ट्रान्सर्फमर समयमै मर्मत नहुँदा रुपन्देहीमा थप लोडसेर्डिङ्ग

केन्द्रिय ठेकेदारी प्रथाले स्थानिय मर्कामा
कृष्ण खनाल
बुटवल, ५ असोज । 
नेपाल विद्युत प्रधिकारणको योगीकुटीमा रहेको ७ एम्.बि.ए. ट्रान्र्समिटर जलेको करिव  एक महिना भन्दा बढि भयो । जसको कारण रुपन्देहीका बासिन्दाहरुले अहिले नेपाल विद्युत प्राधिकारणले  तोकेको भन्दा २ घण्टा बढि लोड सेर्डिङ्गको मार खेपिरहेका छन् । 

प्राधिकरणले यहि भदौ २१ गते पछिल्लो लोडसेर्डिङ्ग तालिका सार्वजनिक गरी दैनिक ९ घण्टा मात्र लोडसेर्डिङ्ग गर्ने भनिएको थियो । तर रुपन्देहीमा भने अहिले १२ घण्टा भन्दा बढि लोडसेर्डिङ्गको भईरहेको छ ।  

योगीकुटीमा रहेको ७ एमबिएको टान्र्समिटर जलेर विग्रीएको कारण अहिले बुटवल–६ मा रहेको नेपाल हाईड्रो ईलेक्टीकल लिमिटेड (एन्.एच्.सि.एल्)मा राखिएको छ ।  समाचार स्रोतका अनुसार उक्त टान्र्समिटर बनाउनको लागि यहा सम्भव नभएको कारण भारतबाट साम्रगी र प्राविधिक मगाएर मात्र मर्मतको काम हुन सक्छ । जसको लागि धेरै खर्च र महिनौ लाग्न सक्छ । 

एकातर्फ पटक÷पटकको लोडसेर्डिङ्ग अर्कोतर्फ लाईन आएको समयमा पनि हुने पटक÷पटक ट्रिपिङ्गको समस्याको कारण अब उद्योग धन्दा बन्द गरेर आन्दोलन गर्नुको विकल्प नभएको रुपन्देही उद्योग संघका अध्यक्ष बोनिन पिया बताउछन् । 

नेपाल विद्युत प्राधिकारणसंग पटक÷ पटक पुरानो टान्सफमरहरुको समय मै मर्मत संहार गर्न र विकल्पको रुपमा  एउटा एक्ष्ट्रा टान्सफर्मर राख्नको लागि पटक÷पटक माग गरेपनि नेपाल विद्युत प्राधिकरणले केन्द्रलाई ताक्ने प्रवृत्तीको कारण समस्या भएको अध्यक्ष पियाको भनाई रहेको छ । 
उनले भने–‘हामी व्यवसायीहरु आफै टान्र्सफमर खरिद गर्न र पैसा जम्मा गर्न तयार छौ भन्दा पनि विद्युतका हाकीमले केन्द्रलाई कुरा ताकेर बस्छन्, उद्योगी व्यसायीको डेलिगेसनको बेला माग पुरा गर्ने आश्वास दिएपनि कार्यान्वयन नहुँदा उद्योग व्यसायी धरासायी हुँदै गएका छन् ।’

 टान्सर्फमर जल्ने समस्याको कारण लोडसेर्डिङ्गको अधिक भार खेप्नु परेको र उद्योग धन्दा सञ्चालन गर्न नसकिने अवस्था आएको भन्दै यस क्षेत्रका उद्योगी व्यसायीक संगठनहरु  रुपन्देही उद्योग संघ, बुटवल उद्योग बाणिज्य संघ र रुपन्देही व्यापार संघ लगायतको टोली नेपाल विद्युत प्राधिकारणको कार्यालयमा डेलिगेसन जाने गरेको छ । पटक÷पटक डेलिगेसन गएपनि व्यवसायीक संगठनका प्रतिनिधिहरुले माग पुरा हुने आश्वासन मात्र पाएर फकिर्ने गरेका छन् । 

घण्टौं हुने लोडसेर्डिङ्ग र विद्युत ट्रिपिङ्गको कारण बुटवल औद्योगीक क्षेत्रबाट पछिल्लो समयमा लाखौ रुपैयाँ बराबरको कच्च पदार्थ विना बस्तु उत्पादन त्यतिकै खेरा गईरहेको छ । 

रुपन्देही लोड सेर्डिङ्गको अन्त्यको माग उठाउदै रुपन्देही उद्योग संघले रुपन्देहीमा गृह जिल्ला समेत भएकी बर्तमान उर्जा मन्त्री राधा ज्ञवालीलाई भेटेर ज्ञापन पत्र समेत बुझाएको छ । तर उक्त मागको अहिले सम्म सुनवाई भएको छैन । 

अहिले बर्सातको समयमा १०÷१२ घण्टा लोडसेर्डिङ्ग हुँदा हिउँदको २०÷२२ समयमा अझ बढि बढ्न सक्ने  अनुमान सहजै लगाउन सकिन छ । यसमा अझ पुराना टान्र्समिटरको मर्मत संभार नभएमा अझ बढ्न सक्ने छ । 

केही दिन अगाडी देवदह नगरपालिका वडा नम्बर ८ मा रहेको विद्युत टान्सफर्मर जलेको कारण अध्यारोमा रात विताउन बाध्य भएको बताएका छन् ।  । 

अर्को दिन मात्र विद्युत कार्यालयका कर्मचारीहरु आएर  मर्मत संहार गरेर गएपनि करिब २÷२ दिनको फरकमा पुनः टान्सफर्मर जलेको कारण अहिले त्यो क्षेत्रका स्थानियहरु हैरानी परेका छन् । 

रुपन्देही उद्योग संघले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आन्दबन मणिग्राम देखि भारतको सुनौली सम्म ‘विद्युत टान्र्समिटर लाईन’ निर्माण गरी भारतबाट आवश्यक पर्दा १ देखि १५ केभि विद्युत ल्याउन सकिने भन्दै पहल सुरु गरेको छ । 

यदि भारतबाट उक्त विद्युत रुपन्देहीमा ल्याउन सकिएमा केहीमात्रामा भएपनि राहात मिल्न सक्ने अपेक्षा गरिएको  ।  जसको लागि वतर्मान उर्जा मन्त्री राधा ज्ञवालीबाट छिटै नै भारतसंग सम्झौता गरी उक्त प्रक्रिया अगाडी बढाउने आश्वास पाएको रुपन्देही उद्योग संघले जनाएको छ । 

उता, नेपाल विद्युत प्राधिकारण बुटवल शाखा प्रमुख मुनिन्द्र ठाकुरले रुपन्देही जिल्लाको अन्य स्थानमा कुनै पनि टान्सफर्ममर बिग्रीएको भन्ने खबर नआएको भन्दै अबको ७ दिनमा योगीकुटीको टान्र्सफर्मरको सट्टामा हेटौडाबाट टान्सफर्मर ल्याएर समस्या समाधान गर्ने गर्ने बताए । उनले भने–‘७ दिनमा बन्छ, हेटौडाबाट हामीले टान्र्समिटर ल्याएका छौ ।’ उनले लामो समय सम्म पनि मर्मत नहुनको कारण के हो त भन्ने प्रश्नमा भने– ‘टेक्नीकल प्रोबलम थियो ।’

विद्युत प्राधिकरणले टेक्निकल  समस्या भन्दै कुरा टारे पनि समाचार स्रोत का अनुसार विग्रीएका टान्र्सफर्मर र नयाँ टान्सर्फमर खदिका लागि केन्द्रबाट मात्र हुने टेण्डरको कारण स्थानियहरु मर्कामा पर्ने गरेका हुन । 
स्थानिय स्तरमा टान्र्सफमर विग्रीएको महिनौ वित्दा समेत केन्द्रबाट नयाँ खरिदको तथा मर्मतको लागि कुनै पनि प्रक्रिया थालनी नहुँदा लोडसेर्डिङ्गको मारमा परेका नेपालीहरु थप लोडसेर्डिङ्ग झेल्न बाध्य छन् । 
स्थानिय स्तरका विद्युत प्राधिकरण वा क्षेत्रीय विद्युत प्राधिकरणलाई टान्र्समिटर खरिद गर्ने अख्तियारी नभए सम्म यो समस्या बर्षौै सम्म जारी रहने उद्योगी व्यसायी बताउछन् । 




Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै