रुपन्देहीमा खुला दिशा मुक्त अभियान,बाधक बन्यो गरिबी

कृष्ण खनाल
बुटवल, २१ भदौ ।
 रुपन्देहीको गजेडी गाविस वडा नम्बर ५ मुस्लिम टोलकी ३० बर्षिय रसिद्दनिशा मियाँ अहिले निकै चिन्तीत छन् ।  सरकारी जग्गामा सुकुम्बासासीको रुपमा रहेको उनको टोलमा अहिले सम्म कुनै पनि शौचालय छैन । ८ वटा घर रहेको उक्त मुस्लिम टोलमा करिव १ सय जना भन्दा बढि मानिसहरु बसोबास गर्दछन् । भर्खरै मात्र  एक बर्ष पुग्न लागेको  मियाँको छोरा अहिले बाँबेसर्दै छ । तर गाउमा एउटाको घरमा पनि शौचालय छैन । 
सबै मुस्लिम समुदाय रहेको उक्त टोलमा सौचालय निर्माणको  लागि केही  गाउलेलाई मात्र शौचालय निर्माणको लागि गाउ स्तरिय  सरफाई तथा स्वच्छता संमन्वय समितिले ट्वाईलेट सिट र रिङ्ग दिएको छ  । तर आर्थिक अभावको कारण निर्माण गर्न नसक्ने उनीहरु बताउँछन् ।  नियामियाँ जस्तै उक्त गाउका सैबजना अहिले पनि शौचालयको लागि अर्काको खेतमा जान्छन् ।‘महिला हुँ बच्चा बच्ची बोर खेतमा शौचको लागि जानु पर्छ ज्यादै जोखिम रहेको छ ।’– मियाँले भनिन् –‘रिङ्ग र ट्वाईलेट सिट पाएमा खोलाबाट बाुलवा बोकेर भएपनि ट्वाईलेट बनाउथे तर पाएकी छैन् ।’
मियाँका श्रीमान् गाउ घरमै अर्काको  ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका छन् । चर्पी नभएको कारण विभिन्न प्रकारका रोग लाग्छ भन्ने मियालाई थाहा छ तर आर्थिक अभावको कारण उनले शौचालय निर्माण गर्न सकेकी छैन्न । 
गजेडी गाविसमा रहेको उपस्वाथ्य चौकीमा लगेर सबै खोपहरु लगाएको उनको भनाई रहेको छ । तर आर्थिक अभावको कारण पोषणयुक्त खाना खाना नपाउँदा उनका दुईवटै सन्ता ख्याउटे छन् ।
 गाउँमा जनचेतनाको स्तर विस्तारै माथि उठ्दै गएपनि आर्थिक अभावको करणले गर्दा उनीहरुलाई शौचालय निर्माण देखि लिएर अन्य स्वाथ्य समस्याको बारेमा उनीहरु जानकारी भएपनि निर्माण गर्न सक्ने अवस्था छैन । 
गाविस स्तरिय खानेपानी तथा सरसफाई स्वच्छता संमन्वय समितिले  बिपन्न परिवार छनोट गरेर ट्वाईलेट प्यान र रिङ्ग प्रदान गरेको बताए पनि आफुहरुले रिङ्ग र ट्वाईलेट प्यान नपाएको मुस्लिम समुदायका कतिपय स्थानको भनाई रहेको छ । स्थानिय शेर मह्मद् खाँ ले आफुहरुलाई शौचालय बनाउनको लागि गाविसबाट विभेद भएको बताए । उनले गाविसका टाढा बाठा मानिसहरुले आफ्नो आफ्नो नजिको व्याक्तिलाई रिङ्ग र ट्वाईलेट प्यान दिएको र बास्तविक गरिबलाई नदिएको बताउँछन् । 
जसको कारण शौचालय निर्माणको लागि धेरै खर्च लाग्ने गरेको कारण खेतमा जानुको विकल्प नभएको  उनको तर्क थियो  । ‘के गर्ने हामी त खेतमा नै जाने हो, नि विहान उठ्यो खेतमा गयो अनि शौच ग¥यो आयो ।’–स्थानिय शेर मह्मद खाँ ले भने । उनले गाउँमा कसैको घरमा शौचालय नभएको कारण खेतमा जानुपर्ने बाध्यता रहेको बताए । 
स्थानिय मुकिम खाँ ले ट्वाईलेट सिट् र रिङ्ग पाएपनि आर्थिक अभावको कारण शौचालय निर्माण गर्न नसकिएको बताए । उनले भने सिमेन्टी र बालुवा किन्नको लागि पनि पैसा छैन कसरी बनाउने । उनले कुनै संघ संस्थाले सौचालय निर्माणको लागि आर्थिक सहयोग गरेमा खोलाबाट बालुवा बोकेर ल्याएर भएपनि शौचालय निर्माण गरिने बताए । 
अर्का स्थानिय ६९ बर्षिय जनमह्मद् मियाँ ले ६ जना छोरी र एउटा  छोरा आफु र श्रीमती अहिले पनि शौचको लागि खेत चर्हाने गरेको बताए । उनले भने–‘खेतमा जानुको कुनै पनि विकल्प छैन, पैशा छैन कसरी ट्वाईलेट बनाउने ।
गजेडी गाविसलाई २०७१ साल भित्रै खुला दिशा मुक्त गाविस घोषणा गर्ने योजना रहेको  छ । तर पछिल्लो तथ्यांक अनुसार अझै १० प्रतिशत  स्थानियको घरमा शौचालय निर्माण भएको छैन । कुनै कुनै ले राजनीतिक दलको आडामा अटेर गर्दै शौचालय निर्माण गरेका छैनन्न भने कुनैले आर्थिक अभावको कारणले नै शौचालय निर्माण गर्न सकेका छैन । 
उक्त गाविसको वडा नम्बर ५ मसिना गाउँका स्थानिय मधेसी जनाधिकार फोरम नेपालका गाविस स्तरिय अध्यक्ष नेता गौरी शंकर सुनारले नै शौचालय निर्माण गरेपनि प्रयोग गर्दैन्न । उनले शौचालय निर्माण गरेपनि प्रयोग नगरेको कारण अन्यले पनि उनकै देखासिखी गरेर शौचालय निर्माणमा ढिला गरेका छन् । 
उता, स्वाथ्य चौकी गजेडीका निमित्त ईन्चार्ज सुरेन्द्रराज बास्तोलाले गाउँका महिलाहरुमा विस्तारै स्वाथ्य प्रति सजगता बढ्दै गएको  बताउँछन्  । वडा नम्बर १, २ र ३ खुला दिशा मुक्त घोषणा भईसकेको भन्दै अव उक्त वडाहरुलाई पुर्ण सरफाई तथा पुर्ण साक्षर वडाको रुपमा विकास  गरिने र छिट्टै घोषणा गरिने कार्यक्रम समेत रहेको उनले बताए । 
करिव ४ बर्ष पहिला भन्दा अहिले महिलाहरुमा अफ्नो र बच्चाको स्वाथ्यको बारेमा विस्तारै सचेतना बढ्दै गएको बताउँछन् । उनले भने–‘पहिला उपचार, परामर्स तथा सेवा सुविधाको लागि स्वाथ्य चौकी आउने महिलाहरुमा कमि थियो, अहिले विस्तारै यसको मात्रा बढ्दै गएको छ ।’ गाउमा शौचालय निर्माण नभएको कारण केही क्षेत्रमा  झाडापखला, ज्वोरो, आँउ जस्ता रोगहरु लाग्ने गरेको उनको भनाई रहेको  छ । 
उता तथा खानेपानी तथा सरसफाई स्वाच्छता संमन्वय समितिका सह संयोजक खड्क जिसीले   गाविसका अति विपन्न  ३ सय २५ वटा घरलाई ट्वाईलेट सिट र रिङ्ग प्रदान गरिएको जानकारी दिए । उनले केही घरले शौचालय बनाउन अटेरि गरेको करण  केही अफ्ठारो परेको बताए । 
उक्त गाविसमा अहिले सम्म १, २  र ३ खुला दिशा मुक्त भएका छन  ।  गाविसका वडा नम्बर १ का ४ सय  ५० घरधुरी रहेकोमा ४ सय ५० वटै घरमा शौचालय निर्माण भएको छ ।  उक्त वडा मा सुआहारा परियोजना लागु भन्दा पहिला २ सय १३ वटा घरमा शौचालय थिए भने पछि २ सय ३६ वटा घरमा शौचालय निर्माण भएका छन् । 
त्यस्तै वडा नम्बर २ मा ५ सय ६२ वटा घरधुरी रहेकोमा ५ सय ६२ वटा घरमा नै शौचालय निर्माण भएका छन् ।  उक्त वडा मा परियोजना पहिला २ सय ९ वटा र परियोजना लागू भएपछि ३ सय ५३ वटा घरमा शौचालय निर्माण भएका छन् । 
त्यस्तै उक्त गाविसको वडा नम्बर ३ मा ४ सय ७ घरधुरी रहेकोमा सबै घरमा शौचालय निर्माण भएका छन् । परियोजना पहिला १ सय २४ र परियोजना पछि २ सय ८३ वटा शौचालय निर्माण भएका छन् । 
वडा नम्बर ४ मा ३ सय ५६ वटा घरधुरी रहेकोमा अहिले सम्म ३ सय ८ वटा घरमा शौचालय निर्माण भएका छन् । जसमा १८ वटा शौचालय निर्माण गर्न बाँकी रहेको छ । वडा नम्बर ५ मा १ सय ११ घर धुरी रहेकोमा ५६ वटा घरमा मात्र घरमा मात्र सौचालय निर्माण भएका छन् । जसमा अहिले ४२ वटा घरमा सौचालय निर्माण गर्न बाँकी रहेको छ । 
त्यस्तै वडा नम्बर ६ मा १ सय ७० वटा घरधुरी रहेकोमा १ सय ३० वटा घरले शौचालय निर्माण गरेका छन् भने अझै १८ वटा घरमा शौचालय निर्माण गर्न बाँकी रहेको छ । वडा नम्बर ७ मा ४ सय ४० वटा घरधुरी रहेकोमा ३ सय ६९ वटा घरमा शौचालय निर्माण भएको छ भने अझै ५०वटा घरमा शौचालय निर्माण हुन बाँकी रहेको छ । 
वडा नम्बर ८ मा १ सय २८ घरधुरी रहेकोमा १ सय २६ घरमा शौचालय निर्माण भएको छ, भने अझै १ वटा घर मा शौचालय छैन् । वडा नम्बर ९ मा ८७ वटा घरधुरी रहेकोमा ४० वटा घरमा शौचालय  निर्माण भएको छैन ।  
पुरा गजेडी गाविसमा कुल घरधुरी संख्या २७ सय १० रहेकोमा चर्पी प्रयोग गर्नेघरधुरी २ हजार ४ सय ३५  रहेका छन् भने चर्पी प्रयो गर्नेको संख्या १ सय ३५ रहेको छ । परियोजना पहिला ८ सय १३ घरमा शौचालय थियो भने परियोजना पछि  १६ सय ३७ घरमा शौचालय निर्माण भएको छ भने अझै १ सय २५ घरमा शौचालय निर्माण सुरु भएको छ । 









Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै