सिलाजी बेच्दैः पढाई खर्च जुटाउदै

कृष्ण खनाल
बुटवल, २८ भदौ । 
कहिले म बम्बईका कुना, कहिले विहारैमा, 
जहिले जुम्ली प्रदेशी हुन्या दशै तिहारैमा ।।
मत राईझुमा, झुमाक्यामच क्याकीछ्यो राईझुमा ।।।
यहा प्रस्तुत गरिएको यो भाका नेपालकै सुदुरपश्चिमा  प्रख्यात देउडा भाकाको केही अंश हो । यो अंश कुनै देउडामा दउडा भाकामा ख्याती प्राप्त कलाकारले रचेको नभई, आफ्नो पढाई खर्च जुटाउनको लागि जुम्लाबाट सिलाजी बेच्नको लागि बुटवलमा झरेका जुम्लेली प्रकाश विश्वकर्माले गुनगुनाएका हुन् । उनी यो गीतमा आफ्नो यथार्थता रहेको समेत बताउछन् ।

पढाई खर्च जुटाउनको लागि बम्बई, विहारमा मौसमी कामदार(६ महिना) को काम गरेको अनुभव समेत उनीसंग रहेको छ ।  जुम्ला जिल्ल्को स्युजा गाविस वार्ड नम्बर ३ रोकायाटोलका उनी अहिले बर्दियामा बसेर अध्ययन गर्दछ । कक्षा १२ को परिक्षा भर्खर सक्काएर उनी अबको स्नातक स्तरको अध्ययनको लागि पढाई खर्च जुटाउनको लागि बुटवलमा झरेको बताए । 

वि.स.२०५० जेठ ३ गते जन्मीएका विश्वकर्माले कक्षा १० सम्म आफ्नै जिल्लामा बसेर पढे पनि उच्च शिक्षाको लागि भने बर्दिया झरेका थिए । बदिर्यामा रहेको विद्याज्वोती उच्च माविमा शिक्षा सास्त्र संकायमा कक्षा १२ को परिक्षा दिएका उनी आफुजस्तै कयौ साथिहरु ६ महिना पढाई र ६ महिना व्यापारको लागि हिड्ने गरेको बताए । 
शनिवार बुटवलमा भेटिएका उनी शुक्रवार नवलपरासीको वर्दघाटमा थिए भने भोलि कुनै नयाँ स्थानमा हुनेछन् । ‘पढाई खर्च जुटाउनको लागि हामी यसरी फिरन्ते व्यापारीको रुपमा हिड्दै’–जुम्लेली प्रकाश ले भने । उनले  गाउँका अधिकांस युवाहरु भारतको बम्बाई र बिहारमा जाने गरेको बताउँदै आफु पनि केही महिना भारतमा बसेर पुनः नेपालमा आएर सिलाजी, यार्सगुम्बा,लगायतका विभिन्न जडीबुटीहरु विक्रि गर्दै आएको बताए । 
नेपालगञ्जबाट गाडीमा जाँदा २ दिनमा पुगीने उनको गाउँमा बाबा, आमाले खेती किसानी गर्छन् । धान, सिमी, आलु अलि बढि मात्रमा फल्ले बताउने उनले अधिकांसले स्याउको खेती गर्ने बताए । 
दैनिक रुपमा सिलाजी, यार्सा गुम्बा बेचेर १ हजार देखि १२ सय रुपैया सम्म आम्दानी गर्ने उनको भनाई रहेको थियो । घुमन्ते व्यापारीको रुपमा रहेपनि ठाउँ ठाँउमा जाँदा विक्रि पद्र्धनकोलागि गीत संगीत समेत गुनगुनाउने उनको शौख रहेको छ । घरमा बाबा, आमा, भाई र बहिनी २ वटा रहेको उनको परिवारका ६ जना परिवारका सदस्यहरुलाई पाल्नको लागि समेत घुमन्ते व्यापारमा लाग्नुको विकल्पन नभएको उनी स्वीर्काछन् । 
पछिल्लो समयमा विभिन्न व्यापारको लागि जुम्लाबाट जुम्लेलीहरु हिउँदको समयमा पहाड तथा तराईमा झर्ने गर्दछन् । कसैले गलैचा, सिलाजी, राडिपाखी, यार्सागुम्बा, माला तथा अन्य विभिन्न जडीबुटीहरु बेच्नको लागि बेच्नको लागि आउने गर्दछन् । 

तस्वीर: सिलाजी  बेच्नको लागि बुटवलमा झरेका जुम्लाको स्युजाका प्रकाश विश्वकर्मा । तस्वीरःकृष्ण खनाल/बुटवल। 






Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै