दशैलाई बसको टिकट बुकिङ्ग खुला पश्चिम नेपाल भन्छः ‘आवश्यक बस थप्छौ’

कृष्ण खनाल

बुटवल, २५ भदौ ।
 राष्ट्रिय यातायात महासंघले बुधवारबाट यस बर्षको दशैका लागि देशभरबाट टिकट बुकिङ्ग खुला गरेको छ । बुधवार पहिलो दिन यस क्षेत्रका टिकट बुकिङ्ग गर्नेहरुको खासै भिडवाड नदेखिए पनि राजधानी काठमाण्डौमा भने टिक बुकिङ्ग गर्ने सर्वसाधारणहरुको भिड लागेको थियो ।
 देशको सबैभन्दा बढि जनसंख्या चाँप भएको काठमाण्डौबाट बहिरिने यात्रुहरुले दशैको मुखैमा टिकट नपाईएला  भन्ने चिन्ताले अग्रीम बुकिङ्ग गर्ने गरेका छन् । यसको अलवा बुधवारबाट सुरु भएको अग्रीम टिकट बुकिङ्गमा यस क्षेत्रमा पनि विस्तारै भिड बाक्लीदै जाँने यातायात व्यसाय संग सम्बन्धीत व्याक्तिहरुको भनाई रहेको छ ।  
यस बर्षको  दशैको लागि पश्चिम नेपाल बस व्यसायी संघले आवश्यक पर्ने स्थानहरुमा अहिले चलिरहेको बसहरुको आवश्यक स्थानमा बसहरु थप्ने योजना बनाएको छ ।‘जुन स्थानमा आवश्यक पर्छ हामी त्यो स्थानमा थप्न हाम्रो गाडीहरु तयार अवस्थामा रहनेछन् । ’–पश्चिम  नेपाल बस व्यवसायी संघ रुपन्देहीका अध्यक्ष दधिराम खरेलले भने । उनले  अघिल्लो बर्ष अहिले चलिरहेको अनुपातमा ५० प्रतिशत सम्म बसहरु थप्नको लागि आफुहरु तयारी अवस्थामा रहेको भन्दै यस बर्ष पनि सोही अनुपातमा बसहरु थप्नको लागि आफुहरु तयारी अवस्थामा रहेको बताए ।
विगतका बर्षहरुमा खासगरी यस क्षेत्रबाट  लुम्बिनी अञ्चलका ग्रामिण क्षेत्रहरुमा छुट्ने बसहरुको अभाव भएको र यात्रा गर्दा सास्ती खेप्नुपरेको गुनसो सर्वसाधारणहरुको आउने गरेको थियो । उक्त कुरालाई मध्यनजगर गर्दै यस पटकको दैशको लागि आवश्यक सम्पूर्ण बसहरु आफुहरु पश्चिम नेपाल बस व्यसायी संघ उपलब्ध रहेकोले आवश्यक स्थानहरुमा थपिने पश्चिम नेपाल बस व्यसायी संघले जनाएको हो ।

पश्चिम नेपालमा सबैभन्दा बढि बसहरु सञ्चालमा ल्याएको पश्चिम नेपाल बस व्यसायी संघ  प्रधान कार्यालय बुटवलले खासगरी काठमाण्डौबाट यस क्षेत्रमा आउने  बसहरुले एक तर्फिरुपमा मात्र यात्रुहरु ओर्सानुपर्ने बाध्यता रहेको भन्दै यसको लागि निश्चित व्यवस्था समेत गर्न लागिएको अध्यक्ष खरेलको भनाई रहेको छ ।
उनले जिल्ला प्रशासन कार्याल, पश्चिम नेपाल बस व्यसायी संघ, जिल्ला ट्राफिक कार्यालय, पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय लगायत सम्पूर्ण सरोकारवाला निकायहरुको बैठक बसी कसरी यात्रा सुरक्षित र सहज बनाउने बारेमा छलफल गरी यस बर्ष पनि यात्रुहरुको लागि  ठाँउ–ठाउँमा ‘यात्रु सहयोग कक्ष’ हेल्प डेक्स सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।

 अघिल्लो बर्षहरुमा जस्तौ  यात्रुहरुले छतमा बसेर यात्रा गर्नुपर्ने र बसमा कोचोकोच  भएर यात्रा गर्नुपर्ने बाध्याता र एउटै सिटमा २÷२ वटा टिकट काटिएको कारण समस्यामा पर्नुपर्ने अवस्था यस पटको दशैमा अनाउने समेत पश्चिम नेपाल बस व्यसायी संघले विश्वस्त पारेको छ ।

उता, यस क्षेत्रका ग्रामिण क्षेत्रमा जाने बाटोको अवस्था राम्रो नभएको कारण समस्या आउने सक्ने यातायात सम्बध व्याक्तिहरुको  भनाई रहेको छ । अहिले बुटवल देखि अर्घाखाँची, पाल्पा र गुल्मीको तम्घास क्षेत्रकाट पाल्पाको रामपुर, रिडी हुदै स्याङ्ग्जा जाने बाटोको अवस्था नाजुक रहेको छ । नेपाली सेनाले निर्माण कार्य गरिहेको गुल्मीको रिडी रुद्रवेणी हुदै स्याङ्गको गल्यांङ्ग जाने बाटो अहिले बन्द अवस्थामा रहेको छ ।
जुन सडक अवको एक हप्ता भित्र मर्मत संहार गरी सञ्चालानमा ल्याउनु पर्ने माग यातायात व्यवसायीहरुले गरेको छन् । त्यस्तै पाल्पाको रामपुर लगायतका विभिन्न ग्रामिण ईलाकाहरु, गुल्मीको विभिन्न ग्रामिण ईलाकाहरु र अर्घाखाँचीको सन्धीखर्क बहेकका विभिन्न ग्रामिण ईलाकाहरुमा जाने  सडको अवस्था ठुला गाडीहरु चल्न सक्ने अवस्था रहेको छैन ।
त्यसको लागि आफुहरु संग समेत आर्थिक सहयोगको माग भएको र  संघले विभिन्न जिल्लाका जिल्ला विकास समिति संग अवको एक हप्तामा  सडकहरु मर्मत गर्नको लागि आफुहरुले मााग गरेको पश्चिम  नेपाल बस व्यवसायी संघका अध्यक्ष खरेलको भनाई रहेको छ ।

अहिले दैनिक करिव १ हजार १ सय वटा वसहरु पश्चिम नेपाल बस व्यसायी संघ मार्फत सञ्चालमा आएका छन । संघ मार्फत दैनिक रुपमा बुटवल बसपार्कबाट अर्घाखाचीको, गुल्मी, पाल्पा, स्याङ्ग्जा, नारायगढ, पोखरा लगायतका स्थानहरुमा बसहरु सञ्चालन हुदै आएका छन् भने काठमाण्डौको लागि  दैनिक १०÷१० मिनेटमा एउटा बस बस सञ्चालन भैरहेको छ ।

दशैको समयमा गुल्मीको लागि अहिले सञ्चालनमा आईरहेको बसहरुको तुलनमा करिव १० प्रतिशत सम्म बसहरु थपीने छ भने काठमण्डौको लागि ५० पतिशत, स्याङ्जाको लागि ५० प्रतिशत र अर्घाखाचिको लागि पनि दोब्बर बस सञ्चालन गरिने योजना पश्चिम नेपालले बनाएको छ । यसको अलवा स्तरिय डिलक्स बस सञ्चालन गरेको छ । 
त्यस्तै रुपन्देहीको भैरहवमा प्रधान कार्यालय रहेको सिद्धार्थ यातायात व्यसायी  समितिले पनि दशैको समयमा  यात्रुहरुले कुनैपनि सास्ती ब्होर्नु पर्ने गरी गाडीहरु  थपिने जनाएको छन । भैरहवा देखि बुटवल, नारायघाट, तौलिहवा, परासिको लागिको रुटमा गाडीहरु सञ्चालन गर्दै आएको उक्त व्यवसायी समितिले दशैको बेला आवश्यक पर्दा आफुहरु संग प्रायाप्त गाडीहरु रहेकोले थप्ने सकिने जनाएको छ ।  
अहिले सिद्धार्थ यातायात व्यवसायी समितिबाट बुटवल देखि भैरहवा १० ÷१० मिनेटमा गाडीहरु छुट्ने गर्दछन भने पाल्पाको  लागि ३ वटा, तौलिहवाको लागि २०÷२० मिनेटमा गाडीहरु छुट्नगर्दछन ।
 उक्त व्यवसायी समितिले स्तरिय डिलक्स बस, टाटा सुमो लगायतका गाडीहरु सञ्चालन गर्दै आएको छ । काठमाण्डौको लागि सानो र ठुलो गरेर दैनिक ३० वटा गाडीहरु छुटेनेगर्दछन ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै