फेसबुक स्टाटसले विपन्नलाई विद्यार्थीलाई सहयोग

कृष्ण खनाल 
बुटवल, १३ माघ ।


 अग्रेजी नयाँ बर्षको पहिलो दिन जनवरी १ तारिखका दिन  रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी एक स्थानियले फेसबुकमा एउटा स्टाटस रखिन् । सबैले नयाँ बर्षको शुभकामना दिदै भरिएको फेसबुको वालमा उनको एउटा फरक खाले स्टाटस थियो । अग्रेजीमा  बाडिँएको उक्त फेस बुक स्टाटस थियो–‘हामीले यो नयाँ बर्ष लाई यसरी मनाउँदा कस्तो होला,  बुटवलको एक विद्यालयमा अध्यायनरत ३ जना विद्यार्थीहरु आर्थिक अभावको कारण  शिक्षाको न्यानो घामबाट बञ्चित हुदै छन्, कृपया उनीहरुको लागि केही सहयोग गरौं ।’ यो स्टाटस बाढेकी थिईन् स्थानिय यशोदा थापाले । ५ वटा कमेन्ट र मात्र ७५ लाईक पाएको उनको स्टासको प्रभाव  ठिक एक महिनापछि परेको छ । 
विद्यार्थीको तस्वीर सहित पोष्ट भएको स्टास पढेपछि कतारबाट रमेश  काउचाले उक्त विद्यार्थीहरुको लागि ५ हजार नगद सहयोग गरेका छन् । केही समय पहिला बाबा  गुमाएका विद्यार्थी हिमाल आले नहरपुर माविमा कक्षा ८ मा पढ्छन् भने पर्वत आले बुद्धनगरमा रहेको मायादेवी जनजागृती सामुदायिक प्रावि कक्षा ३ मा पढ्छ् र अविसा आले कक्षा १ मा पढ्छीन्। 
केही समय पहिला  बाबालाई गुमाएका यि विद्यार्थीहरुलाई पढाई खर्च समेत जुटाउन आमाले ज्याला मजदुरी गर्दै आएकी थिईन् । तर लेख्ने कापी कलमको समेत अभाव झेल्दै आएका ति विपन्न विद्यार्थीहरुलाई मंगलबार एक कार्यक्रमको आयोजना गरि  करिव ३ हजार बराबरको स्टेशनरी र नगद २ हजार पोसाक सिलाउनको लागि खर्च हस्तान्तरण गरिएको छ । जसमा केही स्टेशनरी फेसबुक स्टाटस पढि सुदन ज्ञवालीले समेत सहयोग गरेका छन् ।   पोशाक विद्यालयबाट नै उपलब्ध हुने भएपनि  विद्यालय पोशाक सिलाउनको लागि उनीकी आमा संग पैसा थिएन् । 
बुटवलको ट्राफिक चोकमा सजिलो मनि ट्रान्र्फरका सञ्चालक हाल कतारमा रहेका रेशम काउचाले आफ्नो सानो सहयोगबाट  ३ जना विपन्न विद्यार्थीहरुको  शिक्षामा सहयोग पुग्छ भने किन सहयोग  नगर्ने सन्देश पठाएका छन् । 
उता, उक्त फेसबुक स्टाटस मार्फत सहयोग जुटाएकी  यशोदा थापाले फेसबुकलाई सामान्य मनोरञ्जनको रुपमा मात्र  प्रयोग नगरि फरक ढंगको कार्य गर्न सकिने भन्दै आफुले उक्त कार्य गरेको बताएकी छिन् । उनी भन्छन्–‘हाम्रो एउटा फेसबुकको स्टाटसले विपन्न विद्यार्थीको भविश्य बन्छ भने किन त्यस्तो रचनात्मक कार्य नगर्नै ।’
उता, माया देवी जनजागृती सामुदायिक प्राविकी प्रध्यानाध्यापक माधव लोहनीले विद्यालय सुकुम्बासी बस्तीमा रहेको  र उक्त विद्यालयमा  दैनिक ज्यालादारी गरेर आफ्नो  जिविका चलाउने व्याक्तिका छोराछोरीहरुले पढ्ने विद्यालय भएपनि  सरकारी निकाबाट सहयो न्युन रहेको बताउछन् । उनका अनुसार अहिले गत भदौ महिना देखि एउटा राहात दरबन्दीमा कोटा र बाल शिक्षकबाहेक अन्य शिक्षकहरु स्वयमसेवक रुपमा  बस्ती विकास समितिले दिने तलबबाट काम गरिरहेका छन् ।
 वि.स. २०६३ सालमा भाडाको घरबाट  सुरु भएको विद्यालय अहिले बाल शिक्षा(शिसु) देखि कक्षा ३ सम्म सञ्चालन भएको छ ,  विद्यालको भौतिक पुर्वाधार समेत कमजोर रहेको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य  नेत्र बहादुर राना भन्छन्–‘सरकारी निकायबाट गरिब र विपन्न विद्यार्थीहरु पढ्ने विद्यालयलाई हेलाको व्यवहारले हेर्नु भएन् ।’ पछिल्लो समयमा केही सामाजिक क्षेत्रमा काम गर्ने व्याक्तिहरुको सहयोग केही बढ्दै गएको उनको भनाई रहेको छ । 

तस्वीरः सहयोग प्रदान गर्दै विद्यायका प्रध्यानाध्यापक र यशोदा  थापा । तस्वीरःकृष्ण खनाल÷बुटवल । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै