यहि अवस्थामा ‘अग्रीम बुर्किङ्ग टिकट’ खुल्दैन

कृष्ण खनाल
बुटवल, १९ असोज ।
 दशैंको घटस्थापनाको दिन आउन अब ठ्याक्कै एक साता छ । आगामी मंगलबार घर–घरमा दशैमा प्रयोग हुने जमरा राख्ने, विधी र परम्परा अनुसार दशैघरमा फुलपाती भित्राउने गरिन्छ । अघिल्लो बर्ष  यो समयमा चलहल–पहल बेग्लै हुन्थो । ठाउँ–ठाउँबाट घरजानको लागि टिकट बुर्किङ्ग खुल्ला भएकोकारण बजार तथा यातायातामा  चहलपहल हुन्थो । यसबर्षको वडादसैं आउन दुई साता पनि समय छैन । 
तर नेपालकै सबैभन्दा बढि यातायाताव्यवसायीहरु संलग्न भएको पश्चिम नेपाल बस व्यवसायी संघले यातायातमा प्रयोग हुने ईन्धनको अभावको कारण अग्रमी बुकिङ्ग गर्न नसक्ने बताएको छ । ‘पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलका अध्यक्ष दधिराम खरेलले ‘अहिलेकै  विषम परिस्थीतिमा अग्रीम टिकट बुकिङ्ग खोल्न नसक्ने ’ बताएका छन् । 

बुटवल टुडेसंगको कुराकानीमा अध्यक्ष खरेललले भने–‘हामी बारम्बार प्रमुख जिल्ला अधिकारी संग नीजी गाडीहरुलाई तेल नदिएर भएपनि आम सर्वसाधारणहरुलाई दशैमा घर लैजानको लागि सार्वजनिक यातायतातको साधनलाई तेल दिन अनुरोध गरेका छौ तर कुनै प्रतिक्रिया आएको  छैन  ।’ 
अहिलेपनि यातायतामा प्रयोग हुने ईन्धन अभावले गर्दा  पश्चिम नेपाल बस व्यवसायीबाट चल्ने ५० प्रतिशत गाडीहरु चल्न नसकेको भन्दै अध्यक्ष खरेलले भने–‘हामीले प्रमुख जिल्ला अधिकारीलाई पटक–पटक सर्वसाधारण घर जाने वातावरण मिलाउनको लागि आग्रह गरेका छौं तर उहाँ व्यस्त भएर होला मिटिङ्ग बोलाउँछु भन्नु भएको छ  तर बोलाउनु भएको छैन । ’
अघिल्लो बर्ष दशैको लागि ५० प्रतिशत थप बस थपेको पश्चिम नेपाल बस व्यवसायी संघले यस बर्ष भने अहिले सञ्चालनमा आएको बसको ५० प्रतिशत कटान गरेको छ । 
अध्यक्ष खरेलका अनुसार अहिले ३÷३ मिनेटमा भैरहवा–बुटवल र  बुटवल –बर्दघाट छुट्ने माईक्रो बसलाई ६÷६ मिनेटमा र अन्य स्थानमा पहिला १०÷१० मिनेटमा काठमाण्डौलाई छुट्ने बस अहिले कटौती गरी २०÷२० मिनेटमा सञ्चालनमा आएका छन् । 
अघिल्लो बर्ष बुटवलबाट लुम्बिनी अञ्चलका ग्रामिण क्षेत्रहरुमा छुट्ने बसहरुको अभाव भएको र यात्रा गर्दा सास्ती खेप्नुपरेको गुनासो सर्वसाधारणहरुको गनुासो अनुसार  ५० प्रतिशत बढि बस थपेको थियो ।
केही समय पहिला  दैनिक करिव १ हजार १ सय वटा वसहरु पश्चिम नेपाल बस व्यसायी संघ मार्फत सञ्चालमा आएका थिए । तर  ईन्धन अभावको कारण अहिले आधा मात्र बस सञ्चालनमा आएका छन् । सिद्धार्थ यातायात व्यवसायी समितिबाट बुटवल देखि भैरहवा १० ÷१० मिनेटमा र पाल्पाको  लागि ३ वटा, तौलिहवाको लागि २०÷२० मिनेटमा गाडीहरु छुट्ने गरेकोमा अहिले बन्द र ईन्धन अभावको कारण  सिद्धाद्र्धले यातायताका अधिकांस गाडीहरु सञ्चालन हुन सकेका छैनन् भने सञ्चालनमा आएका  गाडी पनि ईन्धन अभावको कारण आधा भन्दा बढि बन्द छन् ।


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती