नेताकै घरको शौचालय ‘शिलबन्दी’
कृष्ण खनाल
बुटवल, १७ भदौ ।
नेता भनेपछि समाजको अग्रणी स्थानमा आउने व्याक्ति, समुदायका अन्य व्याक्तिलाई समेत सम्झाई बुझाई सौचालय निर्माण गर्नको लागि लागाउने व्याक्ति हुन् । तर तिनै नेताले अहिले घरमा शौचालय प्रयोग गर्दैन्न भन्दा तपाईलाई अचम्म लाग्न सक्छ ।
पार्टीको गाविस स्तरिय कमिटिका अध्यक्ष समेत रहेका ति नेताले शौचालय त निर्माण गरेका छन् तर त्यसलाई ‘शिलबन्दी गरी’ कोही पनि व्याक्ति भित्र छिर्ने नसक्ने बनाएका छन् भने सौचालयमा प्रयोग भएको ट्वाईलेट सिट(प्यान) समेत टिन र ईटाले ढाकेर राखेका छन् ।
ति नेता हुन मधेसी जनाधिकार फोरम नेपाल रुपन्देहीको गजेडी गाउँ विकास समितिको गाउँ कमिटि अध्यक्ष गौरी शंकर सुनार ।
उनले अहिले चर्पी निर्माण कार्य सम्पन्न गरेका छन् । तर सौचालय प्रयोग गर्नुको साटो उनले सौचालयलाई बोराले बारेर भित्री छिर्ने ठाउमा समेत बोरा सिलाएर सिलबन्दी गरेका छन् । सोमबार जिल्ला स्तरिय खानेपानी तथा सरसफाई स्वाच्छता संमन्य समिति(डिवासीसी)को अनुगमनमा शौचालय निर्माण गरेपछि प्रयोग नै नगरेको भेटाएको हो ।
उता, गाउ स्तरिय सरसफाई स्वच्छता संमन्य समितिका संयोजक तथा गाविस सचिव राजकुमार श्रेष्ठले स्थानि केही राजनीतिक दलका नेताहरुले सहयोग नर्गदा खुला दिशा मुक्त क्षेत्र घोषणा गर्नको लागि समस्या भएको बताए । उनले अहिले सम्म गाविसका ३ वटा वडाहरु, वाडा नम्बर १, २ र ३ खुला दिशा मुक्त भएको बताउदै अझै केही वाडहरुमा समस्या रहेको बताए । उनले भने–‘केही नेताहरुको कारणले पनि समस्या भएको छ, हामी प्रयासरत छौ छिट्टै नै खुला दिशा मुक्त घोषणा हुन्छ ।’
उक्त गाविसका वडा नम्बर १ का ४ सय ५० घरधुरी रहेकोमा ४ सय ५० वटै घरमा शौचालय निर्माण भएको छ । उक्त वडा मा सुआहारा परियोजना लागु भन्दा पहिला २ सय १३ वटा घरमा शौचालय थिए भने पछि २ सय ३६ वटा घरमा शौचालय निर्माण भएका छन् । त्यस्तै वडा नम्बर २ मा ५ सय ६२ वटा घरधुरी रहेकोमा ५ सय ६२ वटा घरमा नै शौचालय निर्माण भएका छन् । उक्त वडा मा परियोजना पहिला २ सय ९ वटा र परियोजना लागू भएपछि ३ सय ५३ वटा घरमा शौचालय निर्माण भएका छन् । त्यस्तै उक्त गाविसको वडा नम्बर ३ मा ४ सय ७ घरधुरी रहेकोमा सबै घरमा शौचालय निर्माण भएका छन् । परियोजना पहिला १ सय २४ र परियोजना पछि २ सय ८३ वटा शौचालय निर्माण भएका छन् ।
वडा नम्बर ४ मा ३ सय ५६ वटा घरधुरी रहेकोमा अहिले सम्म ३ सय ८ वटा घरमा शौचालय निर्माण भएका छन् । जसमा १८ वटा शौचालय निर्माण गर्न बाँकी रहेको छ । वडा नम्बर ५ मा १ सय ११ घर धुरी रहेकोमा ५६ वटा घरमा मात्र घरमा मात्र सौचालय निर्माण भएका छन् । जसमा अहिले ४२ वटा घरमा सौचालय निर्माण गर्न बाँकी रहेको छ । त्यस्तै वडा नम्बर ६ मा १ सय ७० वटा घरधुरी रहेकोमा १ सय ३० वटा घरले शौचालय निर्माण गरेका छन् भने अझै १८ वटा घरमा शौचालय निर्माण गर्न बाँकी रहेको छ । वडा नम्बर ७ मा ४ सय ४० वटा घरधुरी रहेकोमा ३ सय ६९ वटा घरमा शौचालय निर्माण भएको छ भने अझै ५०वटा घरमा शौचालय निर्माण हुन बाँकी रहेको छ । वडा नम्बर ८ मा १ सय २८ घरधुरी रहेकोमा १ सय २६ घरमा शौचालय निर्माण भएको छ, भने अझै १ वटा घर मा शौचालय छैन् । वडा नम्बर ९ मा ८७ वटा घरधुरी रहेकोमा ४० वटा घरमा शौचालय निर्माण भएको छैन ।
पुरा गजेडी गाविसमा कुल घरधुरी संख्या २७ सय १० रहेकोमा चर्पी प्रयोग गर्नेघरधुरी २ हजार ४ सय ३५ रहेका छन् भने चर्पी प्रयो गर्नेको संख्या १ सय ३५ रहेको छ । परियोजना पहिला ८ सय १३ घरमा शौचालय थियो भने परियोजना पछि १६ सय ३७ घरमा शौचालय निर्माण भएको छ भने अझै १ सय २५ घरमा शौचालय निर्माण सुरु भएको छ ।
तस्वीरः शौचालय निर्मापछि शिलबन्दी गरेर राखेको रुपन्देहीको गजेडी गाविसको नेता गौरीशंकर सुनारको सौचालय । तस्वीरःकृष्ण खनाल÷बुटवल टुडे ।