अभाव,झेल्दै दसैं यात्रा

कृष्ण खनाल 
बुटवल, १ कार्तिक । 
अघिल्लो बर्षहरुमा पनि प्रयाप्त मात्रामा सार्वजनिक सवारी साधन  थप्ने  र सार्वसाधारणहरुलाई सहजरुपमा  यात्रा गराउने यातायात व्यवसायीहरुले प्रतिवद्वता जाहेरगर्दथे । नेपालकै सबैभन्दा बढि  यातायात व्यवसायीहरु संलग्न भएको पश्चिम नेपाल बस व्यवसायी संघले गत बर्ष साविक बसहरु भन्दा ५० प्रतिशत थप बस सञ्चालनमा ल्याएको थिायो । ति बसमा पनि यात्रुहरुको चापाँचाप उस्तै थियो । तर अहिले झन भारतले गरेको अघोसित नाकाबन्दीको का
रण एउटै बसमा सयौं यात्रुहरु, बसको गल्ली, छत(हुट) मा  बसेर र झुण्डीएर यात्रा गरिरहेका छन् ।  सवारी साधनमा प्रयोग हुने ईन्धनको चर्को अभावको कारण पश्चिम नेपाल बस व्यवसायी संघले साविक दैनिक चल्ने गाडीहरुमा आधा कटौती गरेको छ । संघमा करिव २२ सय यातायता व्यवायीहरु आवद्व रहेका छन्  । दैनिक बुटवल बस पार्कबाट मात्र दशैको सयमा करिव ५ सय भन्दा बढि गाडीहरु बाहिरीरहेका छन् । 
पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले ईन्धन अभावको कारण  साविकको बस भन्दा आधा कटौती गरेको बताउछन् । विषम परिस्थीतको कारण गत बर्ष जस्तै यस बर्ष थप, दशैको लागि गाडी  सञ्चालन गर्न नसकीएको उनको भनाई रहेको छ ।  उनी भन्छन्–‘इन्धन अभावको कारणले गर्दा यस बर्ष अग्रीम टिकट बुकिङ्ग खुल्ला गर्न सकिएन् जे जती अवस्थामा यातायातका साधान उपलब्ध छन्, ति साधनलाई म्यानेज गरेर यात्रुलाई सेवा प्रदान गर्न लागेका छौं ।’

अध्यक्ष दधिराम खरेलले नाकाबन्दीका कारण ईन्धन अभाव भएका कारण प्रयाप्त मात्रामा सवारी सञ्चालन गर्न नसकिएको उल्लेख गर्दै  यात्रुको चाप अत्याधिक भएको भए पनि सवारी साधन थपेर सेवा दिन नसकिएको प्रति समेत दुख ब्यक्त गर्नु गरेका छन् । बिशेष गरी लामो दुरीमा सेवा सञ्चालनलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले तोकेको भन्दा  बढी भाडा नलिन यातायात मजदुर तथा ब्यवसायीहरुलाई निर्देशन गर्दै बढी भाडा लिइएको पाईएमा कडा भन्दा कडा कार्वाही हुने बताएका छन् । 
लामो तथा पहाडी दुरीमा चलाउने सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राख्नु पर्ने बाध्यता भएको भन्दै  अप्ठ्यारा र जोखिमपुर्ण सडकमा सडकको अवस्था बुझेर मात्र सवारी सञ्चालन गर्न र  यात्रुहरुको सुरक्षा प्रति ध्यान दिन आग्रह गरेका छन् ।
काठमाण्डौमा  दशैको टिका थाप्नको लागि यस बर्ष आधा मात्र यात्रु  काठमाण्डौ उपत्यका वाहिरिएका छन् । बुटवलमा काठमाण्डौबाट आएका  सबै जसो  बस, जीप, हाईस तथा माईक्रो लगायत ट्रकमा समेत यात्रुहरु खचाँखच भरिएर आएको दृश्यिहरु  देखीएका छन् । यो क्रम थप बढेको छ । कतीपय यात्रुहरु काठमाण्डौबाट ठेलमठेल गरी जन्मघर सम्मको यात्रामा हिडेपनि विच बाटोमै यातायातको साधनमा ईन्धन सकिँदा  कयौ किलोमिटर समेत हिनेर गन्तव्यमा पुगेको र कतीपयले जे जस्तो साधन उपलब्ध हुन्छ, त्यहिमा व्यवस्थापन गरेर बुटवल सम्म आएको र यहाबाट पनि सोही अनुरुप घर सम्मको यात्रा गर्ने बताएका छन् ।  यता ईलाका प्रहरी कार्यालय बुटवलले यस क्षेत्रको शान्ती सुरक्षा र चाडपर्वमा यात्रुहरु नठगीउन,  चोरी तथा लुटपाटका घटना नहोस भनेर विभिन्न स्थानमा  सार्वजनिक यातायातका साधनमा हातियार सहित रातको समयमा प्रहरी खटाएको छ । ईलाका प्रहरी काार्यलय बुटवलका प्रमुख डिएस्पी महेन्द्र खड्काले रातको समयमा यात्रुमाथी कुनै अप्रिय घटना नहोस् भन्ने उदेश्यका साथ यस्तो गरिएको बताएका  छन् । तथापी  कुनै कुनै साधनमा यात्रुले खचाँखच भरिएको कारण प्रहरी समेत अट्न नमिल्ने गरेको पाइएको छ । 
यता, पश्चिम क्षेत्रीय  ट्राफिक प्रहरी कार्यालय बुटवलले ईन्धनको अभावको कारण यातायताका साधन कम सञ्चालनमा आएकोले यात्रुहरुलाई पर्ने समस्यालाई मध्यनजर गर्दै ठाउँ ठाउँमा यात्रु बेकेका चालकलाई  सम्झाई बुझाई जिम्मेबार बनाएर पठाउने गरेको बताएका छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी प्रकास अधिकारीले ठाउँ–ठाउँमा चालकलाई  तीत्र गतीमा यात्रा नगर्न र घुम्ती तथा मोडमा होसियारीपुर्वक सवारी साधन चलाएर यात्रुलाई सुरक्षित रुपमा गन्तव्य सम्म पु¥याउनको लागि अनुरोध गरिएको जानकारी दिए । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती