दसैलाई धमाधम खसी बोका भित्रीदै

कृष्ण खनाल

बुटवल, २ भदौ । 
यस क्षेत्रमा दशैको लागि भारतबाट खसी, बोका, माछा भित्रीने क्रम जारी रहेको छ । खासगरी दशैलाई  मध्यनजर गर्दै यस क्षेत्रका व्यापारीहरुले सातामा दुई देखि  तिन ट्रक सम्म खसी, बोका  र माछा भित्र्याइरहेका छन् । 
वेलहिया नाका हुँदै रुपन्देही जिल्लाको लागि मात्र नभई लुम्बिनी अञ्चलका सम्पूर्ण जिल्लाहरु र स्याङ्जा, दाङ्ग, प्यूठान लगायतका जिल्लाहरुमा समेत खसी , बोका निर्यात हुदै आएका छन् । दशैको मध्यनजर अलि बढि नाफा हुने भएको कारण पनि यस क्षेत्रका मासु व्यापारीहरुले पछिल्लो समयमा खसीबोको आयात समेत बढाएका छन् । 

वेलहिया नाका हुदै यस क्षेत्रमा अहिले साताको २ पटक भन्दा बढि व्यापारीहरुले खासी बोका, मााछा आयात गरिरहेका छन् । पशु क्वारेन्टाईन कार्यालय वेलहिया चेक पोष्ट कार्यालयका अनुसार रुपन्देहीको बेलहिया नाका हुदै अहिले खसी बोका आयात बढिरहेको छ । 
विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि यस क्षेत्रको माग र अन्य क्षेत्रको लागि समेत निर्यात गर्ने हेतुले व्यापारीहरुले आफ्नो व्यावसाय बढाएका हुन ।  

पशु क्वारेन्टाईन कार्यालय वेलहिया नाका चेक पोष्ट कार्यालयका प्रमुख डा. हरी बहादुर कुँवरका अनुसार अहिले सातामा करिव २ देखि ३ ट्रक खसी, बोका तथा पशुपक्षि भित्रीएको जानकारी दिए । उनले भने–‘विगतको बर्षहरुमा जस्तै यस बर्ष पनि खसी, बोका, माछा लगायतका बस्तुहरुभित्रीरहेका छन् जुन मात्रा बढेको छ । ’ 
उनले सातामा करिव २ देखि ३ वटा ट्रकमा खसी बोका भित्रीने गरेको बताए । उनले एक ट्रकमा करिव १ सय देखि १ सय १० वटा सम्म खसी बोका आउने गरेको समेत जानकारी दिए । 
उक्त तथ्यांक अनुसार हप्तामा २÷३ ट्रकको हिसाबले महिनामा करिव १२ ट्रक अर्थात करिव करिव १५ सय पशु जन्य खसी, बोका भित्रीने गरेका छन् । 

डा. कुँवरका अनुसार अन्य समयमा जस्तै दसंैको समयमा पनि पशुजन्य खसी, बोका र माछाको आयातलाई परिक्षण गरेर मात्र निरोगी माछा, कुखुरा, तथा खसी, बोका नेपालमा भित्रीने गरेको छ । उनले दशैको मौसममा अझ बढि जोखिम भएको कारण सधैभन्दा केही बढि सर्तकता देखाइएको जानकारी दिए । उनले भने–‘रोगी र विरामी भएको आएको छ भने तुरुन्त फिर्ता पठाउछौ, नेपाल भित्रीन दिदैनौ ।’
उता, 
जिल्ला पशु सेवा कार्यालय रुपन्देहीका प्रमुख डा. लक्ष्मण ढकालले रुपन्देहीमा उत्पादन भएको पशुजन्य खसी, बोका, माछा  तथा अन्य पंक्षिले करिव २५ प्रतिशत मात्र उपभोग धान्ने गरेको जानकारी दिदै पछिल्लो समयमा ७५ प्रतिशत सम्म मासुको लागि यस क्षेत्र भारतको भरपर्नुपरेको जानकारी दिए । 
उनले चाडपर्वको समयमा उपभोक्तालाई स्वच्छ मासु उपभोगको लागि आफ्नो कार्यालय प्रतिवद्व रहेको बताउदै पहिल्लो समयमा रुपन्देहीका विभिन्न स्थानहरुका मासु पसलहरुमा अनुगमन कार्य तिब्र पारिएको जानकारी  दिए । 
उनले भने–‘केही दिन पहिला भैरहवाका विभन्न स्थानका मासु पसलहरुमा अनगमन गरियो, कुनैलाई सुधारको लागि आग्रह गरेका छौ भने कुनै पसलहरुलाई बन्द गर्नको लागि निर्देशन दिएका छौ ।’ उनले थपे–‘जनताको स्वाथ्यमा खेलवाड गर्न कसैले पाउदैन, जतिबेला, जुनसुकै अवस्थामा पनि अनुगमन हुन सक्छ, अनि कारवाही पनि ।’

उनले उपभोक्ताहरुले बुटवलका भन्दा अझ बढि भैरहवाका मासु पसलहरुमा फोहोर भएको भन्दै गुनासो गरेपछि कतिपय पसलहरु अनुगमन पछि बन्द गर्न आदेश दिएको समेत जानकारी दिए । 
 खासगरी चाडपर्वको समयमा मात्र अलि बढि अनुगमन हुने र अन्य समयमा सरकारी कार्यालय मौन बस्छन भन्ने गुनासो उपभोक्ताको छ नी ? भन्ने संवादाताको प्रश्नमा कार्यालय प्रमुख डा. ढकालले भने–‘चाड पर्वमा अलि बढि खपत हुने भएको कारण माथिबाट नै बढि अनुगनम गर्नको लागि निर्देशन आएको हुन्छ, हामी बार्षिक रुपमा कार्यातालिका नै निर्माण गरेर अनुगमन गरेका हुन्छौ अन्य समय भन्दा अलि बढि चाड पर्वमा अनुगमन हुनु स्वभाविक हो ।’

यस क्षेत्रममा दशैको बेला खसी बोका को खपत ५० टन सम्म  हुने जिल्ला पशु सेवा कार्यालय रुपन्देहीले जनाएको छ ।  कार्यालयले बुटवलमा सञ्चान हुन लागेको परेवा देखि अस्ट्रीज सम्म र  खसी बोका देखि भेडा च्याग्रा सम्मको जिउदो  मासु र परिकारहरुको  मेलामा नियमित रुपमा अनगुमन गर्ने जनाएको छ ।  यस क्षेत्रमा वेलहिया नाका हुँदै भित्रीने मासु जन्य बस्तुहरु लुम्बिनी अञ्चलका सम्पूर्ण जिल्लाहरु, स्याङ्गजा, प्युठान, दाङ्ग, सल्यान सम्म जाने गर्दछ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै