नृत्य क्षेत्रमा रुपन्देहीलाई अर्को सफलता

कृष्ण खनाल 

बुटवल, २५ पुस । 

रुपन्देहीको तिलोत्तमा नगरपालिका नयाँ मिलकी १४ बर्षिय मुना राना गत जेठ महिनामा बुटवल आएकी थिईन् । बुटवलको ट्राफिक चोकमा एउटा कार्यक्रम चलिरहेको थियो । जुन कार्यक्रम थियो डीएनडी(डान्स नेपाल डान्स)को आवेदन फारम भर्ने कार्यक्रम । 
छिमेकी दिदी संग आएकी राना उक्त कार्यक्रम देखिपछि आवेदन फारम भर्ने ईच्छा देखाईन् । बाबा आमा संग सल्लाह गरेर फारम भरिन् । उनले फारम भर्दा रुपन्देहीमा नेपालभरबाट सबैभन्दा बढि ले फारम भरेका थिए । 
लामो लाईनमा बसेर फारम भरेकी तिनै मुना राना अहिले   डान्स नेपाल डान्स(डिएनडि) लिटील मास्र्टसको च्याम्पीयन बनेकी छिन् । 
उनी भन्छिन्–‘आवेदन फारम भर्दा उपाधि जित्छु भन्ने कल्पना नै गरेको थिएन्, छनोट हुन्छु जस्तो पनि लागेको थिएन । उनी भन्छीन्–‘मोडलिङ्ग गर्ने सोच रहेको छ भने मोडलिङ्ग नभएर एउटा राम्रो डान्स कोरियोग्राफर बन्ने धोका रहेको छ ।’  उनी विजेता भएसंगै रुपन्देहीको नृत्य क्षेत्रमा अर्को उपाधि हाता परेको छ । यस अघि रुपन्देही रुद्रपुरकी तेरिया मगरले अन्र्तराष्ट्रिय स्तरमा डिआईडीको उपाधि हाता पारेकी थिईन् भने रुपन्देहीकै मुना रानाले डिएनडी लिटील माटर्स उपाधी हाता पार्न सफल भएकी छिन् । 

करिव १४ सय जना प्रतिष्पर्धीहरुलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन । उपाधि संगै रानाले ५१० हजार नगद सहित  विभिन्न गिफ्ट ह्याम्पर हाता पारेकी छिन् । 
 भी एन्ड भाइरस डान्स एकेडेमी एन्ड फिल्मस्ले आयोजना गरेको प्रतियोगीता हिमायल टेलिभिजन बाट प्रसारण भएको थियो ।  प्रतिस्पर्धामा तिलोत्तमा नगरपालिकामा रहेको एपेक्स  स्कुलकी विद्यार्थी रानाले रुपन्देहीकै ७० जना प्रतिष्पधिहरुलाई पाखा लगाएकी थिईन् । 

उनका बुबा  विरेन्द्र रानालेलाई समेत एउटा छोरीले नेपालकै उत्कृष्ठ प्रर्दशन गरी उपाधि जित्ला जस्तो लागेको थिएन् । उनी भन्छन्–‘मैले आफ्नो छोरी पढाई भन्दा डान्समा धन्याद दिँदा  विग्रिन्छ भन्ने धारणा थियो तर अहिले भने उपाधि जित्दा खुसी लागेको छ ।’ उनले अव आफ्नो छोरीलाई उनको ईच्छा अनुसारको शिक्षा दिक्षा प्रदान गर्ने बताएका छन् । एपेक्स स्कुलबाट र परिवार बाट राम्रो सहयोग पाएकै कारण आफुले उपाधि चुम्न सफल भएको उनको भनाई रहेको छ । 
फाईनल चरणमा ६ जनाबाट प्रतिस्पर्धीहरुलाई उनले पछाडी पार्न सफल भएकी थिईन् । मुनाकी आमा आमा कला रानाले सानैदेखि नृत्यमा रुची राख्ने भएकाले पनि छोरीले सफलता पाएको बताउनुभयो । उत्कृष्ट नृत्य प्रतिभा खोज्ने उद्देश्यले ‘डिएनडी’ कम्पिटिसन गरिएको थियो । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै