इन्धन अभावले किसानलाई धान स्याहार्ने पिरलो

साढे ४ लाख लिटर डिजेल आवश्यक ।।  २० प्रतिशत धान उत्पादन कम हुने संकेत
कृष्ण खनाल
बुटवल, १३ कार्तिक ।

रुपन्देही जिल्ला धान उत्पादनमा नेपालकै दोस्रो जिल्लाको रुपमा चिनिन्छ । झापा पछि सबैभन्दा बढि धान उत्पादनगरी अन्य जिल्लामा पनि निर्यात गर्ने जिल्लाको रुपमा पहिचान बनाएको छ । इन्धन अभावको कारण जिल्लाका किसानमा धान काट्ने, ढुवानी गर्ने  र थन्काउने चिन्ता थपीएको छ ।
 करिव २ महिना देखि मधेसी मोर्चाले गरेको निरन्तरको बन्द र भारतले गरेको अघोषित नाकाबन्दीको कारण धान काट्ने मेसिन थ्रेसेरमा प्रयोग हुने ईन्धनको अभाव संगै थ्रेसरको कम उलब्धता र धान ढुवानी गर्ने ट्रैक्टरको समेत अभाव भएपछि कतै किसानको धान खेतमा नै रहने त होइन  ? भन्ने चिन्ता बढेको हो ।  
रुपन्देहीको सर्युपुराका किसान नारदमुनी यावदले स्थानिय विद्यालयको जग्गा लिज(भाडा)मा लिएर व्यवसायिक, तरकारी, धान खेती गर्दै आएको तर ईन्धान अभावको करण कृषि उपकारण अभाव हुँदा थप चिन्ता बढेको बताउँछन् 

नजिकै आँठका किसानहरुले धान काटे पनि उनको खेतमा अझै धान बाँकी नै रहेको छ । भाडालिएको डेढ विघा क्षेत्रफलमा धान खेती गरेका यादव भन्छन्–‘तेल नपाइएकाले गर्दा अझै केही दिन ढिला हुने भयो,  कम्बाईन पाएको छैन ।’ धान काट्ने कम्बाईनको लागि एक साता पहिला देखि नै बुकिङ्ग गर्नुपर्ने र नगरेमा नपाईने गरेको उनको भनाई रहेको छ । 
अन्य फुटकर जग्गामा रहेको खेतमा खेताला लगाएर धान काटेको भएपनि अझै करिव डेढ विघामा धान काट्न बाँकी रहेको उनले जानकारी गराए । ‘सहज रुपमा तेल नपाएको भन्दै कम्बाईन(थ्रेसर) सञ्चालकहरुले विगतको दिनहरुमा भन्दा  २÷४ सय बढि भाडा लिने गरेको  उनको गुनासो रहेको छ । उनी भन्छन्–‘पहिलाको बर्षमा भन्दा किसानले बढि मुल्य तिर्नु परेको छ । ’
यता,
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख भोजराज सापकोटाले रुपन्देही जिल्ला करिव ७० देखि ८० प्रतिशत प्रविधी प्रयोग गरी खेतीपाती गर्ने जिल्ला भएको कारण ईन्धन(डिजेल) अभावको कारण कृषिकार्य प्रभावित भएको बताउछन् । किसानलाई ईन्धन अभाव कम गर्नको लागि जिल्ला कृषि विकास कार्यालय र जिल्ला प्रशासन कार्यालय रुपन्देही संग निरन्तर छलफल गरिएको छ ।
 जिल्ला प्रशासनबाट संमन्य गरी किसानलाई जे जती मात्रामा सकिन्छ डिजल उपलब्ध गराउने विषयमा छलफल भएको उनको भनाई रहेको छ । यद्यपी कहीले र कसरी किसानले डिजल पाउँछन् भन्ने विययमा निक्र्यौल नभएको उनले बताए ।  कार्यालmय प्रमुख सापकोटा भन्छन्–‘७०–८० प्रतिशत यन्त्रीकरण भएको जिल्लामा ईन्धन अभावको कारण प्रभाव पर्नेु स्वभाविक रहेको छ, यसको लागि हाम्रो पहल जारी रहेको छ । ’  किसानलाई  अहिले रुपन्देहीमा पहिलो प्रथमिकतामा काट्नुपर्ने धान(पुर्णरुपमा पाकेको) करिव ३० प्रतिशत र अन्य करिव ६५–७० प्रतिशत धान अवको करिव १५÷२० दिनमा तयार हुने हुँदा जिल्लामा करिव ४ लाख ५२ हजार  लिटर डिजेल आवश्यक रहेको कार्यालय प्रमुख सापकोटाको भनाई रहेको छ । 
जिल्ला कृषी विकास कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा करिव ३० हजार ५ सय हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिदै आएको छ । गहुँ बाली अवको केही दिनमा किसानहरुले छर्न सुरु गर्दछन् । त्यसको लागि पनि अझै ३ लख १६ हजार लिटर डिजेल आवश्यकता पर्दछ । गहुँ छर्नको लागि खेत खनजोत गर्न  रुपन्देहीमा अधिकांस किसानले ट्रैक्टरको प्रयोग गर्ने गरेका छन् ।  तर ईन्धन अभावको कारण गहुँ खेती पनि प्रभावित हुने देखिएको छ । 
 किसानले सहकारी, समुह र नीजीरुपमा खरिद गरिएका  कृर्षि औजार तथा उपकारण प्रयोग गर्दै आएका भएपनि ईन्धन अभावको कारण सबै उपकारणहरु पूर्णरुपमा प्रयोग हुन सकेका छैनन् । औजार उपकारण  यथेष्ट मात्रामा उपलब्ध भएपनि  परिचालन हुन नसक्दा किसानहरु थप मारमा परेका हुन ।  जिल्लामा उत्पादन भएको धान, गहु,को विउ अन्य जिल्लामा समेत निर्यात हुदै आएको छ । तर यस बर्ष निर्यात समेत प्रभावित हुने देखिएको छ । 
किसानले खडेरीको कारण समयमा नै धान रोप्न नपाउनु र समयमा नै मलखात खेतमा राख्न नपाउँदा जिल्लाको समग्र धान उत्पादनमा करिव २० देखि ३० प्रतिशत कमी आउने जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले अनुमान गरेको छ । जुन तथ्यांक सबै क्षेत्रमा धान काट्ने कार्य सम्पन्न भएपछि अझ बढ्न सक्छ । 
 जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार अहिले पनि जिल्लामा आउने अवस्थामा भारतबाट आयात गरिएको मलखाद अहिले पनि भारततिय भुमीमा नै थन्कीएको छ । नाकाबन्दी कायमै रहने र आन्दोलन जारी रहने होभने किसानहले खेतबारीमा गहु छर्दा समेत मलखाद राख्न नपाउने निश्चित छ । 
जिल्ला कृषी विकास कार्यालय रुपन्देहीका अनुसार  जिल्लामा ७० हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती गरि“दै आइएको छ । आर्थिक वर्ष  २०७१÷०७२ मा कुल ६९ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो । जसमा  धान ३ लाख २० हजार १ सय ६० मेट्रिक टन उत्पादन भएको थियो । 
रुपन्देहीमा धान उत्पादनको पकेट क्षेत्र मानिएका लुम्बिनी सास्कृतीक नगरपालिका, मझगाँवा, धकधही, बोधवार, मानपकडी, मानमटेरीया, हर्नैया लगाएका क्षेत्रमा किसानले लगातारको बन्दले गर्दा किसानले धानमा मलखाद समेत राख्न पाएका  थिएनन् । 


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती