जिल्ला शिक्षा कार्यालयलाई ढाट्दै अवैध विद्यालय

कृष्ण खनाल
बुटवल, १०  पुस । 
जिल्ला शिक्षा कार्यालय रुपन्देहीले लामो समय देखि अवैध विद्यालयहरु बन्द गराउन सकेका थिएन् ।  केही समय  पहिला  जिल्ला शिक्षा कार्यालयले  १ सय ३७ वटा अवैध विद्यालय र अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालयलाई बोधार्थ पत्र काटी अनुमती विनाका विद्यालय बन्द गराउनको लागि निर्देशन गरेको थियो ।  
जिल्ला शिक्षा कार्यालय लाई लामो समयदेखि नटेरेका अवैध विद्यालयले अख्तियारलाई बोधार्थ पत्र काटेको देखेपछि धमाधाम अवैध विद्यालय बन्द गरेको र स्वीकृत विनाका कक्षाहरु समेत बन्द गरेको पत्र जिल्ला शिक्षा कार्यालय र अख्तियारमा समेत बुझाएका  थिए  । 
यसरी ति विद्यालयहरुले  जिल्ला शिक्षा कार्यालयको अस्वीकृत विनाका माथिल्लो कक्षा बन्द गरेको र अवैध विद्यालय समेत बन्द गरेको बताए पनि अधिकांस अवैध विद्यालयहरुले  जिल्ला शिक्षा कार्यालयलाई ढाटेको पाइएको छ  । 
अवैध विद्यालय बन्द गरेको पत्र जिल्ला शिक्षा कार्यालयमा बुझाए पनि लुम्बिनी ग्यालेक्स बोर्डिङ्ग स्कुल  रायापुर–६ ले  कक्षा ५  खुलेयाम रुपमा कक्षा सञ्चालन गरिहेको छ । 
बुटवल टुडे संगको कुराकानीमा प्रीन्सीपल हरिश बराईले  शैक्षिक सत्रको विचमा भएको कारणले कक्षा ५  सञ्चालन गरिरहेको  बताएका  छन् । उनले भने–‘विच समयमा कहा कक्षा बन्द गर्नु, उहा (शिक्षा कार्यलय) लाई सोधेर सञ्चालन गरिरहेका छौ ।’ उनले कक्षा १ सम्म मात्र सञ्चालन गर्नको लागि जिल्ला शिक्षा कार्यालयबाट अनुमती  लिएको भएपनि आफुले कक्षा २, कक्षा ३ नै सञ्चालन नगरि सिधै कक्षा ५ सञ्चालन गरेका छन् । उनले थपे–‘केजी सम्मका गाविसबाट स्वीकृत लिएको हो, वान सम्म जिल्ला शिक्षाबाट अनि चलाएका हौ ।’ उनले अगामी शैक्षिक सत्रबाट मात्र कक्षा बन्द गर्ने बताएका थिए । 
यो एउटा प्रतिनिधि  घटना हो । जिल्ला शिक्षा कार्यालयले अनुमती भन्दा माथिल्लो कक्षाहरु सञ्चालन गरेका नीजि(संस्थागत) विद्यालय, मदरसा र सामुदायिक विद्यालयहरुले समेत धमाधम माथिल्लो कक्षा बन्द गरेको निवेदन जिल्ला शिक्षा कार्यालयमा पेश गरेको भएपनि अनुगमन गर्ने निकाय नहुदा धमाधम कक्षा सञ्चालन गरिरहेका छन् । 
 केही समय पहिला सम्म जिल्ला शिक्षा कार्यालय रुपन्देहीमा तिन दर्जन भन्दा बढि नीजी, मदरसा र सामुदायिक विद्यालयले अस्वीकृत विनाको  कक्षा बन्द गराएको निवेदन प्राप्त भएको छ । शैक्षिक सत्रको विचमा कक्षा सञ्चालन भईरहेको बन्द हुँदा त्यहाका विद्यार्थीहरु कहा व्यवस्थापन गरिएको छ? भन्ने हेतुका साथ बन्द गरेको भनिएका विद्यालयमा बुटवल टुडेले गरेको टेलिफोन सम्पर्कमा अधिकांस विद्यालयहरुले कक्षा सञ्चालन  जारी राखेको भेटिएको हो ।  जिल्ला शिक्षा कार्यालयका अनुसार बुद्ध लाईट ईंग्लिस बोर्डिङ्ग स्कुल भगलापुरले  कक्षा ५, ६ र ७ पुस १५ गतेबाट बन्द गरेको जनाएको छ   भने असुरैना गाविस ३ मा रहेको  शिव शिक्षा मन्दिरले कक्षा ६ पुस १ गतेबाट बन्द गराएको जनाएको छ । 
त्यस्तै बोगडी गाविस –८मा रहेको नेपाल आर्दश ईंबोर्डिङ्ग स्कुलले कक्षा २, ३, ४ बन्दा गरेको निवेदन  जिल्ला शिक्षा कार्यलयमा पेस गरेको छ । सक्रौन पकडी गाविसमा रहेको सनराईज ईंग्लिस बोर्डिङ्ग स्कुले कक्षा २ र ३  पुस देखि नै बन्द गरेको  जनाएको छ,  हिमाल ईंग्लिस बोर्डिङ्ग स्कुल सैनामैनाले कक्षा ५, ६, ७ बन्दा गरेको  र मोडेल ईग्लिस बोर्डिङ्ग स्कुल दुधराक्षले पनि कक्षा ५, ६ र ७ कक्षा बन्द गरेको जनाएको छ । 
त्यस्तै गणेश ईग्लिस बोर्डिङ्ग स्कुल मर्यादपुरले कक्षा २,  सुरखानी बोर्डिङ्ग स्कुल छोटकी रामनगर ले कक्षा ९, दुधराक्ष गाविस–३मा रहेको निर्भवन नजज्वोती  ईग्सिल बोर्डिङ्ग स्कुलले कक्षा २ र ३ बन्द गरेको जनाएको छ ।  अलिजाएन स्कुल रोहिणीहवाले कक्षा २, ३ र ४ ,  लुम्बिनी ग्यालेक्सी ईग्लिस बोर्डिङ्ग स्कुल रायापुरले कक्षा ६, ग्रिनवे ग्लोवल हेरिटेज स्कुल कम्हयिा लुम्बिनी–७ ले सबै कक्षाहरु बन्दा गराएको जनाएको छ  । 
असुरनिया गाविस–७ मा रहेको संगीन दिपज्वोती ईग्लिस बोर्डिङ्ग स्कुलले कक्षा १ र २ , सिद्धार्थ मोर्डन ईग्लिस बोर्डिङ्ग स्कुल कम्हरियाले कक्षा २, ३ र ४ , मदरसा स्लामनिया फैलेआलम पिपरिया–१ ले नेपाली पढाउदै आएको कक्षा ३ र ४ बन्द गरेको र  उर्दु भाषाको पढाई भने सञ्चालन  गर्दै आएको जनाएको छ । 
त्यस्तै सालझण्डीमा रहेको  पृथ्वी प्mलावर ईग्लिस बोर्डिङ्ग स्कुले कक्षा ६ र ७, मदरसा अरविया मिफताहुल नुलम सलफिया थुम्हवा–७ ले कक्षा ६ बन्द गराएको छ भने मदरसा अरविया मिफताहुल मुडिल करौता गाविसले कक्षा ५ बन्द गराएको छ । 
उता, जिल्ला शिक्षा कार्यालय रुपन्देहीका उप सचिव  गंगाराम आचार्यले विद्यालयहरुले लेप्चा लगाएरै अनुमती विनाको विद्यालय बन्द गरेको र स्वीकृत विना सञ्चालन गरिएको माथिल्लो कक्षा समेत स्थगीत गरिएको  प्रतिवद्वता जनाएको जानकारी दिए ।  
उनलाई यसरी शैक्षिक सत्रको विच सिजनका विद्यालय बन्द  गरिदा विद्यार्थीहरुको व्यवस्थापन ति विद्यालयहरुले कसरी गरेका छन्? अनुगमन  गर्नुभएको छ? भन्ने संवादादाताको प्रश्नमा उनले भने–‘हामीकाहाँ   अवैध विद्यालय बन्द गरेको र अस्वीकृत विनाको  माथिल्लो कक्षा समेत स्थगीत गरेको र अन्य विद्यालयमा स्थानान्तरण गरेको भन्दै निवेदन पेश गर्नुभएको छ, आधिकारीक रुपमा विद्यालयले प्रतिवद्वता जनाउनुभएको छ ।’ उपसचिव अचार्यले यदि जिल्ला शिक्षा का
र्यालयमा एउटा  प्रतिवद्वता जारी गर्ने र  व्यवहारमा अर्कै गरेको पाइएमा कारवाही गरिने जानकारी   दिए ।



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै