रुपन्देहीका माछामा स्वासप्रश्वासको समस्या

कृष्ण खनाल
बुटवल, ३१ भदौ । 
जिल्ला कृषी विकास कार्यालय रुपन्देहीले यहि भदौ २८ गते एक स्थानिय पत्रिकामा ‘मत्सयपालक कृषकहरुमा अनुरोध’ भन्दै सूचना प्रकाशन ग¥यो । सूचनामा पछिल्लो समयमा रुपन्देहीका माछपालक कृषकहरुले पालेको माछाहरुमा अक्सीजनको अभाव भएको कारण माछाहरु धमाधम मरेको भन्दै मर्न नदिनको लागि विभिन्न उपायहरु अपनाउन समेत उल्लेख गरिएको थियो । 
यस्तो समस्या देखिन थालेको करिव एक हप्ता भन्दा बढि भईरसकेको छ ।  कृÈकहरुले पालेको माछामा स्वास प्रस्वासको समस्या देखिन थालेको  जिल्ला कृषी विकास कार्यालय रुपन्देही पुष्टी गरेको हो । 
माछा पोखरीमा लामो समय सम्म पानी नपरेको कारण अक्सीज

नको कमी हुदा माछाहरुमा स्वासप्रस्वासको समस्या देखिने र यस्ले गर्दा माछाहरु मर्ने गरेको कृÈि बिकास कार्यालयका प्रमुख तथा बरीष्ठ कृÈि विकास अधिकृत कृष्णभद्र अधिकारीले जानकारी दिए ।

बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘करिव १०÷१२ दिन देखि  पानी प्रायाप्त मात्रमा नपरेको कारण पोखरीमा अक्सीजनको अभावको कारण केही किसानकाम माछाहरु मरेका हुन । ’ उनले यो कुनै रोग नभएर अक्सीजनको कमीको कारण भएको पुष्टी भएको समेत बताए । 
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार करिव ८ देखि १० टन सम्म माछाहरु मरेका थिए । 
 कार्यालयका अनुसार अहिले जिल्लाको सिद्धार्थनगर नगरपालिका (भैरहवा )Ôेत्र, दयानगर, बोधवार, बसन्तपुर, मर्चवार Ôेत्र टिकुलीगढ लगायतका Ôेत्रमा यो समस्या देखिएको थियो । तर अहिले पछिल्लो समयमा प्रायाप्त मात्रामा पानी परेको कारण समस्या टरेको उनको भनाई रहेको छ । ‘खडेरीको कारण मरेका थिए तर अहिले रातीको समयमा पनि प्राप्त मात्रामा अक्सिजन पुगेको छ पछिल्लो सयमा समस्या टर्दै गएको छ ।’–बरिष्ठ कृर्षी विकास अधिकृत अधिकारीले भने । 
माछामा स्वास प्रस्वासको समस्या बढदै जादा एकै सखापै हुन सक्ने गरी माछा मर्ने संभावना रहेकाले बेलैमा सचेत रहन कार्यालयले कृÈक संग कृर्षि विकास काार्यलयले आग्रह गरेको छ । 
जिल्ला कृÈि बिकाश कार्यालय रुपन्देहीका मत्स्य बिकाश का अनुसार एकै पटक मौसम परीवर्तन हुँदा, आकाशमा बढी बादल लाग्दा, गर्मि बडेको कारण, पोखरीको पानी बढी फोहर हुदा अक्सीजनको मात्रा कमी हुने गर्दछ । 
 पोखरीमा अक्सीजनको मात्रा बढाउन फोहोरा प्रबिधीबाट पानी थप्ने, एरिएटर मेशिन भए बिहान ४ बजे देखि ६ बजे सम्म चलाउने, तत्कालै ओटु म्याक्स नामक ट्याबलेट प्रति कट्ठा जलाशयमा ३५ ग्रामको दरले प्रयोग गर्ने,ठुला माछाहरु पोखरीबाट झिक्ने, मलखाद तथा माछाको दाना ७ दिन सम्म नदिने, पोखरीको पानीको रंग गाढा कालो वा धमिलो भएको खण्डमा प्रति कटठा ५ केजि घर पोत्ने चुना पानीमा घोलेर घाम लागेको बेलामा पोखरीको चारै तिर पर्ने गरी छर्ने , पोखरीको पानी निकास गर्ने प्रबिधी भए निकास गरी फोहराबाट नायाँ पानी हाल्ने जस्ता कार्य गरेमा यो समस्या बाट माछालाई सजिलै बचाउन जिल्ला कृृषी विकास कार्यालयले जनाएको छ । 

रुपन्देही जिल्ला माछा पालनका लागी देशमै अग्रणी जिल्लाका रुपमा रहदै आएको छ । जिल्लामा गत बर्È ७ सय ३२ हेक्टर जलाशयमा माछा पालन भएकामा यस बर्È ७ सय ६८ हेक्टर जलाशयमा माछा पालन भैरहेको छ । जस्मा प्रति हेक्टर साढे चार टन उत्पादन लक्ष्य कार्यालयको रहेको छ ।  रुपन्देहीको छपिया क्षेत्र माछाको लागि हव मानिन्दै आएको छ । अहिले पनि नेपालमा प्रायाप्तमात्रामा माछा उत्पादन नहुने भएको कारण करिव ४० प्रतिशत भारितिय बजारमा निर्भर हुनुपरेको व्यसायीहरु बताउछन ।

फाईल फोटो माछा पोखरी

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै