धमाधम बन्द हुदै अवैध विद्यालय

कृष्ण खनाल
बुटवल, २६  पुस । 
शिक्षा कार्यालयको अनुमती विना नै  माथिल्लो कक्षा सञ्चालन गरेका रुन्देहीका दजनौ विद्यालयहरुहरुले धमाधम माथिल्लो कक्षा रद्व गरेका छन् । जिल्ला शिक्षा कार्यालयले अनुमती भन्दा माथिल्लो कक्षाहरु सञ्चालन गरेका नीजि(संस्थागत) विद्यालय, मदरसा र सामुदायिक विद्यालयहरुले समेत धमाधम माथिल्लो कक्षा बन्द गरेका हुन । 
अवैधरुपमा अनुमती विना नै कक्षा सञ्चालन गर्दै आएका रुपन्देहीका १ सय ३७ वटा विद्यालयहरुलाई  जिल्ला शिक्षा कार्यालयले अनुमती विना  सञ्चालन भएका विद्यालय बन्द गराउनको लागि बारम्बार पत्राचार गरेपनि ति विद्यालयहरुले टेरेका थिएनन् । 
पछिल्लो समयमा जिल्ला शिक्षा कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग  क्षेत्रीय कार्यालय पोखरालाई  पत्र लेखि अनुमती नलाई र भौतिक पुर्वाधार विना नै सञ्चालन भएका विद्यालयलाई बन्द गराउनको लागि अनुरोध गरेपछि अख्तियारले छानविन गर्नुपुर्व नै  विद्यालयहरुले स्वीकृत विनाका कक्षाहरु बन्द गरेका हुन । 
विद्यालयहरुले अख्तिायारले छानविनगर्ने डरले धमाधम कक्षा बन्द गराएको निवेदन जिल्ला शिक्षा कार्यालयमा  पेश गरेका छन् । 
जिल्ला शिक्षा कार्यालय रुपन्देहीका अनुसार शुक्रबार सम्म ३० भन्दा बढि नीजी, मदरसा र सामुदायिक विद्यालयले अस्वीकृत विनाको  कक्षा बन्द गराएको निवेदन प्राप्त भएको छ । 
जिल्ला शिक्षा कार्यालयका अनुसार बुद्ध लाईट ईंग्लिस बोर्डिङ्ग स्कुल भगलापुरले  कक्षा ५, ६ र ७ पुस १५ गतेबाट बन्द गरेको जनाएको छ   भने असुरैना गाविस ३ मा रहेको  शिव शिक्षा मन्दिरले कक्षा ६ पुस १ गतेबाट बन्द गराएको जनाएको छ । 
त्यस्तै बोगडी गाविस –८मा रहेको नेपाल आर्दश ईंबोर्डिङ्ग स्कुलले कक्षा २, ३, ४ बन्दा गरेको निवेदन  जिल्ला शिक्षा कार्यलयमा पेस गरेको छ । सक्रौन पकडी गाविसमा रहेको सनराईज ईंग्लिस बोर्डिङ्ग स्कुले कक्षा २ र ३  पुस देखि नै बन्द गरेको  जनाएको छ,  हिमाल ईंग्लिस बोर्डिङ्ग स्कुल सैनामैनाले कक्षा ५, ६, ७ बन्दा गरेको  र मोडेल ईग्लिस बोर्डिङ्ग स्कुल दुधराक्षले पनि कक्षा ५, ६ र ७ कक्षा बन्द गरेको जनाएको छ । 
त्यस्तै गणेश ईग्लिस बोर्डिङ्ग स्कुल मर्यादपुरले कक्षा २,  सुरखानी बोर्डिङ्ग स्कुल छोटकी रामनगर ले कक्षा ९,दुधराक्ष गाविस–३मा रहेको निर्भवन नजज्वोती  ईग्सिल बोर्डिङ्ग स्कुलले कक्षा २ र ३ बन्द गरेको जनाएको छ ।  अलिजाएन स्कुल रोहिणीहवाले कक्षा २, ३ र ४ ,  लुम्बिनी ग्यालेक्सी ईग्लिस बोर्डिङ्ग स्कुल रायापुरले कक्षा ६, ग्रिनवे ग्लोवल हेरिटेज स्कुल कम्हयिा लुम्बिनी–७ ले सबै कक्षाहरु बन्दा गराएको जनाएको छ  । 
असुरनिया गाविस–७ मा रहेको संगीन दिपज्वोती ईग्लिस बोर्डिङ्ग स्कुलले कक्षा १ र २ , सिद्धार्थ मोर्डन ईग्लिस बोर्डिङ्ग स्कुल कम्हरियाले कक्षा २, ३ र ४ , मदरसा स्लामनिया फैलेआलम पिपरिया–१ ले नेपाली पढाउदै आएको कक्षा ३ र ४ बन्द गरेको र  उर्दु भाषाको पढाई भने सञ्चालन  गर्दै आएको जनाएको छ । 
त्यस्तै सालझण्डीमा रहेको  पृथ्वी प्mलावर ईग्लिस बोर्डिङ्ग स्कुले कक्षा ६ र ७, मदरसा अरविया मिफताहुल नुलम सलफिया थुम्हवा–७ ले कक्षा ६ बन्द गराएको छ भने मदरसा अरविया मिफताहुल मुडिल करौता गाविसले कक्षा ५ बन्द गराएको छ । 
उता, जिल्ला शिक्षा कार्यालय रुपन्देहीका प्रमुख टेक बहादुर थापाले जिल्ला शिक्षा कार्यालय रुपन्देहीले विना स्वीकृतका विद्यालय तथा कक्षा  बन्द गर्नको लागि  पत्र दिएको र सोही अनुसार संस्थागत विद्यालयहरुले आफुहरुले  विद्यालय तथा कक्षा बन्द गरेको निवेदन आउने क्रम जारी रहेको बुटवल टुडेलाई जानकारी  दिए । उनले भने–‘लिखित रुपमा कक्षा र विद्यालय बन्द गरेको निवेदन संस्थागत विद्यालयहरुले लिएर आउनुभएको छ ।’


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै