छोरा छोरीले पकाउने अभिभावकले खाने

कृष्ण खनाल
बुटवल, ९ माघ । 


जो कोहि अभिभावकहरुलाई पनि विहान उठ्दा एक प्रकारको हतार नै हुन्छ । विद्यालय जाने  छोराछोरीको लागि समयमै खाना तयारगरी खुवाएर समयमै विद्यालय पठाउनु अझ दिउँसको खाजा समेत तयार गरेर पठाउनु ।
 अझ निजी विद्यालयहरुमा त विहान १० बजेको विद्यालयमा ९ वा साढे ९ बजे तिर नै विद्यालयमा पु¥याउनु पर्ने बाध्यता रहेको छ । तर शुक्रवार एक विद्यालयमा फरक दृश्य देखियो । जहा विद्यार्थी छोराछोरीहरुले पकाएर आफ्नै अभिभावकहरु, आफ्नै सार्थीहरुलाई र शिक्षक शिक्षिकाहरुलाई समेत खुवाउदै थिए र आफ्नो परिकारको बारेमा प्रतिक्रिया समेत लिदै थिए । 
उक्त दृश्य बुटवल–१०  सुख्खानगरमा रहेको दीप बोर्डिङ्ग उच्च माविका  विद्यार्थीहरुले आयोजना गरेको फुड फेष्टीभल अर्थात खाना महोत्सवको दृश्य थियो । कुनै  विद्यार्थीहरु सेलरोटी पकाउदै थिए भने कुनै विद्यार्थीले मःमको लागि पिठो बेल्दै थिए, कुनै विद्यार्थीहरुले नेवारी खानको परिकार तयार गर्दै थिए ।  
भर्खरै मात्र किचनबाट नाङ्गलोभरी सेल रोटी ल्याएर स्टलमा खनाउदै गर्दै कक्षा ९ ‘डि’ सेक्सनी पुजा श्रेष्ठ भन्दै थिईन्–‘सेल रोटी बनाउन त ग्राह््रो हुदो रैच ।’उनले साथीहरुसंग समुहमा बसेर खना बनाउनुको मज्जा बेग्लै हुने भन्दै घरमा खाना पकाउन भन्दा पढाईलेखाईमा आमा बाबले लगाउने गरेको कारण   खाना पकाउन नपाएको बताईन् । १८ जना साथीहरु रहेको उनको स्टलमा अचार र  सेलरोटी विक्री गरिरहेका थिए । उता, कक्षा ९ डि सेक्सनकै धुब्र भण्डारी भन्दै थिए, घरमा पकाईएन्, यहा साथीहरुसंग मिलेर पकाउदा रमाईलो लाग्यो । 
कक्षा ९ ‘बि’ सेक्सनकी निकिता पौडेललाई मःम पकाउदा अनौठो लागेको बताईन् । विद्यालयका स्टाफको सहयोगमा मःम पकाउदै गर्दा उनी भन्दै थिईन्–‘अझै सम्म घरमा खाना पकाएकी थिईन्, यहा पकाउँदा रमलाईलो लागेको छ ।’ 
विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नभई व्यवहारिक ज्ञान समेत प्रदान गर्नको लागि यस्तो प्रकारको फुड फेस्टीभल अयोजना गरिएको दिप बोर्डिङ्ग उच्च माविका प्राचार्य टिकाराम न्यौपाने जानकारी दिए । उनले भने–‘खाली किताबी ज्ञान मात्र होईन, व्यवहारिक ज्ञान समेत प्रदान गरौ भनेर यस्तो खाले कार्यक्रम आयोजना गरिएको हो ।’ उनका अनुसार फेष्टीभल आयोजना गर्नको लागि टेन्ट र खाना पकाउने ग्यासको प्रबन्ध विद्यालयले गरिदिएको हो भने अन्य सबै व्यवस्था विद्यार्थीहरु आफैले गरेका हुन । फेष्टीभलबाट बचेको रकम विद्यार्थीहरुले विदाई कार्यक्रम लगायत विभिन्न सामाजिक काममा खर्च गर्ने गरेको विद्यालयले जनाएका छ । गत बर्ष पनि आयोजना गरिएको फुड फेष्टीभल यस बर्ष पनि आयोजना गरिएको विद्यालयका शिक्षक महेश खनाल ले  जानकारी दिए ।  
कक्षा ९ अध्यायन रत विद्यार्थीहरुलाई सेक्सन अनुसार विभाजन गरि फुड फेष्टीभलमा सहभागी गराईएको थियो । १२ वटा स्टलमा विद्यार्थीहरुले चिकेन मःमः, नेवारी परिकार, खिर, पुरी तरकारी, अचार, पानी पुरी, सेल रोटी, लगायतका विभिन्न  परिकारहरु बनाएका थिए । विद्यार्थीहरुले बनाएका विभिन्न परिकारहरु न्युनतम रुपैयामा विक्रि समेत गरिएको थियो  भने अभिभावहरुले चाख मान्दै खानाका परिकारहरुको स्वाद लिईरहेका थिए । 


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै