गरे के हुन्न ? १२ ठाउँ काम, ३५ हजार दाम

कृष्ण खनाल
बुटवल, १५ माघ । 
केही दिन पहिला बुटवल–८ मा एक महिलाले बच्चा जन्माईन् । ‘लौन  आन्टीले छोरा पाईन्, यसो बच्चालाई सेक्ने,  कपडा धुने र सरफाई गर्ने मान्छे चाहियो ।’  श्रीमानले भन्दै थिए । अर्की एक महिलाले  भनिन्–‘यहा मान्छे  पाउन ग्राह््रो छ, मुर्गियामा छिन् दिनको साढे ३ सय हो ।’ यति भएपछि श्रीमान् ढुक्क भए र मुर्गियाबाट बस चढेर दैनिक एक महिला बुटवल आउछिन्, बच्चाको हेरचाह, गर्छिन्, तेल लगाईदिने, सेक्छीन र जान्छीन् । काम गर्नको लागि लाज नमान्ने उनी जस्ता रुपन्देहीमा केही महिलाहरुले महिनेत गरि मासिक ३५ हजार रुपैयाँ भन्दा बढि आम्दानी गर्दछन्  । 
तिनै मध्येकी एक हुन, गुल्मी जिल्लाको रिडीमा जन्मीएकी, मिना पाटामगर । ३१ बर्षिय पाटामगरले  बुटवलका विभिन्न १२ स्थानमा सरसफाई गर्ने काम गर्दछिन् । उनको आम्दानी रहेको छ ३५  हजार ।  अहिले बुटवल–१३ देविनगरमा बस्दै आएकी उनी केही समय पहिला दुर्घटनाको कारण श्रीमान गुमाएर एकल भएकी थिईन् । तर उनलाई परिवार पाल्नको लागि  एक छोरा र छोरीकी आमा रहेकी पाटामगरले बुटवलका  ८ वटा ल्याब, मेडिकल, बैंक र विभिन्न कार्यालयमा सरसफाईको काम गर्दछिन् । ‘विहान ४ बजे नै उठ्छु, घरको काम  सकेर काममा निस्कन्छु, साझँ ७ बजे डेरामा पुग्छु ।’–उनी भन्छीन् । 

‘अशोज महिनाको १८ गते  श्रीमान्को दुर्घटनामा परी मृत्यु भयो, तर म काम रोकेको छैन ।’–उनी भन्छीन् । मिहिनेत गरी सानो कामलाई  हेलचेक्राई नगरि काम गरेमा  यहि देशमा नै मनग्य आम्दानी गर्न सकिन्छ । उनी भन्छीन्–‘मानिस किन विदेश  जान्छ होला, मलाई अचम्म लाग्छ, थोरै मिहिनेत गर्ने हो भने नेपालमै राम्रो आम्दनी गर्न सकिन्छ होईन्  ?’ उनको नर्सीरीमा पढ्ने  ५ बर्षको छोरा  मनिष र कक्षा ९ मा पढ्ने १४ बर्षकी छोरी बविता पाटा मगरलाई विद्यालय पढाउनको लागि कुनै कठिनाई छैन् । उनी बुटवलको एक नीजि विद्यालयमा अध्यायन गरिरहेका छन् । ६ बर्ष पहिला  बुटवलको एक मेडिकलमा २ हजार रुपैयामा सरसफाईको काम सुरु गरेकी उनी भन्छीन्–‘कति ठाँउमा त जान पनि भ्याउदिन, बोलाउनु हुन्छ तर काम नै भ्याईन कसरी जाने ।’ उनको भनाईबाट के प्रष्ट हुन्छ भने उनलाई काम गर्नको लागि कुनै अपुग सथान छैन, अर्थात, बैंक, वित्तिय संस्था, अस्पताल, मेडिकल ल्याब र विभिन्न संघ संस्थाहरुले बोलाउने गर्दछन् । एउटा स्थानमा सरसफाई काम गरेकी पाटामगरले न्युनतम ३ हजार रुपैया मासिक लिने गरेकी छिन् । कुनै मा समय अनुसार aअलि बढि पनि पैसा दिने गरेको उनी बताउछिन् । उनी एक प्रतिनिधी पात्र हुन । बुटवल र यस आसपासमा यसरी सरसफाईको काम गर्ने महिलाहरु थोरै छन् । तर  मिहिनेतका साथ काम गरेको कारण मनग्य आम्दानी समेत गर्ने  गर्दछन् ।

मानिस ज्यानको जोखिम राखेर विदेशका विभिन्न भुमि चहारिरहेको हुन्छ । तर स्वदेशमा पनि केही फरक प्रकृतीको लाज नमानिकन काम गरियो भने पक्कै पनि मनग्य आम्दानी गर्न सकिन्छ । यस तर्फ पनि तपाई हाम्रो ध्यान जाने की । तस्वीरः मीना पाटा मगर 






Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै