पहिचानको लागि एकजुट हुदै छन्त्याल समुदाय
कृष्ण खनाल
बुटवल, २० पुस ।
प्राकृतिक भुर्गमा रहेको तामा, ढुङ्गा, फलाम जस्ता विभिन्न बस्तुहरु पहिचान गर्ने र त्यसैलाई नै आफ्नो जिविको पार्जनको माध्यम बनाउने, आर्थिक उपार्जनको बलियो साधन बनाउने आफ्नो पुर्खौली पेसा भएपनि समाजको विकास संग संगै बढ्दो आधुनिकताको कारण पुर्खौली पेसाको विकल्पमा अन्य पेसा व्यवसाय रोज्ने गरेका छन् ।
फरक भाषा, फरक सस्कृती भएका छन्त्यालहरु पुर्खौली पेसाबाट जिविको पार्जन हुन छाडेपछि विकल्पको रुपमा वैदेशिक रोजगार तथा अन्य व्यापार व्यसायमा लाग्ने गरेको छन् । भौगोलीक विकटता र पुर्खौली पेसालाई जिवन्त दिनको लागि राज्यस्तरबाट सहयोग नभएकै कारण उनीहरु उद्गम थलो छाडेर सुगम स्थानमा बसोबास गर्न थालेका छन् ।
छन्त्याल समुदायको मुख्य पर्वको रुपमा माघेसंक्रान्ती पर्व रहेको छ । यो पर्वबाट उनीहरुको नयाँ बर्षको समेत सुरुवात हुने भएकोले यस दिनलाई मुख्य पवको रुपमा मनाउदै आएका हुन । जुन दिनलाई ‘छार म्हेङ्ग’ समेत भनिन्छ ।
छन्त्याल समाज रुपन्देहीका अध्यक्ष दलबहादुर छन्त्याल भन्छन्–‘हामी अल्पसंख्यक जाती,आफ्नो पहिचानको लागि हामी लागिरहेका छौ ।’ उनका अनुसार पुर्खाहरुले मनारेञ्जनको रुपमा खेल्ने गरेको धनुषबाण प्रतियोगीता (तारो हन्ने खेल) लाई प्रतियोगीताको माध्यमबाट जोगाउनको लागि र आगामी पुस्ताहरुलाई सन्देश दिनको लागि समेत आयोजना गर्न लागिएको छ ।
अध्यक्ष छन्त्याल थप्छन्–‘कति समुदायका मानिहरुले देश छोडेर विदेशमा रोजगारीको लागि लागेका छन् भने महिलाहरु पनि पुर्खौली पेशा छाडेर अन्यत्र लागिरहेका छन् ।’
यसरी सबै जना छरिएर छुट्टा छुट्ै स्थानमा एकजुट नहुने हो भने भावि पुस्ताहरुले आफ्नो पहिचानको बारेमा जानकारी नै नपाउने स्थिती आउन सक्ने भएको कारणले गर्दा पछिल्लो समयमा एकजुट हुन परेको उनको प्रष्टोयोक्ती रहेको छ ।
छन्त्याल समुदायहरुले खाम भाषा प्रयोग गर्ने गरेका छन् । धवलागिरी अञ्चलको बाग्लुङ्ग र म्याग्दी जिल्लामा सन्त्याल समुदायको बढि बाहुल्यता रहेको क्षेत्र हो ।
छन्तयाल समाज रुपन्देहीका उपाध्यक्ष चक्र बहादुर छन्त्यालका अनुसार सरकारले अल्पसंख्यक जातीको रुपमा लिएको भएपनि उक्त जातीको लागि खास ठोस काम गर्न सकेको छैन । यत्र तत्र छरिएर रहेका छन्त्यालहरुको अधिकार र पहिचानको लागि एक जुट हुने बेला आएको भन्दै उनले यसको लागि सरकारी निकायबाट समेत ठोस काम हुनु पर्ने बताएका छन् ।
नेपालमा छन्त्याल समुदायका मानिसहरुको संख्या करिव १२ हजार रहेको छ भने भने रुपन्देही जिल्लामा १ हजार १ सय १ जना र कुल १ सय ९६ घरधुरी रहेको छ । छन्त्याल समुदाय भित्र २१ वटा जाती समेत रहेको छ ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
समाजले विभिन्न कार्यक्रम गर्ने
बुटवल, २० पुस । धवलागिरी अञ्चलको विभिन्न जिल्लाहरुबाट रुपन्देहीका विभिन्न स्थानमाहरुमा बसोबास गरेका छन्त्यालहरुले माघेसंक्रान्ती पर्वको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएका छन् ।
छन्त्याल समाज रुपन्देहीले आईतबार बुटवलमा पत्रकार सम्मेलन गरी विभिन्न खेलकुद, सास्कृती कार्यक्रम, प्रवेशिका परिक्षामा सर्बोत्कृष्ठ अंक ल्याउने विद्यार्थी सम्मान, समाजबाट विभिन्न खेलमा सहभागी जनाएका खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको समाजका अध्यक्ष दल बहादुर छन्त्यालले जानकारी दिएका छन् ।
सामाजले यहि पुस २२ गते धनुषबाण प्रतियोगीता आयोजना गरेको छ, जुन प्रतियोगीता २६ गते समापन हुने छ भने माघ १ गते माघेसक्रान्तिको अवसरमा मुल कार्यक्रम आयोजना गरिने छ । बुटवल–१४ ढवाहमा आयोजना हुने धनुषबाण प्रतियोगीतामा जुन सुकै समुदायका व्याक्तिहरुले सहभागीता जनाउन सक्ने आयोजकलले जानकारी गराएका छन् । मुल कार्यक्रममा धनुषवाण प्रतियोगीताका विजेता प्रथमलाई २० हजार, द्धितियलाई १५ हजार र तृतियलाई १० हजार नगद र ट्राफि समेत प्रदान गरिने छ । त्यस्तै सोही दिन छन्त्याल समुदायबाट प्रवेशिका परिक्षामा उउत्कृष्ठ अंक ल्याउने विद्यार्थी, समाजबाट विभिन्न खेलकुदमा सहभागी भएका खेलाडीहरु लाई सम्मान गर्ने कार्यक्रम रहेको समाजका उपाध्यक्ष चक्र बहादुर छन्त्यालले जानकारी दिए
