रुपन्देहीमा माछाको विमा सुरु

कृष्ण खनाल
बुटवल, १८  पुस ।
एसियामै पहिलोपटक नेपालमा सुरु भएको माछाको विमा कार्यक्रम रुपन्देहीमा पनि सुरु गरिएको छ । माछाको लागि प्रख्यात मानिएको रुपन्देहीको दयानगर छपिया क्षेत्रका किसानहरुले पालेको माछाको विामा सुरु गर्न सुरु गरिएको हो । रुपन्देहीमा संभवत पहिलो पटक छपियामा पहिलोपटक माछाको विामा सुरु गर्न लागिएको हो ।  
कसैले पोखरीमा विÈ हालेर माछा मारिदिए पनि बिमा रकम उपलब्ध हुने गरी विमा गर्न लागिएको हो । 
रुपन्देहीको दयानगर गाविस–७मा ग्रिन साईन कृषि फार्मा सञ्चालन गरेका सञ्चालकहरुले रुपन्देहीमै पहिलो पटक माछाको विमा गर्न लागेका हुन । उक्त कृर्षि फार्मका सञ्चालक डक्बर देब न्यौपाने, हरिप्रसाद गैरे, टंकेश्वर खनाल, डा. प्रयाश्चित श्रेष्ठ, भुवा प्रसाद लुईटेल लगातयले आज भन्दा करिव १ बर्ष पहिला स्थापना गरेका हुन ।  बुटवलमा शाखा कार्यालय रहेको पुन्ट्रेन्सीयल इन्स्योरेन्स कम्पनी मार्फत माछाको विमा गर्न लागिएको हो । यसको लागि विहिवार स्थलगत अध्ययन समेत गरिएको छ । 
७ विगाहा क्षेत्रफलमा फैलिएको उक्त कृर्षी फार्मको ४ विगाहा क्षेत्रफलमा पोखरी निर्माण गरिएको छ । सञ्चालक डम्बर देव न्यौपानेका अनुसार ८ वटा पोखरी मध्ये ५ वटा  ठुलो आकारको पोखरी र ३ वटा सानो आकारको पोखरी निर्माण गरिएको छ । 
६५ हजार माछाको पिस छोडिएको पोखरीबाट अहिले सम्म व्यवसायीक रुपमा विक्रि सुरु नगरिएको भएपनि थोरै मात्रामा घरायसी उपभोगको ला िविक्रि गरिएको फार्म सञ्चालकले जानकारी दिएका छन् ।  करिव ४ करोड रुपैयाँको लागतमा  फार्म स्थापना गरिएको हो । भविश्यमा माछा पोखरी सहितको रिर्सोट र हाँस र बाख्रा पालन गर्ने  योजना रहेको सञ्चालक न्यौपाने बताउछन् । उनी भन्छन्–‘भविश्यमा माछाको आयात प्रतिस्थापन गर्ने हिसाबले कृषी फार्म सञ्चालनमा ल्याइएको हो ।’
करिव १ करोड रुपैयाको माछाको मुल्यांकन गरी विमा गर्न लागिएको हो । विमाको लागि किसानहरुले विमाङ्ग्कन रकमको २ प्रतिशत विमा मार्फत कम्पनीलाई बुझाउनु पर्दछ । जस मध्ये ७५ प्रतिशत नेपाल सरकारले अनुदान दिने गर्दछ भने २५ प्रतिशत किसानहरु आफैले व्यहोर्नुपर्ने हुन्छ । 
जिल्ला कृषी विकास कार्यालय रुपन्देहीका मत्स्य विकास अधिकृत रमेश जयसवालका अनुसार रुपन्देही जिल्लामा ७ प्रजातीका माछाहरु सिफारिस जातमा परेका छन् । चाईनीज कार्भ अन्र्तगत सिल्भर कार्भ(पहेलो माछा), ग्रास कार्भ(घाँस खाने माछा), विग्रेट कार्भ रहेका छन् भने ईन्डीयन कार्भ अन्र्तगत रहुँ, नैनी, भ्याकुर, कमनमा सिल्भर कार्भ रहेका छन् । प्राविधिक हिसाबले ६ वटा माछा पाल्दा उपयुक्त  हुने मत्स्य विकास अधिकृत बताउछन् । उनी भन्छन्–‘प्रयाले सात वटै माछा पाल्ने गरेका छन्  ।’ जिल्ला कृषि विकास कार्यालयले प्रतिहेक्टर  १ लाख रुपैया भन्दा बढि  अनुदान दिएको छ ।  
पुन्ट्रेन्सीयल इन्स्योरेन्स कम्पनीबुटवल शाखा प्रमुख धुब्र सापकोटाका अनुसार १ करोड रुपैया बराबरको  बिमा गर्दा २ प्रतिशत का हिसाबले २ लाख रुपैया हुन्छ । जसको ७५ प्रतिशत किसानलाई सरकारले अनुदान दिन्छ भने अन्य रकम किसानले नै व्यहोर्नु पर्दछ । 
कसैले रिसइबीका कारण पोखरीमा विÈ हालिदिएका कारण माछा मरे पनि (बिमा गरेको भए) कृÈकले Ôतिपूति पाउने  व्यवस्था गरिएको  सरकारले गरेको छ । यस्तो व्यवस्था एसियाली देशमै पहिलो हा । 
कृÈिमा आधुनिकीकरण गर्दै कृÈकलाई सहुलियत दिई कृÈि, बाली तथा पशुपाल

नमा जोड दिने उदेश्यले माछा बिमा सुरु गरिएको बताईन्छ । पछिल्लो समयमा माछा बिमाबारे सर्वसाधारण तथा बिमा कम्पनीलाई समेत पर्याप्त जानकारी छैन । तर यसलाई  प्रयाप्त मात्राम जनचेतना जगाउनु पर्ने  जिल्ला कृषी विकास कार्यलय रुपन्देहीले जनाएको छ ।  कृÈि मन्त्रालयले २०६९ साल माघ १ गते देखि कृÈि विमा लागू गरेको हो ।
पौष्टीक र स्वाथ्यको दृष्टिकोणले मासु भन्दा माछा झन् पोÈिलो हुने चिकित्सकको भनाई रहेको छ । माछामा खासगरी यसमा भिटामिन बी१, बी३, बी६ र भिटामिन डी प्रशस्त हुनुको साथै फसफोरस, आयोडिन, सेलिनियम, पोटासियम जस्ता खनिज तत्वहरु पनि हुन्छन् । यसबाहेक अति आवश्यक तत्व ओगेमा–३ ¥याटी एसिड पनि हुन्छ ।
तस्वीरः माछा पोखरी । 
रुपन्देहीको दयानगर गाविस–७ को ग्रीन साईन कृर्षी फार्मको माछा पोखरी । तस्वीरःकृष्ण खनाल÷बुटवल टुडे । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै