मल अभावमा धान उत्पादन अाधा घट्ने संकेत

कृष्ण खनाल
बुटवल, २७ असोज । 
नयाँ संविधान जारी पछि परिर्वतनको आशा गरेका रुपन्देहीका किसानको आस निराशामा परिरण हुन पक्का भएको छ । नेपालको प्रमुख खाद्य बाली धान फुल खेल्ने र दाना पलाउने समयममा भएको मलखादको चरम अभावको कारण करिव ५० प्रतिशत नै धान उत्पादनमा कमी आउने संभावना बढेको छ ।  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार समग्र तराईको जिल्लामा धान उत्पादन मा करिव ७० प्रतिशत सम्म घट्ने संभावना भएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारी बताउँछन् ।  उनी भन्छन्–‘किसानले मल हाल्ने बेलामा मलखाद पाएन्न, सिंचाहीको लागि पनि जेनेरेटरमा हाल्ने तेल पाएनन्, जसले गर्दा करिव ५० प्रतिशत  धान उत्पादन घट्ने संभावना बढेको छ ।  
रूपन्देहीबाट उत्पादितमध्ये ५० प्रतिशत धान जिल्लाबाहिर खपत हुन्छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार रूपन्देहीको ८२ हजार हेक्टर कृषियोग्य जमीनमध्ये ७० हजारमा खेती हुन्छ, जसबाट करीब तीन लाख टन धान उत्पादन हुन्छ । खडेरीले अन्यत्र रोपाईं प्रभावित भए पनि रूपन्देहीमा ९९ प्रतिशत खेतमा रोपाईं गरिएको थियो । तर,धानमा मल राख्ने बेलामा मलखादको अभाव भएपछि किसानहरुको मिहिनेत खेरा गरएको छ । 

जिल्ला कृषी विकास कार्यालय रुपन्देहीका बाली विकास अधिकृत जय

बहादुर महत्राका अनुसार  रूपन्देहीका लागि हरेक वर्ष २२ हजार टन रासायनिक मल आवश्यक पर्दछ तर यस बर्ष करिव ८० प्रतिशत किसानले मल राख्न पाएका छैनन् । उनी भन्छन्–‘ठ्याक्कै किसानले खेतमा मल राख्नेबेलमा आन्दोलन भयो, अयात निर्यात प्रभावित हुँदा करिव ८० प्रतिश किसानले मल राख्न पाएनन् । ’ उनले लगातार २ महिना बढि तराईमा भएको आन्दोलनको कारण किसानले मल ढुवानी गर्न नपाउदा खेतामा मल राख्न पाएका छैनन् । केही कतीय किसानहरुले स सानो परिमाणमा सिमा नाकाबाट मल खाद  साईकल, रिक्समा ल्याएर खेतमा राख्ने गरेका भएपनि त्यो प्रयाप्त नभएको बाली विकास अधिकृत महत्राको भनाई रहेको छ । 

एक तथ्यांक अनुसार नेपालमा उत्पादन हुने धानको ७० प्रतिशत धान तराई र मधेशमा मात्र  उत्पादन हुन्छ ।  रोप्नुअघि खेतमा थोरै मल राखे पनि त्यसपछि धानले मल देख्न पाएको छैन । त्यसमाथि खडेरीले पनि किसानलाई संकटमा पारेको पाईन्छ ।  कृषि विकास मन्त्रालयका अनुसार कुल गार्हस्थ्य उत्पादनमा धानको योगदान २० प्रतिशत छ । वार्षिक उत्पादन हुने धानको मूल्य करीब रु.१ खर्ब छ । नेपालमा सबैभन्दा बढि धान खेती हुने जिल्लाहरु बारा, रुपन्देही, पर्सा, धनुषा, महोत्तरी, रौतहटल हुन । 
रुपन्देहीमा मल र विगाादी अभावको कारण पछौटे धानमा पातमा लाग्ने किरा लागेको, गँवारो किरा, पातको थोप्ले रोगको समस्यालगायतका कारणले विगतका वर्षको तुलनामा थप १२ देखि १५ प्रतिशत उत्पादनमा ह्रास आउने संकेत देखिएको हो । जिल्लामा धान उत्पादनको पकड क्षेत्र मानिएका लुम्बिनी, मझगावा, धकधही, बोधवार, मानपकडी, मानमटेरीया, हर्नैया लगायतका क्षेत्रमा लगातारको तराई बन्दले गर्दा दोस्रो पटक राख्नुपर्ने मल राख्न नपाइएकाले त्यती राम्रो धान नफलेको कृषकको भनाइ छ । यसवर्ष रुपन्देहीमा ६९ हजार चार सय हेक्टर जमिनमा धान खेती लगाइएको छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती