मुगुका अनाथलाई रुपन्देहीमा आश्रय

कृष्ण खनाल
बुटवल, १४ असोज । 
मुगु जिल्लामा सानै उमेरमा बाउ आमा गुमाएका जयप्रकास थापाले कहिल्यै तराई देखेका थिएनन् । द्वन्द्वको कारण बेसाहारा भएका थापाले तराईको ठुलठुला घर देख्दा पहिलो पटक अच्चम मानेका थिए । तराइ कस्तो होला, के होला भनेर कल्पना गर्ने थापा अहिले यहि तराईमा हुर्केका छन् । सानैमा आमबाबु गुमाएका उनी आमा बुवाको मायाबाट बञ्चित भएका थिए ।
 तर आफन्तीको सहयोगमा जिल्ला बाल कल्याण समितिबाट उनी अहिले रुपन्देहीको सैनामैना–१ बनकट्टामा रहेको अभियान नेपाल बाल आश्रममा आश्रीत छन् । आफ्ना  आमाबुबा गुमाएपनि उनी जस्तै ९ जना मुगुका १ जना पाल्पाका बालबालिकाहरुले अहिले उक्त आश्रममा  आमा बुबाको जस्तै  मायाँ र साथ पाएका छन् । नजिकै रहेको दुर्गा भवना उच्च माविमा पढ्दै आएका यि सबै वालवालीकाहरुको आश्रम नै घर लाग्ने गरेको बताउँछन् । 
विद्यार्थी जयप्रकास थापाले आफ्नो परिचय दिदै भने–‘मेरो नाम जयप्रकास थापा, म मगुबाट आएको, मेरो घर अहिले यहि हो, म दुर्गा भवान हाईयर सेकेन्डरी स्कुलमा पढ्छु ।’  दुर्गा भवानी उच्च मावि होला नी तिम्ले पढ्ने स्कुल है ? संवाददाताको प्रश्नमा उनले भने –‘होईन हाईयर सेकेन्डरी हो के ।’ जे हो अग्रेजीले छोएछ  संवाददाताले यति भने ।
आश्रमका संस्थापक संरक्षक तिलक साहीका अनुसार बेवारीसे अवस्थामा रहेको जग्गा लिएर करिव ६ बर्ष पहिला उक्त सोचब नाइएको हो । स्थानिय महिला  आमा समुह, क्लव तथा संघ संस्थाको अगुवाईमा  ४ वटा सा सानो भवन निर्माण गरिएको  हो । 
कर्णली अञ्चलका विद्यार्थीहरुलाई सरकारले पनि प्रथमिकतमा राखेको कारण ९ जना मुगुका विद्यार्थीहरु राखेको जानकारी दिए । कक्षा २ देखि ४ कक्षा सम्म पढ्ने विद्यार्थीहरु अहिले आश्रममा रहेको  संरक्ष साही बताउछन् । भने एक जना प्लस टु  पढ्ने विद्यार्थी पनि रहेका छन् । उनी भन्छन्–‘सरकारी निकायबाट आश्रम सञ्चालन गर्नको लागि अनुमती बाहेक अन्य कुनै सहयोग गरेको छैन ।’ दुई पटक एक गैरसरकारी संस्थाले बर्षमा ४० हजार पोकाक र स्टेशनरीको लागि भन्दै सहयोग गरेको र अहिले सहयोग नगरेको बताए । कहिले काही  पर्रोहा परमेश्वर बोलबाम धामबाट चामल लगायतका खाद्यान, कहिले स्थानिय क्लवले  देउसी भैलो खेलेर सहयोगग र्ने गरेका छन् ।  १० हजार भन्दा बढि सहयोग गर्ने १० जना  संस्था र व्याक्ति रहेका छन् । उक्त आश्रमलाई पहिलो पटक विद्यालय स्तरबाट सहयोग गर्ने विद्यालय बुटवलको दिप बोर्डिङ्ग रहेको छ । कक्षा ८ मा अध्ययरत विद्यार्थीहरुले खाजा खर्च कटाएर उक्त सहयोग गरेका थिए । 
अध्यक्ष साहीका अनुसार द्वन्द्वमा पिडीत भएका बालबालिकाहरुलाई विभिन्न संघ संस्थाहरुले गरेको सहयोग र सद्भाव बाट भएको सहयोगले बालबालिकाहरुलाई थप अगाडी बढ्ने  हौसला बढाएको छ । पछिल्लो समयमा लक्ष्मी फाउन्डेसनले पनि सहयोग गर्ने प्रतिवद्वता जनाएको तर अहिले सम्म सहयोग नआएको उनको भनाई रहेको छ ।  
अहिले सम्म स्थानिय  गाउँले, आमा समुह, र क्लवबाट भएको सहयोगबाट सञ्चालन हुदै आएको उक्त आश्रमका वालवालिकाहरुलाई थप सहयोगको खाँचो रहेको आश्रम सञ्चालक समितिले जनाएको छ । पछिल्लो समयमा सहरिया संस्कृती अनुसार जन्मदिन मनाउनको लागि पार्टी प्यालेस तथा रेष्टुरेन्टहरुमा लगेर हजारौ रुपैयाँ खर्च गर्नु भन्दा आश्रमका  बालबालिकाहरुलाई केही भएपनि खाद्यान्न वा नगद जे हुन्छ सहयोग गरेर ‘अगामी पुस्ताको जन्मदिन आश्रममा’ भन्ने नारा सार्थक बनाउनु पर्ने आवश्याकता रहेको छ । 
तस्वीरः विवरण
रुपन्देहीको सैनामैना–१ बनकट्टामा रहेको अभियान नेपाल आश्रममा रहेका वालवालिकाहरुको लागि   निर्माण गरिएको  घर । तस्वीर सौजन्यः कपिल अधिकारी  

http://www.khabarbani.com/np/2015/10/%E0%A4%AE%E0%A5%81%E0%A4%97%E0%A5%81%E0%A4%95%E0%A4%BE-%E0%A4%85%E0%A4%A8%E0%A4%BE%E0%A4%A5%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%B0%E0%A5%81%E0%A4%AA%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%87%E0%A4%B9%E0%A5%80/




Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती