के के गरे एसपी थापाले रुपन्देहीमा ?

कृष्ण खनाल 
बुटवल, १९ भदौ ।
प्रहरी संगठन मै चर्चामा रहेका एसपी विक्रम सिंह थापा आफु जहा जान्छन् त्यहा उच्च मनोवलको साथ काम गर्न उत्साह  जगाउने गर्दछन् ।  राजनीतिक दवाब, आर्थिक प्रभावको कुनै प्रवाह नै नगरी जनताको शान्ती सुरक्षा र अमनचयन  मुख्य पाटो सम्झीने थापा रुपन्देही बस्दा पनि देशकै चर्चाको विषय बनेको काम गर्न सफल भए ।  
 दंगा प्रहरी गण बुटवलबाट रुपन्देही प्रहरी प्रमुख सरुवा  भएका प्रहरी उपरिÔक (एसपी) विक्रम सिंह थापाको भदौ १२ गते सरुवा भएको छ । 
रुपन्देही प्रहरी प्रमुखको रुपमा रहेका एसपी थापा हालै सरुवा भएर आतंकवाद नियन्त्रण दस्ता काठमाण्डौमा सरुवा भएर गएका छन । 
एक बर्ष जती रुपन्देही प्रहरी प्रमुखको रुपमा रहेका एसपी थापाले राष्ट्रकै सर्वाधिक चर्चाको विषय बनेको ‘डिजेल चोरी काण्ड’को प्रदाफास गरेका थिए । 
sp bikramsaing thapa 
यसको अलवा अवैध रुपमा रहेको नदिजन्य पदार्थको पुर्न मुल्यांकन हुुनुपर्ने र अवैध उत्खनन् बन्द गर्नु पर्ने आवाज उठाएका  थापाले अन्नतः अख्तियारबाट नै  अवैध उत्खनन् रोक्ने आदेश समेत गरेको थियो । 
रुपन्देहीमा आउनसाथ पत्रकार सम्मेलनको आयोजना गरी एसपी थापाले रुपन्देही बासीलाई  शान्ति सुरÔाको अनुभुति दिलाउन  कुनै कसुर बाँकी नराख्ने बाचा गरेका थिए ।  
उनले आफुले गरेका बाचा अनुसार नै ‘नेपाल प्रहरीको चाहना शान्ति र सुरÔाको कामना’ भन्ने नारा लिएर  सक्रिय रुपमा लागेका थिए । 
 एसपी थापाले यसअघि सम्हालेका नेपालगंज, कपिलवस्तु, बा“के, ललितपुर ,सप्तरी लगायतका जिल्लामा पनि प्रहरी सर्तकता बढि र जनातको शान्ती सुरक्षा दिनमा अब्बल मनिएका थिए । 
जहा“ रह“दा पनि ‘म बाघको डमरु हु“ मलाई सिनो खाने कुकुर नसम्झ’  भन्ने बडाकाजी अमरसिहं थापाको वाणि राख्ने गरेका थापाले कामलाई  बढि प्रथमिकता राख्ने  गरेका थिए । 
कार्यभार सम्हालेकै दिन देखि थापाले जिल्लाको अस्थायी चौकी देखि लिएर ईलाका प्रहरी कार्यालय सम्म पुगी कडा निर्देशन दिई तस्करी, गुण्डागर्दी निर्मूल पार्ने आफुमातहतका कर्मचारीलाई कसम खुवाएका थिए । 
रुपन्देही प्रहरी प्रमुख रहदा तस्करी निण्न्त्रण हुनुको साथै राजश्व संकलनमा समेत वृद्धि भएको थियो । उनको नेतृत्वमा खटिएको प्रहरी टोलीले विभन्न नाकाबाट तस्करी गरी ल्याउदै गरेको कपडा, खाध मल, चिनी, मोटर पार्टस, ईलोक्ट्रोनिक्स, सुपारी, अवैध गिट्टी बालुवा, कुखुरा लगायत नेपालबाट भारत तर्फ जाने चाईनीज स्याउ समेत पक्रेर थप चर्चामा आएका थिए । 

त्यसैगरी लागुऔÈधको मुख्य नाका मनिने रुपन्देहीको सिमानाका बेलहियामा थप प्रहरी परिचालन गरेर  लागुऔषध नियन्त्रणको छुटै युनिट बनाएर  कारवाही सुरु गरेका उनले धुम्रपान र लागुऔषध प्रयोगकर्ता लाई नियन्त्रणमा लिने र आवश्यक कारवाही समेत गरेका थिए । 

अघिल्लो आर्थिक बर्षमा ०६९÷०७० मा कुल ३ लाख ८० हजार ८ सय ६८ रुपैया“ राजस्व सकंलन भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले  भने आर्थिक बर्ष  ०७०÷०७१ पहिलो महिनामा  एसपी थापाको काार्यकालमा १७ लाख ८१ हजार ६ सय ५४ रुपैया“ राजस्व संकलन  भएको थियो । 
एसपी थापाले बुटवल टुडे संगको कुराकानीमा  सहयोग र साथको लागि रुपन्देही बासीलाई धन्यावाद दिएका छन् । अहिले काठमाण्डौमा रहेका थापाले बुधवार  बुटवल टुडे संगको टेलिफोन कुराकानीमा जनतालाई नै घात गर्ने डिजेल चोरहरुको कर्तुत बाहिर ल्याएको बताए ।

उनले भने–‘रुपन्देहीमा हुँदा कसैले दवंग भने कसैले राठोरको पनि उपनाम दिए, म जनताको सेवाको लागि केही कसर बाँकी राखेनन, जसले जनाताको मायाँ पाउन सफल भए ।’ 
उनले रुपन्देहीको सम्त्तीको रुपमा रहेको तिनाउ नदीको अवैध दोहनलाई रोक्नको लाागि आफुले लिएकोे आडानलाई पछि अखित्यारले अवैध कार्य रोक्नको लागि गरेको आदेशले आफुलाई खुसी तुल्याएको बताएका थिए । 
रुपन्देहीमा हुँदा चुल्ठे मुन्द्रे नियन्त्रणको लागि समेत अभियान उनले चलाएका थिए । थापाकै सक्रियतामा जमिनमुनि खाडल खनेर लुकाइएको अवस्थामा १९ वटा ट्यांकरलाई प्रहरीले रंगेहात समातेको थियो । पेट्रोल चोरीमा संलग्न २१ जनासमेत प्रहरीले पक्राउ गर्न थापा सफल भएका थिए । जुन विषय राष्ट्रिय चर्चाको विषय समेत बनेको थियो । 
 प्रहरीले नेपाल ट्यांकर व्यवसायी संघका पूर्वअध्यÔसमेत रहेका हरिबहादुर कुँवरसहित २८ अभियुक्त पक्राउ गरी ५७ जनाविरुद्व मुद्वा दायर गरेको थिए , थपाले तेल चोरीमा संलग्न व्यापारीहरुलाई ५ वटा मुद्वा लगाएर थप चर्चामा आएका थिए । 
थापाले नेपाल–भारत खुला सीमाना भएकाले भारतीय बजारमा खुले आम पाइने लागूऔÈधको ओसारपसार यहाँको प्रमुख समस्या भएको भन्दै लागूऔÈधले स्कुल÷कलेज पढ्ने किशोर युवाहरु विकृति विसंगतितिर लाग्ने गरेको तथ्य बुझेपछि उनले यसलाई मिसन नै बनाए । लागूऔÈध सेवन गर्न र ओसारपसारमा संलग्न १ हजारभन्दा बढी समातिएका थिए ।   
ओसारपसारमा संलग्न ३ सय भन्दा बढि अहिले पनि मुद्वा खेपिरहेका छन् भने बाँकी परामर्शपछि अभिभावक जिम्मामा लगाइएको थियो । 
थापाले करिब ४ करोड भन्दा बढि मुल्यका तस्करीका सामान बरामद गरी भन्सार बुझाएका थिए ।  उनले खास गरी सुपारी, कुखुराका चल्ला, फलफूल, लत्ताकप डा बरामद गरेका थिए । 
संविधान सभाको दोस्रो निर्वाचनको बेला उनले रुपन्देहीको शान्ती सुरक्षामा विशेष भुमिका खेलेका थापले संवेदशिल क्षेत्रको रुपमा रहेको रुपन्देहीमा सबैले केही घटना घट्छ की भन्ने आंशका भएको भएपनि शान्ती सुरक्षामा कडाई गरेको कारण केही पनि अपिृय घटना घट्न पाएन । 

बाँकेमा रहदा उनले बाँके बर्दिया  लगायतका पश्चिम क्षेत्रमा आंतकं मच्चाईरहेको सशस्त्र  भगतसिंह समूह नामक भूमिगत सङगठनलाई आत्मसर्मप्रण गराउनको लागि थापाले महत्पूर्ण भुमिका खेलेका थिए । ‘कि भगतसिंह छैन कि विक्रमसिंह छैन ’ भन्दै जिल्लाको कमाण्ड सम्हालेका एसपी थापाले  भगतसिंहलगायतका सशस्त्र समूहलाई आत्मसमर्पण गराउनको लागि महत्पूर्ण भुमिका खलेका थिए । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै