तरकारी खेती :लगानी ७० हजार आम्दानी ३ लाख

कृष्ण खनाल
बुटवल, २२ पुस ।
 भनिन्छ, पैसा कमाउनको लागि विदेशनै जानुपर्दछ, तर स्वेशमा नै मिहिनेत गरी अन्य व्याक्तिहरुले भन्दा फरक काम गरेमा मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् रुपन्देहीको सैनामैना नगरपालिका–६ बक्सर डाँडाका  राम किसुन मल्लाह  । भर्खरै ३२ बर्षमा लागेका मल्लाहले कुनै पनि सरकारी वा गैरसरकारी संघ संस्थाको सहयोग विना नै व्यवसायीक तरकारी खेती गरी   आम्दानीको दरिलो माध्यम बनाएका छन् । १५ काठ्ठा क्षेत्रफलमा अहिले उनी तरकारी खेती गरिरहेका छन् । एक सिजमा तरकारी खेती गर्नको लागि ६० देखि ७० हजार लगानी गर्ने उनले बार्षिक रुपमा  ३ लाख रुपैया  नाफा गर्दै आएका छन् । उनी भन्छन्–‘समयले साथ दिएमा ३ लाख भन्दा बढि पनि फाईदा हुने गर्दछ ।’
अहिले उनको  खेतमा लडरम्म रुपमा टमाटर फलेका छन् भने झाक्रा लगाउन नपर्ने टमाटर, आलु, गोभि, प्याज लसुन समेत लगाएका छन् । तरकारी  खेती गर्न लागेको करिव  १५ बर्ष भएको बताउने मल्लाहले  आफ्नो  निजी जग्गा ३ विगाहा र १० काठ्ठा भाडा(लिज)मा लिएर  व्यवसायीक तरकारी खेती गरिररहेका छन् । अहिले उनको खेतको २ विगाहामा  क्षेत्रफलमा तरकारी खेती रहेको छ ।  ७ जनाको परिवार सुःख संग पाल्नको लागि उनलाई कसैको पनि  भर पर्नु परेको छैन । उनी भन्छन्–‘ ३ जना केटाकेटी स्कल  पढ्न जान्छन्, बा, आमा, भाई, बुढी र म खेतीकिसानीमा लागेका छौं’
बाउबाजेले गर्र्दै गर्दै आएको तरकारी खेती आफुले पनि निरन्तता दिएको उनको भनाई रहेको छ । अवको सिजनमा भिण्डी लागउने र त्यसपछि, काक्रा,  लौका लगायतका वेमौसमी तरकारीहरु रोप्ने योजनामा रहेको मल्लाह बताउछन् ।  लाखौ आम्दानी गर्ने मल्लाहालाई जिल्ला कृर्षि विकास कार्यालय तथा यस मातहातका कुनै पनि कार्यालयहरुले अनुदान दिएको छैन । सैना मैना नगरपालिकामा कृषि विकास कार्यालयको पर्रोहा सेवा केन्द्र रहेको छ तर यस बारेमा समेत थाहा नभएको मल्लाहा बताउछन् । 
उता, जिल्ला कृषी विकास कार्यालय अन्र्तगतको पर्रोहा कृषी सेवा केन्द्रका कृषि प्रसार सेवा अधिकृत  जयन्तीलाल श्रीवास्तवले १ विगाह क्षेत्रफलमा तरकारी खेती गर्ने किसानलाई नेपाल सरकारले नगद ६० हजार दिने गरेको बताए । उनले  युवा लक्षित कार्यक्रम अन्र्तगत कृषकले एक  फारम भरेपछि  जिल्ला कृषि विकास कार्यालयले अनुगमन पश्चात सिफारिस गरेर अनुदान स्वरुपको रकम दिने गरेको छ । उनी भन्छन्–‘कयौ किसानहरुलाई युवा लक्षित कार्यक्रमको बारेमा थाहा छैन, यसको बारेमा जानकारी हुनु जरुरी रहेको छ ।’ अहिले युवा लक्षित कार्यक्रमको समय सकिएको भन्दै श्रीवास्तवले अवको सिजनको लागि विउ अनुदान स्वरुप प्रदान गर्न सकिने जानकारी दिए । 
रुपन्देही जिल्लामा ४ वटा कृषि सेवा केन्द्र रहेका छन् । धकधई, पर्राेहा, भगवानपुर, मझगाँवामा कृषि सेवा रहेका छन् भने ७ वटा कृषि सम्पर्क केन्द्र रहेका छन् । जिल्लाका देवदह, करहिया, सुर्यपुरा, रायपुर, गजेडी, बसन्तपुर, मानपकडी गाविसमा कृषि सम्पर्क केन्द्र रहे
का छन् । जिल्लामा  खेति योग्य जमिन ८२ हजार ६ सय २२ हेक्टर क्षेत्रफलरहेको छ भने ८२ हजार ६ सय २२ हेक्टर क्षेत्रफलमा खेती गरिने गरेको छ ।
यस बर्ष कृÈि विकास मन्त्रालयको कूल वजेट रु. २३ अरव २८ करोड ३१ लाख ७८ हजार बजेट विनियोजना गरेको थियो । कूल राष्ट्रिय वजेटमा कृÈि Ôेत्रको हिस्सा ३.७८ प्रतिशत रहेको छ ।  गत आर्थिक बर्षको तुलनामा कूल राष्ट्रि वजेटमा १९.५ प्रतिशतले वृद्धि भएको छ । भने अघिल्लो आर्थिक बर्षको  तुलनामा कृÈि विकास मन्त्रालयको वजे ८.८ ५ प्रतिशतले वृद्धि भएको छ । 
तस्वीरः सैनामैना नगरपालिका–६को बक्सरडाँडामा गरिएको तरकारी खेती । तस्वीरःबुटवल टुडे 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै