कृषि सहकारी मार्फत लगानी बढ्दो


कृष्ण खनाल
बुटवल, २० असोज ।
 रूपन्देही जिल्लामा पछिल्लो समयमा कृषि सहकारी संस्था गठन गरी सामुहिक लगानी गर्ने क्रम बिस्तारै बढ्दै गएको छ । केही बर्ष पहिला पशुपाल
न, पंक्षिपालनमा मात्र सीमित भएका कृषि सहकारी संस्थाहरूले पछिल्लो समयमा सहकारी मार्फत बहुउद्देश्यिक रूपमा लगानी गर्न थालेका छन् । कुनै एक क्षेत्रलाई लीज (भाडामा) लिएर त्यहाँ माछापालन, बंगुरपालन, गाईपालन देखि लिएर धान खेती तथा तरकारी खेतीमा समेत अग्रसर भएको पाइएको छ । 
 डिभिजन सहकारी कार्यालय रूपन्देहीका अनुसार आर्थिक बर्ष २०७१÷७२ को असार मसान्त सम्म रूपन्देहीमा बहुउद्देश्यीय÷कृषि सहकारीको संख्या २ सय ३३ वटा रहेका छन् भने दुग्ध सहकारी संस्थाको संख्या ५५, जडीबुटी २ वटा सहकारी दर्ता भएका छन् । सोही समयमा बहुउद्देश्यीय कृषि सहकारी संस्थाले ८० करोड २८ लाख ५४ हजार रूपैयाँ निक्षेप संकलन गरी कुल १ अर्ब १९ करोड ५१ लाख ९ हजार लगानी गरेको डिभिजन सहकारी कार्यालय रूपन्देहीको वेभसाईटमा उल्लेख गरिएको छ । त्यस्तै सोही अवधिमा दुग्धजन्य सहकारीहरूले कुल ७ करोड, ६ लाख ५६ हजार निक्षेप संकलन गरी कुल २ करोड ७५ लाख ९० हजार रूपैयाँ ऋण लगानी गरेका छन् । 
जिल्ला कृषि सहकारी संघकी अध्यक्ष तथा साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष झुपा न्यौपानेका अनुसार जिल्लामा कुल १ सय ६ वटा कृषि सहकारी मध्ये ४ वटा निस्कृय छन् भने अहिले सक्रिय रूपमा रहेका १ सय २ वटा सहकारीले कृषि क्षेत्रमा लगानी गरेका छन् । उनको नेतृत्वमा रहेको सहकारी साना किसान कृषि सहकारी संस्था लिमिटेडले गाई तथा भैंसीपालनमा कुल ७२ लाख र व्यापारमा कुल १५ लाख लगानी गरेको छ । कुल पुँजी ८ करोड रहेको उक्त सहकारीले कृषकको लागि व्यवसायिक पशुपालनमा बढि लगानी गरेको अध्यक्ष न्यौपाने बताउँछिन । 
उनि भन्छिन्–‘किसानको हितको लागि भनेर गठन भएका कतिपय सहकारीहरूले अन्यत्र समेत लगानी गरेको पाइएको छ, तर किसानको लागि भनेर गठन भएका सहकारीहरूले कृषि क्षेत्रलाई प्राथमिकता दिनु पर्दछ ।’ रूपन्देहीको सिक्टहन–७ सामूहिक बहुउद्देश्यीक कृषि सहकारी संस्था मार्फत सिक्टन माविको १८ बिघा र निजी व्यक्तिको ६ विघा गरी कुल २४ विघा जग्गा १० वर्षका लागि भाडामा लिएर २१ जना किसानहरूले कृषि शुरु गरेका छन् । समूहका अध्यक्ष प्रकास खनालका अनुसार विद्यालयको १८ बिगाहा मध्ये अहिले ४ बिघामा बेसार खेति, २ बिगाहामा माछा पोखरी बनाइएको छ । ती पोखरीमा मांगुर, रहँु, कमन, विघेट र नैनी जातका ३२ हजार भुरा राखिएको छ । केही क्षेत्रफलमा अडहर लगाइएको छ भने केहीमा तरकारी छ । १० वटा कुखुराको फार्म समेत निर्माण गरेका छन् । समूहका सचिव धर्मराज पौडेलका अनुसार समूहले अहिलेसम्म ५० लाख रूपैयाँ लगानी गरिसकेको छ । १ करोडसम्म लगानी गर्ने योजना बनाएको समूहले कुखुरा, हाँस, गाई, भैंसी, बाख्रापालन सहित आँप, लिचि, अगरउड (अगरबत्ति बनाउने काठ) का बिरुवाहरू पनि लगाउने छ । 
जिल्ला कृषि विकास कार्यालय रूपन्देहीका अनुसार अहिले सम्म जिल्लामा २३ वटा किसान समूह, सहकारीले आधुनिक तरकारी खेती प्राणाली, पशुपालन, माछा पालन लगायतका विभिन्न प्रकृतिका कृषि प्रणाली अपानाइरहेका छन् । 
रूपन्देही जिल्लामा सञ्चालित सहकारीहरूले आर्थिक वर्ष २०७१÷ ७२ मा विभिन्न क्षेत्रमा करिब ७ अर्ब रूपैयाँ लगानी गरेका छन् । जिल्लामा विभिन्न प्रकृतिका ६ सय ७१ वटा सहकारी सञ्चालनमा रहेका छन् । अघिल्लो आर्थिक वर्षमा जिल्लाका ६ सय ५५ सहकारीले ६ अर्ब २३ करोड ५४ लाख रूपैंया“ लगानी गरेका थिए । जिल्लाका सहकारीको ५ अर्ब बचत, १ अर्ब २० करोड शेयर पुँजी, ५० करोड कोष हिसाब रहेको छ । 
डिभिजन सहकारी कार्यालयका अनुसार रूपन्देहीमा कृÈि सहकारी १ सय ३२ वटा, दुग्ध उत्पादक सहकारी ५५ वटा, बहुउद्देश्यीय सहकारी ९९ वटा रहेका छन् । यसबाहेक जिल्ला सहकारी संघ एक, विÈयगत सहकारी चार, उपभोक्ता सहकारी दुई, यातायात सहकारी एक, सूचना तथा सञ्चार सहकारी एक, कुखुरा, बाख्रा, माछा र पशुपालन सहकारी चार, स्वास्थ्य सहकारी दुई, विद्युत् सहकारी एक, औद्योगिक विकास सहकारी एक, जडीबुटी सहकारी दुई र अन्य ३ गरी ६ सय ७१ वटा सहकारीहरू सञ्चालनमा रहेका हुन् । डिभिजन सहकारी कार्यालयले मापदण्ड विपरीत सञ्चालन भएका ९२ ओटा सहकारी खारेज गरेको छ ।  
रूपन्देहीमा बचत तथा ऋणको काम गर्ने सहकारीको संख्या सबैभन्दा बढी ३ सय ६० वटा छन् । जसमा वार्षिक ५ करोडभन्दा बढीको आर्थिक कारोबार गर्ने सहकारीको संख्या ५३ वटा रहेका छन् । जिल्लामा १ लाख ४५ हजार जना सहकारीका शेयर सदस्य रहेका छन् । सहकारीका अधिकांश शेयर सदस्यहरूले सहकारीबाट लिने कर्जा घरायसी प्रयोजनका अनुत्पादक काममा खर्च गर्ने गरेको पाइएको छ । 

अघिल्लो आर्थिक वर्Èमात्रै २५ ओटा सहकारी खारेज भएका थिए । तोकिएको समयमा लेखा परीÔा नगर्ने, नियमित साधारणसभा नगर्ने सहकारीहरू खारेज भएका हुन् । कार्यालयका अनुसार हालसम्म बहुउद्देश्यीय सहकारी ४६ ओटा, कृÈि सहकारी १२ ओटा, बचत तथा ऋण सहकारी चारवटा, दुग्ध उत्पादक १६ ओटा, उपभोक्ता सहकारी ६ ओटा, यातायात, छापाखाना, कुखुरा, बाख्रा, माछा र पशुपालन सहकारी एक–एक वटा र अन्य पा“चवटा गरी कुल ९२ ओटा सहकारी खारेजीमा परेका हुन् ।


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती