इन्धन अभावले दूध ढुवानीमा समस्या


कृष्ण खनाल
बुटवल, ११ कार्तिक ।
नवलपर ासी जिल्लामा ईन्धन अभावको कारण अत्यावश्यक साधन एम्बुलेन्स पनि प्रभावित भए, चितवनमा ईन्धन अभावको कारण दूध ढुवानी गर्न नसकेपछि किसानले दूध सडकमा पोखेर  विरोध गरे । तर  रूपन्देहीमा पनि डेरी व्यवसायीहरूले चर्को मूल्यमा खरि द गरेर  भएपनि दूध ढुवानी गरेका छन् । रूपन्देही डेरी व्यवसायी संघका अध्यक्ष अमृत भण्डारीका अनुसार  अन्य जिल्लामा ईन्धन अभावको कार ण दूध ढुवानीमा समस्या भएको जसको कार ण मिल्क होलीडेको कार ण किसान मर्कामा परेको भएपनि रूपन्देहीमा किसानको दूध संकलन गर्ने संस्थागत निर्णय अनुसार  ढुवानी नरोकिएको जानकारी गराए । उनले भने–‘अन्य जिल्लाहरूमा मिल्क होलिडे भएको छ तर  हामी, किसानलाई मर्कामा नपार्ने निर्णय अनुसार  किसानको दूध उठाउने गरेका छौं ।’
नेपाल डेरी एसोसिएसनका क्षेत्रीय संयोजक तथा रूपन्देही डेरी व्यवसायी समितिका पूर्व उपाध्यक्ष कृष्ण प्रसाद भट्टराईले भने–“मिल्क होलीडे अन्त्य गर्नको लागि २५०–३०० रूपैयाँ सम्ममा ईन्धन खरि द गर ेर  किसानको दूध ढुवानी गरेका छै । उनले किसानले उत्पादन गरेको दूध दसै तिहार  तथा छठको अवसर मा खेर  फाल्न नपरोस भन्ने मान्यता अनुसार  ईन्धनको अभाव झेलेर  भएपनि किसानको दूध संकलन गरि एको जानकारी गराए ।’ अहिले जिल्लामा र हेका १ सय ६५ वटा डेरीले किसानहरूबाट संकलन गरि एको दूधको व्यापार  गर्दै आएका छन् । भूकम्पको बेला दुग्ध विकास संस्थान ९डिडिसी० ले यस क्षेत्रका किसानहरूको दूध खरि द नगरेर  मिल्क होलीडे गरेको तर  रूपन्देही डेरी व्यवसायी समितिले यस क्षेत्रका किसानहरूको दूध संकलन गरी दुग्धजन्य परि कार  बनाएर  बिक्री गरेको समितिको भनाइ र हेको छ ।
यता दुग्ध व्यवसायी किसान गणेश कोईर ालाले नाकाबन्दीको कार ण ईन्धन अभावले गर्दा किसानहरू पीडित भएको बेला डेरी व्यवसायीबाट भएको सहयोग उत्कृष्ट भएको बताए । उनले भने–‘अन्य यातायातका साधन आधा चलेका छन्, तर  किसानहरूको दूध संकलनमा भने केही कसर  बाँकी राखेका छैनन् ।’
प्रसोधन केन्द्रको अभाव
गर्मीको मौसममा रूपन्देही लगायतका विभिन्न जिल्लाहरूमा किसान र  डेरी सञ्चालकहरूलाई उपभोक्ताको घर मा दूध पु¥याउन हम्मे हम्मे पर्दछ । तर  बर्षात्को समयमा भने उपभोक्ताको माग भन्दा दोब्बर  बढि दूध उत्पादन हुने गर्दछ । नेपालमा अहिले जम्मा ३ स्थानमा दूध प्रसोधन केन्द्र र हेको छ ।
चितवन जिल्लामा चितवन मिल्क डेरीले दूध प्रसोधन केन्द्र स्थापना गरेको छ, त्यस्तै विराटनगर मा दुग्ध विकास संस्थाले र  पोखरामा सुजल दूध ले दुग्ध प्रशोधन केन्द्र स्थापना गरेको छ । रूपन्देही जिल्लामा अहिले करि व १ सय ६५ वटा निजी डेरीहरू सञ्चालनमा र हेका छन् । यसबाट दैनिक रूपमा ४० देखि ५० हजार  लिटर  दूधको खपत हुने गर्दछ । तर  उक्त दूध हिउँदको समयमा माग अनुसार  पूर्ति हुन सकेको छैन । तर  लोडसेडिङ्गको कार ण दूधलाई लामो समय सम्म राख्नको लागि समस्या भैर हेको र  छोटो समयमा नै दूध विग्रीने समस्या आएको उनको भनाइ र हेको छ ।
जिल्लामा र हेका विभिन्न दुग्ध विकास सहकारी तथा कृषकहरूले उत्पादन गर ेको दूधको उचित व्यवस्थापनको लागि चिलिम भ्याटको अभावको कारण धेरै दुग्ध कृषकहरू प्रभावित भएको दुग्ध कृषकहरूको भनाई र हेको छ । दुग्ध विकास सहकारी संघका रूपन्देही अध्यक्ष देखनाथ पाण्डेले चिस्यान केन्द्रको अभावको कार ण कयौं पटक किसानहरूले उत्पादन गरेको दूध विग्रने समस्या समेत आउने गर ेको छ । एक तथ्यांक अनुसार  रूपन्देहीमा सिजनमा उत्पादन भएको ५० प्रतिशत दूध जिल्लामा खपत हुन्छ भने बा“की ५० प्रतिशत दूध अन्य जिल्लामा जाने गरेको छ । जिल्लामा बार्षिक १ लाख २४ हजार  दुई सय ६० मेट्रिक टन दूध उत्पादन हुने गर्दछ ।
अघिल्लो वर्Èको तुलनामा ११ प्रतिशतले उत्पादन बढेको हो । पशु सेवा कार्यालय प्रमुख डा। गान्धीर ाज उपाध्यायले पशु फार्ममा स्थानीयको सट्टा उन्नत गाईं भैसी पाल्ने, त्यसै किसिमको आहारा खुवाउने र  स्याहार सुसार  गर्ने गरेकाले दूध उत्पादन बढेको बताए । यहा“ उत्पादित ५० प्रतिशत दूध जिल्लामै खपत हुन्छ । बा“की चितवन, पोखरा र  काठमाडौं लगायतका सहर मा जाने गरेको छ ।
रूपन्देहीमा १ सय ५४ वटा पशुपालन केन्द्र दर्ता भएका छन् । तिनमा २७ भैंसी र  १ सय २७ वटा गाईपालन केन्द्र छन् ।
जिल्लाको देवदह, सालझन्डी, मोतीपुर , केर वानी, पट्खौली, मानमटेरि या, रुद्रपुर , र ायपुर , लुम्बिनी, बा“सगढी, धकधई लगायतका २४ गाविस नमुना दूध उत्पादक गाविस तोकिएको छ । एक तथ्यांक अनुसार  रूपन्देही जिल्लामा अहिले १ लाख ५६ हजार  ६३ भैंसी छन् । दूधालु भैंसीको संख्या ३९ हजार  ४ सय ४० छ । जसमा स्थानीय जातका ७० हजार  ४ सय २६ छन् । उन्नत जातका ३७ हजार  ३ सय १० र  बर्णशंकर  ४९ हजार  ३ सय २७ भैंसी छन् ।
जिल्लामा ९९ हजार  ८ सय ५० गाई छन् । स्थानिय जातका ४८ हजार  १ सय ६० वटा र हेका छन् । २३ हजार  २ सय ३१ वर्णशंकर  र  २८ हजार  ४ सय ५९ उन्नत गाई छन् । दूधालु भैंसी ३९ हजार  ४ सय ४० छन् । दूधालु गाईको संख्या ९९ हजार  ८ सय ५० छ । जिल्लामा होलस्टोन, जर्सी, इटी जातका उन्नत गाई तथा हरि याणा मुर्रालगायतका उन्नत भैंसीपाल्ने क्रम बढेको जिल्ला पशु कार्यालयको भनाइ र हेको छ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती