निरन्तरको बन्दले उद्योगी आजित

ऋण लिएर उद्योगीलाई मासिक किस्ता बुझाउन समस्या
 
कृष्ण खनाल
बुटवल, १७ असोज ।

 ५० दिन देखि तरार्ईंमा भएको निरन्तरको बन्दले उद्योग धरासायी बन्दै गएको प्रति उद्योगीव्यवसायीहरु चिन्चित बनेका छन् ।  एकतर्फ लामो समय देखि भएको बन्दको कारण उद्योग धन्दामा कच्चा पदार्थको अभाव झेल्दै आएका उद्योगीहरु
एकतर्फ उद्योग बन्द हुनु, उत्पादीत बस्तु बजारमा उपलब्ध गराउनु नसक्नु र कच्चा पदार्थको अभावले समेत त्रिपक्षिय मारामा उद्योग व्यसायीहरु परेको बुटवल उद्योग बणिज्य संघका व्यापार उपाध्यक्ष उज्जवल कसजु बताउछन् । उनी भन्छन्–‘लगातारको बन्दले उद्योग धन्दाको उत्पादन ठप्प हुँदा बैंक मार्फत ऋणमा काम गरेका उद्योगीहरुको उद्योग लिलाम हुने अवस्था समेत नआउला भन्न सकिदैन ।’
उनले रुपन्देहीको हक भारतबाट आयात हुने कच्च पादर्थ ढुवानीको समस्याको कारण उद्योग सम्म पुग्न सकेका छैनन् । बुटवल औद्योगीक क्षेत्रका उद्योगहरु आंशिक रुपमा सञ्चालन भएको भएपनि कच्चा पदार्थको अभाव र उत्पादित बस्तु बजारीकरणमा   ढुवानी समस्या भएकाले थप मारमा परेको उपाध्यक्ष कसजुको भनाई रहेको छ ।  उनले थपे–‘दैनिक,  साप्ताहिक र मासिक रुपमा किस्ता वुझाउने गरी ऋण लिएका उद्योगहरुको समस्या झनै विकराल बन्दै गएको छ । ’

पछिल्लो केही दिनमा सिमा नाका केही खुकुलो भएपनि अझै  उद्योगलाई चाहिने कच्च पादार्थ बोकेका गाडीहरु सिमा नाकामा नै रोकिएकाले उद्योग बाट बस्तु उत्पादन हनु  नसकेको उद्योगीहरुको भनाई रहेको छ ।
रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष दिनेशराज रेग्मीले नयाँ संविधान पछि उद्योग व्यवसायीहरुमा आएको  बैचारिक उमङ्ग व्यवहारमा पुर्णरुपमा लागु हुन नसक्दा थप समस्या भएको उनको भनाई रहेको छ । संविधान पछिका उपलब्धीहरुलाई रक्षा गर्नको लागि नेपाली राजनीतिक दलहरुबाट विशेष पहल आवश्यक रहेको भन्दै रेग्मीले यसको लागि तत्काल संवादको बाटो पहिल्यायी व्यवसायीहरुलाई सोभर्दै वातावराणमा उद्योग व्यवसाय गर्न पाउने वातावरण सृजना गर्न आग्रह गरे । रुपन्देहीको आघा हिस्सा अहिले पनि असान्त रहेको भन्दै सम्बन्धीत  राजनीतिक दलहरु संग वार्ता गरी सरकारले अहिलेको अन्यौलता चिर्नुपर्ने उनको तर्क रहेको छ । उनी भन्छन्–‘संविधान पछि उद्योग मन्त्री वातावरण बन्ने आशा गरेका आम उद्योगीहरु अहिले निरास छन् यसको  समाधान अविलम्ब खोज्नु पर्दछ । ’
यता,रुपन्देही व्यापार संघका अध्यक्ष श्रीकृष्ण पोखरलेले संविधान पछि नवनिर्माणको पक्षमा रहेका उद्योगी व्यवसायीक व्याक्तिहत्वहरुमा निरासा  छाएको भन्दै भारतीय निर्भरता कम गर्नको लागि स्वदेशमा भएका उद्योगी, व्यवसायीहरुलाई आत्मनिर्भर बनाउनुपर्ने धारणा राख्छन् । उनी भन्छन्–‘भारतले अहिले गरेको अघोषित नाकाबन्दीबाट पाठ सिकेर स्वदेशमा रहेका रुग्ण उद्योगहरुलाई माथि उठाउनको लागि सरकारले अविलम्ब प्रयासको थालनी गुर्नपर्दछ ।’
उनले नेपाली जनता भोक भोकै राष्ट्रिष्यता र जनसवालको पक्षमा एक जुट हुन सक्षम भएको भन्दै भारतिय परर्निभरता हटाउनको लागि जतिसको छिटो नेपालमा भएका नुन, पेट्रोलियम पद्धार्थको संभावनाको अविलम्ब उत्खनन् र अनुसन्धान गर्नुपर्ने बताए  ।
यता,  नीजि अस्पतालहरुको संगठन एसोसियन अफ प्राईभेट हेल्थ ईन्चट्युसन लुम्बिनीका अध्यक्ष राम प्रसाद खरेलले बन्दको कारण नीजी अस्पताल सञ्चालहरु पनि आजित बनेको भन्दै स्वाथ्य क्षेत्रमा ठुलो प्रभाव परेको बताउछन् । उनले  नीजि अस्पतालमा आउने सर्जिकल सामग्रीहरु ढुवानीमा समस्या भएको भन्दै स्वाथ्य उद्योगी, व्यापारी, यातायत व्यवसायीहरु  बन्दबाट अछुत नभएजस्तै स्वाथ्य क्षेत्र पनि आजित भएको बताउछन् । उनी भन्छन्–‘स्वाथ्य क्षेत्रलाई बन्द मुक्त क्षेत्र बनाउनको लागि पहल भएपनि पुर्णरुपमा कार्यान्वयन हुन  सकेको छैन ।’
यस क्षेत्रको प्रमुख औद्योगीक क्षेत्रको रुपमा रहेको बुटवल औद्योगीक क्षेत्रमा अहिले ६२ वटा साना–ठुला उद्योगहरु सञ्चालमा रहेका छन् । ति सबै उद्योगहरुल लोडसेर्डिङ्ग कारण निरन्तर सञ्चालन हुन  नसकेको समयमा अहिले भएको बन्दको कारण कज्चा पदार्थको अभावमा अधिकांस उद्योग धन्दा अर्धसञ्चालनको रुपमा रहेका छन् भने केही उद्योग बन्द रहेका छन् ।
औद्योगीक क्षेत्र उद्योग संघका अध्यक्ष रामप्रसाद बस्यालका अनुसार भारतबाट आयात गरिने कच्चा पदार्थको ढुवानी र नाकबन्दीको समस्याको कारण आउन न सक्दा प्लाष्टिक जन्य उद्योगहरु बन्द अवस्थामा रहेको जानकारी दिए ।




उद्योगबाट उत्पादीत बस्तु बजारीकरण समेत नहुदा थप मारमा परेका छन् ।  यसको अलवा बैंकबाट ऋण लिएर मासिक रुपमा बैंकलाई किस्ता बुझाउदै आएका उद्योगीहरुले  उद्योग बन्द भएको कारण बजारीकरण नहुदा बैंकको ताकेता खेप्न बाध्य रहेका छन् ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती