सन्र्दर्भ ६२ औं विश्वकुष्ठरोग दिवस, अङ्गभङ्ग नहुन समयमै सचेत

कृष्ण खनाल

बुटवल, ११ माघ । 

लोहरी चौधरी जन्मदा सामान्य नै थिईन् । सबैले उनका आमा बुबालाई भन्ने गर्दथे–‘लक्ष्मी जस्तो छोरी जम्माईछस् । ’ यसो भनिरहदा उनका आमा बुबा समेत मख्खा थिए  । उनी हुर्कदै गईन् । उमेरमा १६ बर्ष लाग्दा उनको शरिरको हात र खुट्टामा समेत लाटो फुर्सो दाग देखा प¥यो । पहिला त उनले त्यसलाई वास्ता गरिन्न् । जसको कारण उनको लाटो  फुस्रो दाग विस्तारै बढ्दै गयो, पछि उनको हात र खुट्टा समेत पाक्न थाले ।  यस्तो अवस्था आएपछि  उनको परिवारले उपचार भन्दा पनि झाक्री तर्फ लागे ।
 उनको शरिका अङ्गहरु थप सड्दे  गएका थिए तर परिवारले उनको उपचार भन्दा बढि लामा झाक्रिमा लाग्यो । पछि आमाले सुनको गहाना बेचेर भएपनि उनको उपचारको लागि पोखरा लगिन् ।  २ बर्षपछि उनमा भएको लाटो फुस्रो दाग सबै निको भयो तर हातको औला भने काट्नु पर्ने अवस्था आयो । उनलाई कुष्टरोग लागेको थियो  जुन समयमा नै पहिचान नहुदाँ उनले हातको औला सदाको लागि गुमाउनु प¥यो । 
उपचार पश्चात उनी पुर्ण निको भईन् । उनी भन्छीन्–‘हात र खुट्टाको औला  काटेर फाल्नुपर्ने भयो, पुरै शरिर जाँचेपछि रोग सन्चो भएको डाक्टरले भन्नु भयो ।’ त्यपछि उनको विवाह भयो । विवाह पश्चात २ वटा छोराले समेत जन्म लिए  तर उनको श्रीमान् कुष्ठप्रभावित भएको महिला भन्दै उनलाई छोडे । अहिले उनको जेठा छोरा कक्षा ११ मा पढ्छन् भने कान्छा छोरा कक्षा ८ मा । बुटवल–४ जितगढीमा रहेको कुष्ठप्रभावित समाजकल्याण केन्द्रमा बस्दै आएकी लोहरी चौधरी भन्छीन्–‘समयमा उपचार नगराएको कारण मेरो हातका औला गुम्यो, श्रीमान्ले समेत छोडेर गए, छोराहरुलाई निमेक ज्याल गरेर पढाउदै आएकी छु ।’
उनीएक प्रतिनिधि पात्र मात्र हुन । उनी जस्तै कुष्ठप्रभावित महिला तथा पुरुषले अहिले पनि समाजमा सामाजिक हिंसा खेप्न बाध्य छन् । कयौ स्थानमा महिलालाई घरबाट निकाल गरिदिने  देखि लिएर समाजमा वहिस्कार गर्ने जस्ता कुरीतीहरु कायम रहेका छन् । 
जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीका क्षयकुष्ठ विभाग प्रमुख टिकाराम अधिकारीका अनुसार नेपालमा कुष्ठरोग  निवारण भएको घोषणा गरिएपनि  तराईका अझै १६ जिल्लाहरुमा कुष्ठरोग भेटिएको छ ।  अनुसार रुपन्देही जिल्लामा पनि कुष्ठरोगीहरुको संख्या दिन बढ्दै गएको पाइएइको छ । खासगरी अन्य स्थानबाट बसाई सराईगरी आउने मानिसहरुमा बढि मात्रमा कुष्ठरोग देखिाएको हो ।  जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीका अनुसार आर्थिक बर्ष २०६६÷०६७ मा ८८ जना  कुष्ठप्रभावित मानिसहरु उपचार गरिरहेका थिए भने पछिल्लो तथ्यांक आर्थिक बर्ष २०७१÷०७२ को प्रथम चौमासिकमा १ सय २६ जना मानिसहरुले उपचार गराईरहेका छन् । आर्थिक बर्ष २०६६÷०६७ मा  उपचारको क्रममा ८८ जना, उपचारबाट मुक्त १ सय ६३ जना, नया विरामीको संख्या १  सय ४४ जना, नया महिला विरामी ३७ जना र नया बच्चा विरामी ७ जना भेटिएका थिए । 
 त्यस्तै आर्थिक बर्ष २०६७÷०६८मा उपचारको क्रममा १ सय १५ जना, उपचारबाट रोग मुक्त भएका १  सय ३२ जना, नयाँ विरामी १ सय ७० जना भेटिएका छन् भने नया बच्चा विरामी १ जना र नया महिला विरामी ३२ जना फेला परेका थिए । त्यस्तै आर्थिक बर्ष २०६८÷६९मा उपचारको क्रममा रहेका विरामी १ सय २७, उपचारबाट मुक्त १ सय ६१ नयाँ विरामीको संख्या १ सय ७० जना, नया बच्चा विरामी ५ जना, नया महिला विरामी ३२ जना रहेका छन् । 
त्यस्तै आर्थिक बर्ष २०६९÷०७० मा उपचारको क्रममा रहेका १  सय १४ जना, उपचारबाट रोगमुक्त १ सय ५६ जना, नया विरामी १ सय ४५ जना, नया बच्चा विरामी संख्या ९ जना, नया महिला विरामी ५७ जना रहेका छन् भने आर्थिक बर्ष २०७०÷७१ मा उपचारको क्रममा रहेका १ सय ७ जना, उपचारबाट मुक्त १ सय ४१ जना, नया विरामी १ सय ६५ जना, नया बच्चा विरामी २ जना, नया महिला विरामी ५८ जना फेला परेका थिए ।  चालु आर्थिक बर्षको प्रथम चौमासिकमा उपचारको क्रममा रहेका विरामी १ सय २६ जना, उपचारबाट मुक्त रहेका विरामी ४५ जना रहेका छन् भने नया विरामीको संख्या ४३ जना, नया महिला विरामी २३ जना रहेका छन् । 
उता, लुम्बिनी अञ्चल अस्पताल बुटवलका  मेडिकल सुपरिटेण्टेण्ट डा. तारानाथ पौडेलले अझै पनि कुष्ठरोगबाट प्रभावित मानिसहरुलाई समाजमा हेर्ने दृष्टिकोणमा परिर्वतन आउन नसकेको भन्दै यसको लागि सबैले  एक आपसमा मिलेर हातेमालो गरेमा अवस्य पनि परिर्वतन आउन सक्ने बताउछन् । अञ्चाल अस्पतालका अध्यक्ष डा. प्रश्चित श्रेष्ठले  मानिसको मानसिकतामा नै परिर्वतन ल्याउन जरुरीरहेको भन्दै यसको लागि सबैको मानिसकतामा कुष्ठ प्रभावित व्यायिक्तत्व पनि समाजकै व्याक्तिहुन उनीहरुलाई पनि समान व्यवहार गर्नुपर्दछ भन्ने मान्यता ल्याउन जरुरी रहेको बताउछन् । 
उता, जिल्ल जनस्वाथ्य कार्यालय रुपन्देहीका बरिष्ठ जनस्वाथ्य अधिकृत ऋषि प्रसाद लामिछानेले  नेपालबाट कुष्ठरोग उन्मुलन भएको भएपनि अझै १६ जिल्लामा यसको प्रभाव देखिएकोले समयमा नै लाटो फुस्रो दाग देखा पर्न साथ नजिकको अस्पतालमा गएर चेक  जाँच गराउनको लागि आग्रह गरे । उनले भने–‘यदि लाटो फुस्रो दाग देखिएमा तुरुन्त उपचारको लागि अस्पताल जानु पर्दछ, यदि  रोग देखा परेमा नियमित रुपमा औषधी सेवन गर्नुपर्दछ  ।’





Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै