नाममात्रको वृक्षरोपणले लाखौ विरुवा खेरा

जिल्ला वनको लागानी बालुवामा पानी
कृष्ण खनाल
बुटवल, १६ असोज ।

बुटवल हिलापार्क मनिविर बाटिका केही माथि भ्यु टावर नजिकै ठुलो फ्लेक्स बोर्ड टाँसीएको छ । ‘ईनरह्वील क्लव अफ बुटवल द्वारा गरिएको बृहत वृक्षरोपण कार्यक्रम,अध्यक्ष मिरा ओझा २०१५÷१६’ लेखिएको उक्त बोर्ड भन्दा करिव १० मिटर नजिकै अर्को टिनको बोर्डमा लेखिएको छ –‘नेपाल मगर महिला संघ नगर समिति बुटवलद्वारा वृक्षरोपण–२०७२’ यी 
केही उदाहरण मात्र हुन । विभिन्न संघ–संस्थाले वृक्षरोपण गरिएको भन्दै बुटवलहिलपार्क परिषद्मा करिव दुई दर्जन 
भन्दा बढि स्थानमा  क्लब, संघ–संस्था तथा समुहको होर्डिङ्ग बोर्ड अहिले पनि प्रस्ट  देख्न सकिन्छ । 
विहानको समयमा मर्डिङ्ग वाकको समयमा हिलपार्क पुगेका बुटवल मिलनचोकका देवबहादुरा थापाले भने–‘नाम मात्रको प्रचारको लागि गरिएको वृक्षरोपण हालत हेर्नुस्त ।’ मनविर बाटिकको पैदल मार्गको केही दायाँ पट्टी रोपेर तेतिकै छोडेपछि मरेका करिव १५÷२० वटा विरुवा देखाउँदै उनले भने ।  उनले थपे–‘वृक्षरोपण गरियो, वातावरण संरक्षणमा ठुलो  योगदान गरियो भनेर कार्यक्रममा भाषणा छाड्ने आयोजकले पछि कुनै पनिदिन उक्त विरुवा कस्तो भयो, विरुवा म¥यौंकी बाँचेकोछ, घाम पानी के को अवश्यकता छ भनेर हेर्न नआउने प्रवृत्तीको कारण अहिलेसम्म कुनै पनि पार्क, सार्वजनिक स्थानमा रोपिएका विरुवा मध्ये करिव ९५ प्रतिशत विरुवा मर्ने गरेका छन् ।
बुटवल हिल पार्क परिषद मात्र होईन यस क्षेत्रका विभिन्न स्थानमा प्रत्येक बर्ष विभिन्न क्लव, संघ संस्थाले‘वृहत वृक्षरोपण गरियो’ भन्दै ‘सेल्फी खिचेर’ सामाजिक सञ्जालका भित्ता रङ्गाउँछन् । कुनै कुनैले त विरुवा रोपेको भन्दै ठुल–ठुला तस्वीर सहित  मिडियामा ‘फोटे तस्वीर’ समेत प्रकासन गरेका हुन्छ ।  तर निरन्तर संरक्षणको लागि  भने कुनै पहल गरिएको पाईदैन ।
नेपाल मगर महिला संघ रुपन्देहीकी अध्यक्ष ओमी पुनले मगर महिला संघले रोपेको विरुवा के कस्तो भयो, हुर्केको छ की छैन, बेला–बेलामागरिने गोडमेल र रेखदेखको लगि दैनिक  ज्यादारीमा एक जना काम गर्ने मान्छे नै खटाएको बताउँछिन् । उनी भन्छीन्–‘हामीले जस्तै अन्य संघ संस्थाहरुले पनि सामुहिक रुपमा गरिएको वृक्षरोपण रेखदेखको लागि एक जना व्याक्ति राख्न सकेमा विरुवालाई चाहिने आवश्यक स्यार सुसार हुन्थो र विरुवा हुर्कन्थो । ’

उनले कुनै पनि सार्वजजिक स्थानमा गरिएको वृक्षरोपण जोगाउनको लागि संस्थाले विरुवा रोपेर मात्र नभई निरन्तर रेखदेखको लागि एक जना व्याक्ति राख्नु पर्ने र विरुवा हुर्केपछि भने कहीलेकाही गोड मेल गरे हुने तर्क राख्छीन् ।
प्रत्येक बर्ष  जिल्ला वन कार्यालय भैरहवा रुपन्देही र सेक्टर बन कार्यालय सितलनगरमा  विभिन्न प्रजातीका हजारौं विरुवाहरु निःशुल्क रुपमा संघ संस्था, क्लव, तथा समुदायक र सामुदायिक वनका पदाधीकारीहरुले लैजान्छन् । एउटा विरुवा हुर्काउनको लागि निरन्तर  सिंचाही, मल, गोडमेल, रोगकिरा नियन्त्रणको लागि करोडौ रुपैयाँ आर्थिक खर्च हुन्छ । तर नर्सिरीबाट लगेका विरुवा कुन प्रयोजनमा कसरी रोपण भयो भन्ने विषयमा जिल्ला वन कार्यालय पनि अनुगमन गर्देन जसको कारण उसको लगानी बर्षेनी खेरा गैरहेको हुन्छ ।
यता, जिल्ला बन कार्यालय रुपन्देहीका प्रमुख ईन्द्र बहादुर पछाईले जिल्ला बन कार्यालयबाट क्लव, संघ संस्था तथा समुहले जिल्ला वन कार्यालय, सेक्टर वन र ईलाका वन कार्यालयबाट १ सय भन्दा बढि विरुवा लगिएका संस्थाको  लागत रजिष्ट्ररमा राख्ने गरेको जानकारी दिए । उनले सबै संघ संस्था तथा क्लबहरुले लगेको विरुवा हुर्कीयो की हुर्कीएन, विरुवाको अवस्था अहिले कस्तो छ भन्ने विषयमा अनुगमन गर्न नसकिने तर केही प्रतिनिधिरुपमा अनुगमन गर्ने गरेको जानकारी दिए । उनले भने–‘जिल्ला, सेक्टर र ईलका बन कार्यालयबाट बेला बेलामा संयन्त्र बनाएर अनुगमन गर्ने गरेका छांै  ।’
उनले जिल्ला बन कार्यालयबाट लगेका विरुवा कुनै कुनै संस्थाले हुर्कीयो की हुर्किएन भनेर हेरचाह गर्नको लागि हेरालुराख्ने गरेको जानकारी दिदै शंकरनगर बन बाटिकामा ‘म्यागो गार्डेन’ मा यस्तो गरिएको बताए । एक स्थानमा मात्र नभई अन्य स्थानमा पनि  विरुवा रोपण गरिएको स्थानमा यसरी नै विरुवा नर्हुेकञ्जेल हेरालु राख्नु पर्ने उनको भनाई रहेको छ ।
 जिल्ला बन कार्यालय रुपन्देहीबाट एक बर्षमा करिव ५ लाख बढि बहुबर्सीय र एक बर्षिय विरुवा  निःशुल्क रुपमा वितरण गर्ने गर्दछ । जुन विरुवा उत्पादनको लागि बहुबर्सिय प्रति विरुवा तयार गर्न २० रुपैया र एक बर्षिय विरुवा उर्मानको लागि ८ रुपैया प्रति विरुवा पर्दछ । यसबाट के प्रस्ट हुन्छ भने प्रत्येक बर्ष जिल्ला वन कार्यालय रुपन्देहीले करिव १ करोड रुपैयाँ  भन्दा बढि खर्च गर्दछ । 
यता, बुटवल हिलपार्क परिषद्का अध्यक्ष भिम प्रसाद तुलाचनले हिलपार्क परिसरमा अहिले सम्मलाखौं विरुवा रोपिए पनि त्यसको भौगोलीक वातावरणले गर्दा कम मात्रामा विरुवा हुर्कने गरेको जानकारी गराए । उनले विभिन्न संघ संस्था, क्लव तथा समुदायले पटक पटक हिल पार्क परिषरमा वृक्षारोपण गर्ने गरेको भएपनि भौगोलीक वातावरण  अनुसारको विरुवा नरोपीने र विरुवा रोपपछि बेवारिसे अवस्थामा छोड्ने गरेको कारणले पनि कयौ विरुवा हुर्कन नसक्ने बताए । उनले भने–‘केही एक दुईवटा संघ संस्थाले विरुवा रोपे पछि हेरचाहको लागि हेरालु समेत राख्ने परिपाटी पछिल्लो समयमा बसेको छ , जुन कुरा सबैले  लागु गर्नु आवश्यक छन् । ’
हिलपार्कको माटो पारिलो भएकाले पानी पर्दा चिप्लो हुने र तुरुन्त पानि सोस्ने खालको भएकाले पनि बर, पिपल तथा सिसौ लगातका विरुवा हुर्कने हुदा उक्त प्रजातिको विरुवा रोपीनु पर्ने धारणा अध्यक्ष तुलाचनको रहेको छ ।  केही समय पहिला दालचिनी, अमला, रुद्राक्ष लगायतका विरुवा समेत रोपिएको भएपनि भौगोलीक वनावटको कारण हुर्कन नसकेको उनको भनाई रहेको छ ।
आम मानिसहरुमा विरुवा सरक्षण गर्नु पर्दछ भन्ने बानीका विकास नभएसम्म विरुवा रोपेर मात्र नहुने उनको भनाई रहेको छ । केही संघ संस्थाले नामको लागि मात्र वृक्षरोपण गरेको भन्दै अध्यक्ष तुलाचनले वृक्षरोपण गरेपछि निरन्तर संरक्षण, गोडमेलको समेत आवश्यकता पर्दछ । बुटवल उपमहानर पालिकाले समेत हिलपार्कलाई हेयको दृष्टिकोणबाट हेरेको भन्दै अध्यक्षले आम जनताहरुले त्यहा पहिला देखिनै हुर्कीएका रैथाने प्रजातिका विरुवा रोपेर हराभरा बनाउनको लागि आग्रह गरे ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्









Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती