आठ बर्ष पछि पुर्नजन्मको आश

कृष्ण खनाल
बुटवल, ४अशोज ।
बुटवल–१३ बुद्वनगरमा बस्दै आएका खेम बहादुर फालमगरले सोचेका पनि थिएन्नकी उक्त घटना होला भनेर । आज भन्दा करिव ८ बर्ष पहिला बुटवलको एक निजी सप्लायर्सको गाडी हाक्दै पाल्पाको तानेसन जाँदै गर्दा बुटवल नजिक सिद्धबाबा नजिकै माथि बाट ढुंगा खसेर गाडीमा बजारियो । गाडीमा मात्र क्षति पुगेन उनको दुबै खुट्टा समेत भाँचीयो । 

गरिबीको कारणले उनले उपचारको लागि खर्च जुटाउन सक्ने अवस्था थिएन । आफु काम गर्ने  सप्लार्य उनको काठमाण्डौमा रहेको बि एण्ड बि अस्पतालमा केही महिना उपचार ग¥यो । दुबै खुट्टा भाँचीएको कारण दुबै खुट्टामा अहिले रड हालिएको छ । उनको खुट्टामा रड हालेको पनि अहिले करिव ८ बर्ष पुरा भएको छ । उक्त रडलाई निकाल्नको लागि पुनः अपरेसन गर्नु  पर्ने हुन्छ । तर अपरेसनको लागि आर्थिक अभाव झेल्दै आएका मगरलाई पछिल्लो समयमा नेपाल मगर महिला संघ बुटवल नगरकमिटिले घरदै
लो अभियानबाट केही आर्थिक सहयोग गरेको छ । जसको कारण उनको उपचारको लागि केही संभावनाहरु जुट्दै गएको छन् ।  घर परिबारमा श्रीमती, २ वटा छोरा छोरी समेत रहेका पिडीत थापाको घरमा कमाउने व्याक्ति नै थला परेपछि चुल्हो समेत बल्न अफ्ठारो थियो । 

यस्तो अवस्थमा उपचारको लागि खर्च जुटाउने कुरा असंभव जस्तै रहेको र रड राखेको स्थानबाट दैनिक १ लिटर भन्दा बढि पिप बग्ने गरेको देखेपछि नेपाल मगर महिला संघ नगर कमिटि बुटवलकी अध्यक्ष ओमी पुन मगरको सक्रियातमा राहात रकम संकलनको लागि विरामी थापालाई लिएर रकम संकलनको लागि हिडाइएको थियो । 

पेन्सन क्याम्प चलेको समयमा बुटवल–४ फुलबारीको गेट अगाडी बसेर हुन्छ या बुटवलको बजारमा विरामी सहित यात्रा गराएर घरदैलोबाट संकलन गरेको २ लाख २३ हजार ४ सय ४५ रुपैयाँ संघले शुक्रवार बुटवलमा स्थापना दिवसको अवसरमा प्रदान गरेको छ । पिडीत थापाले रकम जुट्दै जाँदा  उपचार पश्चात साना छोरा छोरीहरुको लागि केही जिविको पार्जनको लागि काम गर्ने आँट आएको बताए । उनले भने–‘म एक  पटक मरेर बाँचेको थिए, मगर महिला संघले पुनः पुर्नजन्म दिने काम गरेको छ  । ’

यस्तै मगर महिला संघकी केन्द्रीय सदस्य तथा लुम्बिनी अञ्चल ईन्चार्ज मिना थापाले मगर महिला संघले जातिय कुरा भन्दा माथि उठेर सामाजिक क्षेत्रमा पिडीतहरुलाई पनि  सेवा भावले काम गर्दै आएको बताईन् । उनले आफ्नै समुदायको एक जना व्याक्ति आर्थिक अभावमा उपचार  गर्न नापाईरहेको अवस्थामा आफ्नो सानो अभियानबाट ठुलो रहयोग जुटेको पनि बताईन् । 

त्यस्तै पिडीत थापालाई उपचार गराउने अभियान सुरु गरेकी अभियान्ता नेपाल मगर संघ नगर कमिटि  बुटवलकी अध्यक्ष ओमी पुन मगरले ११ जनाको परिवारबाट स्थापना भएको मगर महिला संघ अहिले आफ्नो समुदायका व्याक्तिहरुलाई गारोसारो पर्दा एकजुट भई सेवा गर्न पाएकोमा खुसी लागेको बताईन् । उनले भनिन्–‘राज्यले समेत देशको नागरिक विरामी पर्दा नहेरेको अवस्थामा आफुहरुले सानो अभियानबाट विरामीलाई सहयोग  गरेका हौं ।’ 

शुक्रवार बुटवलमा एक कार्यक्रमको आयोजना गरी ७० हजार २ सय ८० रुपैया प्रदान गरिएको हो भने यस अघि १ लाख ५३ हजार १ सय ५७ रुपैया गरी कुल २ लाख २३ हजार ४ सय ५५ रुपैया प्रदान गरेको हो । 
नेपाल मगर महिला संघ नगर कमिटिकी अधयक्ष ओमी पुन मगर, नेपाल मगर संघ केन्द्रिय कमिटि सदस्य मिना पुन मगरले संयुक्त रुपमा रकम हस्तानान्तरण गरेका हुन । 

ओमी पुनको अध्यक्षतामा भएको कार्यक्रममा कमिटिकी कोषाध्यक्ष  मायाँ गलामीले स्वागत मन्तव्य राखेकी थिईन । नगर सचिव कुमारी थापाको सञ्चालनमा भएको कार्यक्रममा पाल मगर संघ जिल्ला कमिटि सदस्य जनक थापामगर, नेपाल मगर संघ नगर कमिटि अध्यक्ष किसन बहादुर थापा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर बहादुर केसी,  आदिवासी जनजाती पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष मिलन गाहा, ने लगायतले मन्तव्य राखेका थिए । 

तस्वीरः चेक बुझ्दै पिडीत विरामी फालमगरकी श्रीमती कान्छी फालमगर । तस्वीरःकृष्ण खनाल÷बुटवल 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै