१८ बर्ष विदेश भोगेपछि सहरमा मौरी पालन

कृष्ण खनाल
बुटवल, १३ असोज ।
पुर्खेली घर गुल्मीको दिगाममा हजुर ुबा तथा बुबाले पहिला देखि नै घरको वरी परी मुढे घार राखेर मौरी पाल्दै आएका थिए । कारणबस  उनको घर पुरै घर परिवार बसार्इं सरेर बुटवल आउनुप¥यो । बुटवल झरेर गाउँको जस्तै मौरी पाल्न सकिन्छ की सकिदैँन भनेर सोंचेका लेखनाथ बेल्बासेले अहिले बुटवल उप–महानरपालिका–१० सुख्खानगरमा व्यवसायीक रुपमा नै मौरी पालन गरेर उदाहरणीय बनेका छन् ।  गाउँबाट एक घार मौरी लाई झुल (मक्षणदानी) मा हालेर बुटवल ल्याएर मौरी पालन सुरु गरेका उनका घरमा अहिले २५ घार मौरी छन् ।
करिव ९ बर्ष पहिला बुटवल झरेका उनले गाउँमा आफ्नै दाईको घरबाट  बाउबाजेले पाल्दै आएको मौरीको एकघार मात्र ल्याएर  बुटवलमा मौरी पालन गरेका हुन् ।  बुटवल झरेको करिब ढेड बर्ष पछि मात्र मौरी सुरु गरेका बताउने उनले भने–‘यहा मौरी चरन ठाउँ छैन, मणिग्राममा लगेर राखेको पहिलो पटक मह काट्दा  ४ माना मह आयो  जसले थप मौरीको घार विस्तार गर्न मन लाग्यो ।’  सोही बर्ष उनले एक घारमौरीबाट ५ घार बनाए आधुनिक मौरी घारमा राखे । अहिले २५ घार मौरी मध्ये ९ घार छ  बुटवल र अन्य आफ्ना आफन्तीहरु  तिलोत्तमाको शिवपुर र मणिग्राममा राखेका छन्
।  
‘यो मौरी यहाँको मौरी होईन, गाउँबाट नै ल्याएको गाउँलेपाराको मौरी हो मह पनि सुद्ध हुन्छ ।’उनले भने । गाउँबाट नै ल्याएको मौरी लाई विस्तार गरेर करिव एक घार मौरीको करिव ८ हजारमा ५० घार मौरी उनले विक्रि समेत गरेका छन् भने मह विक्रि गरेर करिव ढाई लाख आम्दानी गरेका छन् । 
३८ बर्षिय बेल्वासेले जिवनका १८ बर्ष विदेशमा विताएका छन् । भारतमा ४ बर्ष फुलको काम गरेका उनले दुवई मा ६ बर्ष अस्पतालमा काम गरेको अनुभव छ । ‘भारतमा हुँदा ४ बर्ष जती सुर्यमुखी तेलको फैक्ट्रीमा काम गरे ।’ उनी भन्छन्–‘जसले पनि मौरी पाल्न थप हौसला मिल्यो ।’
रोजगारीको लागि करिव ७ बर्ष लन्डनमा बसेका उनलको सोँच नेपाल आएपछि बाख्रा पालन गर्ने रहेको थियो । उनी भन्छन्–‘नेपाल आएर व्यवसायिक रुपमा बाख्रा पालन व्यवसाय सुरु गर्ने सोच बनाएको थिए तर केही पारिवारिक कारणले मिलेन ।’
अहिले सम्म मौरीका करिव डेढ लाख लगानी गरेको बताउने उनले  परिवारका पुरै सदस्यहरु भाई,श्रीमती पनि मौरी र दुध डेरी व्यवसायमा समेत लागेका छन् । करिव डेढ बर्ष देखि ‘गुल्मेली दाजुभाई दुध सप्लायर्स डेरी’ सञ्चालन गरेका उनको परिवारले केही समय पहिला  बुटवलको अमरपथमा होटल समेत गरेको थियो । बाणगंगा र बेथरीबाट दुध ल्याएर विक्र गर्ने गरेको बताउने उनले यो व्यवसायमा आफ्ना भाई दोलाकान्त बेल्वासे अलि बढि खटिने गरेको बताउँछन् ।
निकट भविश्यमा पुर्णतय व्यवसायीक रुपमा आफ्नै घर सुख्खानगरमा करिव १०० घार मौरी पालन गर्ने योजना रहेको उनी बताउँछन् ।  जिल्ला कृषि विकास कार्यालय लगायतका अन्य सरकारी निका तथा गैर सरकारी निकायबाट  कुनै पनि प्रकारको अनुदान तथा सहयोग नपाएको बताउने उनले अहिले सम्म कसैकहाँ निवेदन दिन नगएको र कृषि कर्म गर्दा गर्दै फुर्सद समेत नहुने बताउँछन् । 
बुटवलमा मौरी चरनको लागि स्थान अभाव भएकाले सिजनको बेला मणिग्राम, योगीकुटी, शिवपुर लगायतका स्थान जहा अलि बढि तोरी खेती गरिन्छ उक्त स्थानमा लैजान गरेको उनको भनाई रहेको छ ।  अहिले महबाट मात्र बार्षिक करिव ढाई लाख आम्दानी गर्दै आएका उनले साच्चैनै यहि व्यवसायमा लाग्ने हो भने करिव  ४ देखि ५ लाख रुपैया आम्दानी गर्न सक्ने बताउछन् ।  सहरमा हुने मेलफेरा मौरी प्रतिकिलो ७ रुपैयाँ पर्ने तर शुद्ध गाउँको मौरी भएले ८ सय रुपैया प्रतिकिलोमा खोसाखोस हुने उनको तर्क रहेको छ । 
आधुनिक  मेलफेरा मौरी सिजनमा एक–पटक कट्दा करिव ८ किलो सम्म हुने तर काठे मौरीबाट भने जम्म ४ देखि ५ किलो सम्म मात्र आउने उनको भनाई रहेको छ ।  बुबा छविलाल बोल्वासे, हजुर बुबा विष्णु प्रसाद बेल्वासेको प्रेरेणाबाट आफुले मोरी पालन सुरु गरेको उनले मिहिनेत गर्न सकियो भने पैसा कमाउनको लागि  विदेश धाउनुनपर्ने तर्क राख्नछन् ।  आफु करिव १८ बर्षि  विदेशी भुमिका पसिना बगाएको भन्दै बेल्वासले पैसाको लागि भन्दा पनि ‘सिस्टम, प्रविधि र केही नयाँ काम सिक्न केही समयको लागि विदेश जानुपर्ने बताउँछन् । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती