युवा किसान लाई १ करोड ३२ लाख अनुदान


कृष्ण खनाल
बुटवल, २२ पुस । 
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले व्यवसायीक रुपमा कृषि पेसामा लागेका करिव ढेड सय युवा किसानहरुलाई यस बर्षको अनुदानको रकम  प्रदान गर्ने निर्णय गरेको छ । 
कृषि विकास कार्यालयका अनुसार व्यवसायीक कृषकलाई युवा लक्षित कार्यक्रम अन्र्तगतको विभिन्न शिर्षकमा १ सय ५४ जना किसानहरुलाई अनुदानको रकम प्रदान गरिने छ । युवा लक्षित तरकारी खेती तर्फ ६० जना, च्याउ खेति तर्फ ४० जना , मौरी पालनतर्फ ४० जना र एकिकिृत जल स्रोत प्राणाली आयोजना तर्फको १४ जना गरी कुल १५४ जना युवा किसानलाई १ करोड ३२ लाख ४० हजार रुपैया“ अनुदान दिने निर्णय गरिएको हो । 
जिल्ला कृषी विकास कार्यालय रुपन्देहीका प्रमुख तथा बरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीका अनुसार छनोट भएका किसानहरुले यहि पुस महिना भित्रै नगद अनुदान पाउनेछन् ।  अनुदानको रकम न्युनत ४० हजार देखि १ लाख ८० हजार रुपैया सम्म रहेको छ । 
किसानहरुले पेश गरेको विस्कृती कार्ययोजनाको अध्यायन र गाउ विकास समितिबाट आएको सिफासिरको आधारमा युवा किसानहरुलाई अनुदानको रकम प्रदान गर्र्ने निर्णय सोमबार कृषि विकास कार्यालयले  गरेको हो । बरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारी भन्छन्–‘हामिले  केहि रकम किस्ता गरेर युवा किसानलाई दिन्छौ भने व्यवसायको प्रकृती अनुसार सबै रकम समेत दिन सकिन्छ ।’ उनका अनुसार कृषकको प्रकृती अनुसार किसानहरुले अनुदान पाउनेछन् । 
 व्यवसायीक मौरी पालन तर्फ  ४० जना किसानहरुले प्रतिकिसान १ लाख ८० हजार रुपैयाँ पाउनेछन् जसको लागि किसानको घरमा २० घार मौरी अनिवार्य हुनुपर्नेछ । त्यस्तै व्यवसायीक च्याउ खेती तर्फ ४० जना युवा किसानले  ४०÷४० हजार अनुदान स्वरुप पाउनेछन् भने  तरकारी खेती तर्फ ६० जन किसानले प्रति किसान ६०÷६० हजार रुपैया अनुदान स्वरुप पाउने पक्का भएको छ । 
एकिकृत जल स्रोत सिंचाही प्रणाली अनुसार गाउँ विकास समितिको सिफारिस र जिल्लामा लागू भएको (आई डब्लु आर एमपी परियोजना) एकिकृत जल स्रोत सिंचाही प्रणालीमा पहुँच भई एक विगाहा क्षेत्रफलमा व्यवसायीक तरकारी खेती गरेका १४ जना किसानले  ६०÷६० हजार रुपैयाँ प्रति किसानले अनुदान स्वरुप पाउनेछन् । जसको लागि जिल्ला कृषि विकास कार्यलय रुपन्देहीमा युवा लक्षित व्यवसायीक तरकारी खेतीको ६० जना कोटामा अनुदानको लागि १ सय ७ जना युवा किसानहरुले आवेदन पेश गरेका थिए ।

त्यस्तै व्यवसायीक च्याउ खेतीको ४० जना कोटामा १ सय ४० जना किसानहरुले निवेदन पेश गरेका थिए भने मौरी पालनको लागि ४० जना कोटामा १ सय २३ जनाले  निवेदन पेश गरेका थिए भने एकिकृत सिंचाही प्रणाली अन्र्तगत व्यवसायीक  खेतीको लागि २० जना किसानहरुले   निवेदन पेश गरेका थिए । 
किसानहरुले विस्तृत कार्ययोजना (स्कीम) पेस गरेपछि जिल्ला कृषि विकास कार्यालको अनुगमन पश्चात किसानहरुलाई अनुदानको लागि छनोट गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अनुदानको लागि छनोट भएका युवा किसानहरुले यहि महिनामा नै रकम पाउनेछन् । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै