनी बाणिज्य ्रक्याम्पस भनेर खोलेको  थियौं । त्यहा भर्ना भएर केही महिना बढे । मोदनाथ प्रश्रित हुनुहुन्थ्यो त्यहा ।  बाल्यकालमा २०००७ सालको क्रान्तिको विषायमा केही याद छ । हामी विद्यालयबाट प नि सहभागीता भएको थिए । त्यतिबेला पहाडबाट आउ...

प्रदेशिको पैसा कुम्लाउने पक्राउ

Image
कृष्ण खनाल  बुटवल, १९ साउन ।  युनाईटेड अरव अफ ईमरेष्ट युइएईका प्रवासी नेपालीहरुबाट  १० लाख दिराम (झण्डै तीन करोड रकम) उठाएर भागेका लक्ष्मण भण्डारी बुटवलबाट पक्राउ गरेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौं हनुमान ढोकामा परेको उजुरीको आधारमा उनलाई बुटवलबाट पक्राउ गरी  काठमाण्डौ पठाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) महेन्द्र खड्काले जानकारी दिए । उनले भने–‘हनुमान ढोकाबाट उस्लाई पक्राउ गर्नुभन्ने आदेश आएको थियो हामीले पक्राउ गरेर काठमाण्डौ पठाएका छौं ।’ भण्डारीलाई मंगलवार साँझ बुटवलको ट्राफिक चौकबाट  ईलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।  भण्डारीले युएईमा थुप्रै नेपालीको लाखौं रकम उठाएर भागेको भन्ने उजुरीका आधारमा प्रहरीले उनको खोजि गरिरहेको थियो । भण्डारीले आफूहरुसँग लाखौं रकम लिएर भागेको भन्दै पीडितहरुले उजुरी हालेका थिए । गुल्मी सेवा समाज, युएईका अध्यक्ष र लुम्विनि वेलफेयर सोसाइटीका उपाध्यक्षका रुपमा सामाजिक अभियन्ताको परिचय बनाएका भण्डारीले रकम उठाएर सम्पर्क विहिन भएपछि उनको खोजि सु...

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

Image
धुब्र न्यौपाने प्रबन्ध निर्देशक, पैचाँे पसल प्रालि ग्रामिण भेगमा बस्तु विनियमय प्रथालाई आधार मान्दै ग्रामीण क्षेत्रका जनताको उत्पादन गरेर पनि उचित बजार नपाएको सामानहरुलाई सगर सम्म पु¥याउने हेतुका साथ केही समय पहिला पौचो पसल प्रालि सुभारम्भ भएको थियो । गुल्मी जिल्लको बलेटक्सारमा प्रधान कार्यालय स्थापना गर्दै गुल्मीको बलेटक्सार , दिगाम र पाल्पाको अर्गेली मुख्य पैचो पसल स्थापना गरिरएको छ । केही समय पहिला पैचो पसल प्रालिले ६ प्रकारका अचार समेत बजारमा ल्याएको छ । प्रस्तुत छ पैचो पसलका अगामी योजनाका विषयमा प्रबन्ध निर्देशक धुब्र न्यौपाने संग बुटवलका कृष्ण ख नालले  गरेको कुराकानी ।  पैचो पसलको अवधारण कसरी आयो ?  –पैचो शब्द गाँउ गाउमा अहिले पनि प्रचलित शब्द हो । बस्तु विनिमय प्रालिको आधारमा अहिले पनि गाउ गाउमा कारोवार हुदै आएको छ । यसै कुरालाई हामीले टपक्क टिपेर पैचो पसलको अवधारणा अगाडी ल्याएका हौं । गाउ–गाउमा उत्पादन भएर पनि उचित बजारको अभाव झेलिरहेका किसानहरुलाई व्यवसायीकमुखि बनाउने उदेश्यका साथ हामीले पैचो  पसलको सुभारम्भ गरेका हौं । सहरमा मात्र होईन गाउमा प...

तीन जिल्लामा माछाको दुई अर्व कारोवार

Image
कृष्ण खनाल  बुटवल, १८ साउन ।  रुपन्देही, कपिलवस्तु र  नवलपरासी जिल्ला माछा पालनको लागि उपयुक्त जिल्लाको रुपमा लिईन्छ । यि जिल्लाहरुमा  ४ हजार ९ सय ४ जना किसानले माछा पोखरी निर्माण गरी व्यवसायीक रुपमा माछा पालन गरेका छन् । जसमा व्याक्तिगत रुपमा पारिवारिक उपभोगको लागि पालिएका माछा किसानको संख्या जोडिएको छ ।  नेपाल सरकार कृषि विकास मन्त्रालय अन्र्तगतको मत्स्य विकास निर्देशनालय अन्र्तगत मत्स्य विकास केन्द्र भैरहवाका अनुसार रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लामा बार्षिक रुपमा  माछा विक्रिबाट मात्रै करिव २ अर्ब,   माछाको भुरा विक्रिबाट करिव ५ करोडको कारोवार हुने गरेको छ ।  मत्स्य विकास केन्द्र ठुटिपिपल भैरहवाका प्रमुख महेशचन्द्र गुप्तका अनुसार पहिला पहिला माछा पालन खासगरी शौखको रुपमा राजदरवार तथा अन्य धनाढ्य व्याक्तिहरुले स– सानो पोखरी निर्माण गरेर पाल्दै आएका थिए । अहिले माछा पालन व्यवसायलाई व्यवसायिकरण गर्ने क्रम विस्तारै बढ्दै गएको छ । रुपन्देही, नवलपरासी  र कपिलवस्तु जिल्लामा ७ प्रकारका माछाहरु  किसानले व्यवसायीक रुपमा पाल्...

कोरियाको सीपले स्वेदेशमा रोजगार

Image
कृष्ण खनाल बुटवल,१७ साउन ।  विदेशमा कमाएको रकमले स्वदेशमा आएर  ऐस आरामको जीवन विताउने धेरै छन् । कतीपयले विलासीताका समान खरिदमा विदेशमा कमाएको मिहिनेतको फल सिध्याउने गरेका छन् । तर रुपन्देहीका एक जना युवा उद्यमीले विदेशमा कमाएको सीप र आर्थिक उपार्जनलाई बंगुर फर्म स्थापना गरेका छन् ।  बाग्लुङ्ग जिल्लाको हुदिसिर गाविस–१  मा जन्मीएका शेर बहादुर पुनले अहिले तिलोत्तमा नगरपालिका–१६ मा लुम्बिनी फर्म हाउस प्रालि(बंगुर फर्म) खोलेका छन् । केही समय पहिला सामुहिक रुपमा फर्म स्थापना गरेपछि अन्य लगानीकर्ताहरुले लगानी झिकेपछि शेर बहादुर र लक्ष्मण  थापाले संयुक्त रुपमा फर्म सञ्चालन गरिरहेका थिए । तर लक्ष्मण थापाले पनि आफ्नो  लगानी झिकेका छन् ।  वि.स. २०६९ सालमा फर्म स्थापना गरेका पुन संगदक्षिण कोरियामा ११ बर्ष सम्मको अनुभव छ । कोरियामा काम सिक्नुको सााथै आर्थिक उपार्जन गरेका थिए । पहिला ५ जना  लगानी कर्ताहरु रहेको उनको फर्ममा अहिले एक्लै रहेका छन् । करिव १ करोडको लगानीमा ८ कठ्ठा आफ्नै जग्गामा  फर्म सुरु गरेका पुनले करिव ५ सय वटा बंगुर पालेका छ...