छाडा चौपायालाई उपचार !

कृष्ण खनाल
बुटवल, २१ भदौ ।
तपाइको टोल वा गल्लीमा  चोटपटक लागेर रताम्मे भएका आएका छाडा चौपायहरु देख्नुभएको छ होला । कतिपयले त नजिकै आउछ कि भनेर लाठीले हिर्काउने र भागाउने समेत गनु भएको पनि छ होला ।
 विभिन्न कारणले चोट पटक लागि घाउ ईन्फेक्सन भएका छाडा चौपायाहरुको अव उपचार हुने भएको छ । ईन्फेक्सन भएको घाउ लिएर टोल, गल्ली गल्लीमा चौपायाहरु डुल्दा अन्य मानिसहरुमा समेत रोग सर्न सक्ने भएको कारण बुटवलको एउटा क्लवले छाडा चौपायाको उपचारको लागि पहल सुरु गरेको छ ।
रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीको पहलमा छिटै नै उक्त कार्यको सुरुवात हुने क्लवका अध्यक्ष मनोज मित्तलले जानकारी दिए ।

उनका अनुसार अहिले पनि बुटवल र यस आसपासमा कारिव ५० वटा जति छाडा चौपायाहरु विरामी अवस्थामा हिडडुल गर्ने गरेका छन् । क्लवका पुर्व अध्यक्ष बालकृष्ण अर्यालले यस क्षेत्रमा अन्य क्लवहरुले विभिन्न कार्य गर्दै आएकोमा आफुहरुले थप केही नयाँ कार्य गर्न लागेको बताए ।
 यस क्षेत्रमा क्रियाशिल विभिन्न उद्योगी, व्यापारी संघ संस्थाहरुको संमन्वयमा अगाडी बढ्ने भन्दै यसको लागि सबैको सहकार्य  जरुरी रहेको जानकारी गराए ।
वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी सहायक निरिक्षक केशव रेग्मीले छाडा चौपायको कारण पटक पटक दुर्घटना हुने गरेको भन्दै छाडा चौपाया नियन्त्रणको लागि दिर्घकालिन अवधारणा आवश्यक रहेको बताए । उनले भने–‘एक पटक धपाएर हुँदैन, पटक पटक फेरी आईहाल्छन्, यसको लागि एउटा निश्चित मापदण्ड बनाएर अगाडी बढ्न पर्दछ ।

ईलाका प्रशासान कार्यालय बुटवलका प्रमुख  विष्णु प्रसाद ज्ञवालीले नेपाली राष्ट्रिय जनावारको रुपमा रहेको गाईलाई स्थानियले दुध दिनसम्म उपयोग गर्ने अनि थाकेपछि  छाडा छोड्ने गरेको कारण समस्या परेको बताए । उनले राष्ट्रिय नीति स्पष्ट नभएको कारणले गर्दा पनि समस्या भएको बताए । उनले पछिल्लो समयमा चरनक्षेत्रको अभाव र खोला किनाराहरु सुकुम्बासीको कब्जामा पर्दैै  गएको कारणले गर्दा समेत चौपायाहरु सडमा आउने गरेको बताए । उनले भने–‘स्थानिय स्वक्त शासन ऐन अनुसार छाडा चौपाया नियन्त्रणको लागि स्थानिय निकाय, नगरपालिका  र गाविसलाई नै दिएको छ तर कत्तिको गाविस र नगरपालिका सक्षम छन् भन्ने कुरा  बुझ्न जरुरी छ ।’

उनले छाडा चौपाया नियन्त्रणको लागि सबै स्थानिय  जनताहरुमा जनचेतना आवश्यक रहेको बताए । आफुले पालेको चौपायालाई  छाडा छोड्नु हुन्न भन्ने चेतनाको विकास नभए सम्म चौपाया नियन्त्रणको कुरा संभव छैन । उनले छाडा चौपाया नियन्त्रण वा उपचारको लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताए ।
स्थानिय निकाय बुटवल नगरपालिका को सामाजिक कल्याड महासाखाका  अधिकृत भरत काउचाले बुटवल क्षेत्र भित्र करिव ३ सय भन्दा बढि छाडा चौपाया भएको जानकारी दिदै आज भन्दा करिव ५÷६ बर्ष पहिला देखि नै  छाडा चौपाया नियन्त्रणको लागि पहल भएको भएपनि अहिले सम्म पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको स्वीकार गरे ।


 उनले केही बर्ष पहिला सिद्धार्र्थ क्याम्पस नजिक बुटवल–६ हाटबजार नजिक कान्जी हाउस निर्माण गरिएको भएपनि त्यो दिगो नभएको बताए । उनले बुटवल बाट चौपायाहरु नियन्त्रणमा लिएर कपिलवस्तु ३०÷४० वटा चौपाया र मकवानपुरमा १ सय भन्दा बढि गरी अहिले सम्म नगरपालिकाको तथ्यांकमा १  सय ७६ वटा चौपायाहरु अन्यत्र पठाइएको जानकारी गराए ।

उनले भने–‘अहिले पनि विभिन्न स्थानबाट चौपायाहरु लैजानको लागि माग आईरहेको छ, हामी निश्चित प्रक्रिया पुरा गरेर पठाउने गरेका छौ । ’उनले छााडा चौपाया नियन्त्रणको लागि केही समय पहिला जीतगढीमा रहेको कान्जी हाउस निर्माणाधिन अवस्थामा रहेको भन्दै केही समय पछि सञ्चालनमा आउने जानकारी दिए । उनले उक्त क्षेत्रमा  छिटै कान्जी हाउस निर्माण गरी त्यहा नै छाडा चौपाया  उपचारको लागि उपचार केन्द्र स्थापना गर्न सकिने बताए ।  यसको लागि बुटवल नगरपालिकाले सक्दो सहयोग गर्ने उनको प्रतिवद्वता रहेको छ ।
उता, जिल्ला पशु सेवा कार्यालय रुपन्देहीका पशु चिकित्सक डा.प्रदिप शर्माले पशु चौपायाको उपचार गर्ने कुरा अत्यान्त सार्दभिक भएको भन्दै जसको कारण समाजमा रोग फैलन नपाउने बताए । उनले पशुहरुमा खोरेत, भ्यागुते र चर्चरे जस्ता रोगहरु लाग्ने गरेको कारण उक्त रोग अन्य घरपालुवा पशुहरुमा पनि नलागोस भन्नको  लागि छाडा चौपायको उपचार जरुरी रहेको बताए ।
उनले अहिले बुटवल र यस आसपासमा भएका छाडा चौपायाहरुकोलाई   कान्जी हाउस निर्माण गरि राख्नुको विकल्प नभएको भन्दै यसको लागि सम्बधीत निकाय, तथा विभिन्न सरोकारवालाहरुको विचमा संमन्वयकारी भुमिका जरुरी रहेको बताए ।

उनले कान्जी हाउस निर्माण गरी विशेष त्यसलाई पशु अध्ययन केन्द्र तथा  प्रारङ्गीक मल  उत्पादन गर्न सकिने बताए । उनले भने–‘आवास क्षेत्र भन्दा  केही टाढा कान्जी हाउस निर्माण गरी त्यहा नै  उपचार केन्द्र निर्माण गर्न सकिन्छ , अनि त्यहा व्यवसायीक रुपमा प्राङगारिक मल  उत्पादन समेत गर्न सकिन्छ । ’

उनले छाडा चौपायाहरुको  दिर्घकालिन व्यवस्थापनको लागि विशेष निती बनाएर अगाडी बढेमा सबैलाई फाईदा हुन्छ । उनले अहिले पशु सेवा कार्यालयमा बजेटको व्यवस्था नभएको भन्दै छाडा चौपायाको उपचारको लागि औषधी तथा प्रविधिक सहयोग गर्न  सक्छौ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै