विकल्पमा ‘बाईपासप रोड’

कृष्ण खनाल
बुटवल, २१ असोज ।
बढ्दो शहरी करणसंगै सवारी साधनकोउच्च चाँपलाई घटाउनको लागि यस क्षेत्रका स्थानियहरुले बुटवलको राजमार्ग चौराह देखि बेलबास जोड्ने बाईपास  सडककाे माग गरेका छन् । 
 बुटवलको राजमार्ग चौरहा देखि गोलपार्कसम्म अहिले कायम गरिएको ७५ फुट सडकमा बढ्दो सवारी चापलाई मध्यनगर गर्दै ‘बाईपास रोड’ को रुपमा राजमार्ग चौराह देखि बेलबास जोड्ने सडक अविलम्ब निर्माण गर्नुपर्ने  बताएका हुन  । सडक विभागले केही समय पहिला कायम गरिएको ७५ फुट सडकलाई अहिले ८२  फुट कायम गर्न भन्दै घर घरमा ‘रातो चिन्ह लगाईएको’ जसबाट अरवौंको क्षती हुने भन्दै  बजार क्षेत्रमा ७५ फुट नै कायम गर्नुपर्ने माग गरेका छन् । 
यस भन्दा पहिला सडक विभागले सडक क्षेत्राधिकार ७५ फुट कायम गरेको तर अहिले ८२ फुटको कुरा गर्नुआफैमा सान्र्दभिक नभएको  व्यवसायी तथा घरधनीहरुको भनाई रहेको छ  । विहिवार बुटवलमा  घरधनीहरुको भेलाबाट सडकले पहिला ७५ फुट र अहिले ८२ फुट कायम गर्न लागेको भन्दै यसमा ध्यानार्कषण भएको जनाइएको छ । 
बुटवल उपमहानर पालिकाकाले पहिला नै ७५ फिट  सडक क्षेत्र कायम गरी नक्सा पास गरेको भन्दै पुन अहिले सडक विभागले ८२ फिट कायम गर्नु अन्याय भएकोले स्थानिय स्तर देखि केन्द्र सम्म दबाबमुलक कार्यक्रम गर्ने योजनाका साथ समिति गठन गरिएको संयोजक दधिराम खरेलले जनाएका छन् । 
भेलाबाट  पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष समेत रहेका दधिराम खरेलको संयोजकत्वमा १३ सदस्यीय ‘राजमार्ग चौराह–गोलापार्क शहरी विकास संघर्ष समिति’  गठन गरिएको छ । जसको उपाध्यक्षमा  डा. प्राश्चित श्रेष्ठ रहेका छन् ।  त्यस्तै सचिवमा किशोर कुमार विश्वकर्मा, कोषाध्यक्षमा हरि प्रसाद पोखरेल रहेका छन् । सदस्यहरुमा रामेश्वर श्रेष्ठ, कुलचन्द्र गौताम, गोपाल पाण्डे, क्या. सुर्य बहादुर मल्ल, चन्द्रा न्यौपाने, सञ्जय गुप्ता, हाजी खानउल्लाह मियाँ,  प्रेम सिंह क्षेत्री र रविन्द्रनाथ पंगेनी  रहेका छन् । 

भेलामा सम्बोधन गर्दै  संघर्ष समितिका संयोजक दधिराम खरेलले अहिले गठन गरिएको संघर्ष समितिले राजनीतिक हलचल ल्याउने दावि गरेका छन् । उनले भने–‘पहिला ७५ फिट कायम गर्ने अहिले ८२ फिट किन कायम गर्नुप¥यो हाम्रो यसमा विरोध हो ।’  उनले भेलालाई सम्बोधन गर्दै शक्ति प्रर्दशन  गर्ने बेलामा उपस्थिीत नहुने सदस्यहरुलाई सामाजिक बहिस्कार समेत गर्न सक्ने चेतावनी दिएका थिए । 
भेलामा बोल्दै लुम्बिनी अञ्चल अस्पातलका अध्यक्ष डा. प्राश्चित श्रेष्ठले जसरी भएपनि ७५ फिट  कायम गर्नको लागि धरधनीहरुले अविलम्ब पहल थाल्नु पर्ने बताएका थिए । उनले –‘पहिला किन ७५ फिट कायम गरेर घर बनाउन दिईयो, अहिले ८२ फिट भन्न पाईदैन, यसको लागि हामी घोर विरोध गर्दछौ ।’ एकै पटक ८२ फिट कामय गर्नुपर्नेमा सडक विभागले पटक पटक गरी घर भत्काउन लाग्नु आफैमा अन्याय भएको उनको तर्क रहेको छ । यस अघि सडक विभागले ७५ फिट कायम गरी ७५ फिटभित्र पर्ने घर हरु भत्काई बनाईएका तिनै घर फेरी ८२ भनेर चिन्होलगाउनु कत्तिको सान्र्दभिक छ उनले प्रति प्रश्न गरे ।
भेलामा बोल्दै घरधनी रामेश्वर श्रेष्ठले शहरी क्षेत्र भित्र राजमार्ग हुन नसक्ने भन्दै क्यावीनेटबाट नै निर्णय गराएर भए पनि ७५  फिट कायम गर्नुपर्ने धारणा राखेका थिए । उनले  बुटवलको राजमार्ग चौराह देखि गोलपार्क सम्म सहर क्षेत्र भएकोले सहरी क्षेत्र भित्र ७५ फुट कायम गर्नुपर्ने बताएका थिए । 
अर्को घरधनी रविन्द्रराज पंगेनीले चितवनको नारायणगढमा ७२ फिट  मुख्य राजमार्ग कायम गरिएको जस्तै यहा पनि सहरी विकास मन्त्रालयबाट उक्त निर्णय गराउनुपर्ने बताएका थिए । बुटवलको राजमार्ग चौराह देखि गोलपार्क सम्म सडक किनाराको दायाँबायाँ रहेका ३ सय ३१ वटा घरमा सडक विभागले हटाउनको लागि रातो चिन्ह लगाएको छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती