‘बुद्ध संघ्रालय बन्दै’ ग्रामिण पुस्तकालय

कृष्ण खनाल
बुटवल, १७ भदौ । 
पुस्ताकलयमा प्रवेश गर्न साथ व्यवस्थित रुपमा बाल बच्चाहरुको लागि राखिएका खेलकुदका सामग्री त्यहा रमाईरहेका साना बाल बच्चाहरु ।  जो कोही पनि झुक्कीन सक्दछ कतै यो नीजि सुविधा सम्पन्न बोर्डिङ्ग स्कुल वा मन्टेश्वरी स्कुल त होईन ?  लहरै व्यवस्थीत रुपमा राखिएका हजारौ पुस्तकहरु, महिलाहरुको प्रजन्न अंग तथा अवस्थाबारे जानकारी दिने विशेÈ सामग्रीहरु, आधुनिक ईन्टरनेट जजित कम्प्युटर, कार्यक्रमको लागि सभाहल । 
यो कुनै नीजि विद्यालय तथा मन्टेश्वरी गृह नभएर एउटा ‘सामुदायिक पुस्तकालय हो’। रुपन्देहीको रुपन्देहीको पश्चिम Ôेत्र सैनामैना नगरपालिका–१० बाँसगढीमा रहेको ‘लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय’ नमुनाको रुपमा रहेको छ । 

नमुनाको रुपमा रहेको पुस्तकालयालाई अव‘बुद्ध संघ्रालयको रुपमा विकास गर्ने’ वृह्त्तर अवधारणाा विकास गरिएको छ । गौतम बुद्धको जन्म स्थान लुम्बिनी, कपिलवस्तुको तिलौराकोट संग जोडर पाल्पा जो बुद्ध सक्रिटको विचमा रुपन्देहीको सैनामैना बासगढीमा रहेको उक्त पुस्तकाललाई ‘बुद्ध संघ्रालयको रुपमा विकास  गर्न लागिएको अध्यक्ष  युवराज काफ्ले जानकारी दिए । उनका अनुसार बुद्ध सक्रिटको मध्य भागमा पर्ने बुटवलको पश्चिमा क्षेत्रमा बुद्ध संघ्रालयको रुपमा पुस्तकालयलाई विकास गर्न लागिएको हो । यो प्रक्रिया निकट भविश्यमानै सुरुहुने अध्यक्ष काफ्ले जानकारी दिए । 

 उनले भने–‘रुपन्देहीको पश्चिम क्षेत्रमा रहेको यो पुस्तकालय नमुना पुस्तकालयको साथै बुद्ध संघ्रालयको रुपमा विकास गर्नको लागि लागेका छौ ।’  पुस्तकाल व्यवस्थापन समितिका सचिव दिनेश पन्थीका अनुसार अहिले पुस्तकालयका ११ वटा सटर रहेका छन् । जसको भाडा वात आउने रकम बाट पुस्तकालय चलेको छ ।
 पुस्तकालयमा  अहिले विभिन्न किसिमका स्वरोजगारमुलक तालिम समेत सञ्चालन हुदै आएको सचिव पन्थीले जानकारी दिए । उनले भने–‘हामीले विभिन्न सरकारी तथा गैर सरकारी संस्थाको संयोजनमा सिलाईकटाई, बुटिक, कम्पूटर लगायतका विभिन्न तालिमहरु समेत सञ्चालन गर्दै आएका छौ ।’ 
 वि.स.२०६९ साल माघ २० गते विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको सहयोगमा स्थापना भएको सामुदायिक पुस्तकालयमा समुदायका सबै प्रकारका जाति, वर्ग, समूह, उमेर, लिङग, भाÈा, धर्मको समेत पुस्तक तथा जनचेतनामुलक सामग्रीहरु राखिएको छ । 

श्रव्य–दृष्य (भिडियो) कÔ, महिला–कÔ, बाल–कÔ, कम्प्यूटर–कÔ, संगीत–कÔ, खेलकुद–कÔ र स्वास्थ्य कÔको व्यवस्था गरिएको छ । बुटवल देखि २७ किलोमिटर पश्चिममा रहेकोछ पुस्तकालय । करिव २ बर्ष पहिला रिड नेपाल नामक गैरसरकारी संस्था, गाँउ विकास समितिको आर्थिक सहयोगमा सुविधासम्पन्न भवन स्वई प्रविधि अनुसार निर्माण गरिएको छ । पुस्तकहरु तथा  जिल्ला विकास समितिको सहयोगमा कम्प्युटर लगायतका समग्रीहरुको व्यवस्था गरिएको सचिव दिनेश पन्थीको भनाई छ । 
पुस्तकालयले निःशुल्क स्वास्थ्य परीक्षण रक्तदान, जनचेतना ¥याली, किसानका समस्या समाधानका लागि कृÈि सम्बन्धी चेतना तथा तालिम, महिलाहरुका शक्तिकरणकोका विभिन्न तालिम, बालबालिका र विद्यार्थीहरुको लागि लागि शिÔा सम्बन्धी प्रतिस्पर्धात्मक कार्यक्रम, जिज्ञासा संकलन र सूचना प्रवाह गर्ने र गराउने कार्यक्रमका साथै स्वास्थ्य साÔरता कÔ र विभिन्न जीवन उपयोगी शिÔा सम्बन्धी कार्यक्रमहरु  संचालन समेत गर्दै आएको छ । 

सामुदायिक पुस्तकालय स्थापनाको भवन निर्माण गर्न रिड नेपाल नाम गैरसरकारी संस्थाले ५२ लाख ६९ हजार ९ सय २१ रुपैयाँ र समुदायबाट ९ लाख ३१ हजार ७ सय ५० रुपैयाँ गरी कुल ६२ लाख ११ हजार ६ सय ७१ रुपैया ५० पैसाको लागतमा निर्माण गरिएको हो । 
 अहिले पुस्तकालयमा अध्यानको लागि साधारण सदस्यहरुको लागि परिचय –पत्रको लागि  २० रुपैयाँ लिने गरेको छ । जो सुकै व्यात्तिहरुले परिचय–पत्र बनाएपछी अध्ययन गर्न पाउने पुस्तकालयले व्यवस्था गरेको छ ।
 मानार्थ सदस्यहरुको लागि ११ हजार १ सय ११ रुपैया र साधारर्ण सदस्यका लागि ५ हजार ५१ रुपैयाँ लिने गरेको पुस्तकालले साधारण र मानार्थ सदस्य भएपछी पुस्तकालयमा भएका पुस्तक तथा अन्य सामाग्रहरु निश्चित समयका लागि घरमै लगेर अध्ययन गर्न पाउने व्यवस्था गरिएको छ ।
अहिले आईसीटी कÔा अन्र्तगत ४० जना विद्यार्थीहरुले नियमित रुपमा पुस्तकालयमा आएर कम्प्युटर कÔा लिईरहेका छन् भने निकट भविस्यमै कम्प्युटरको हार्डवेयर र सफ्टवेयरका कÔाहरु समेत सञ्चालन गरिने योजना रहेको पुस्तकालयले जनाएको छ । 

पुस्तकालयका अध्यक्ष काफ्लेले  भने–‘अहिले हामीले पुस्तकालयको अतिरिक्त विभिन्न समयमा औÈधीहरु वितरणको साथै सामुदायमा आधारित कार्यक्रम समेत गरिरहेका छौ ।’ अहिले पुस्तकालयमा ५ वटा कम्प्युटरहरु रहेकोमा एक जना व्याक्तिले ३० मिनेट चलाउन पाउने व्यवस्था गरिएको छ ।


 पुस्तकालयको माध्यामबाट ‘विपन्न व्याक्तिको हात कम्प्युटर सम्म पु¥याउने’ प्रमुख उदेश्य रहेको पुस्तकालयले जनाएको छ । अहिले पुस्तकालयमा करिव ५ हजार भन्दा बढि पुस्तकहरु, बाध्य वाधनका साधनहरु, मन्टेश्वरीको कÔा, खेलकुदकका  सामग्रीहरु, स्वाथ्य उपचार कÔ, आईटी कÔ समेत समवेश गरिएको छ  । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै