सुनौलीमा ठगिदै ‘उपभोक्ता’

कृष्ण खनाल 
बेलहिया(रुपन्देही) १२ असोज । 
आईतबार अर्घाखाँची घरभई बुटवल बस्दै आएका  ईश्वरी भुषाल दसैंको किनमेलको लागि भारतको उत्तर प्रदेश राज्य अन्र्तगत सुनौली गए । रुपन्देहीको भैरहवा सिमा नाका बेलहिया हुदै सुनौली गएका  उनीले चिनीका साथै दसैंको लागि चाहिने आवश्यका समान किन्ने योजना बनाएर सुनौली गएका थिए । ‘ल सस्तो चीनीको लागि यता आउनुस्’भन्दै एक व्यापारीले  बोलाए ।  

ईश्वरले सोधे–‘कति रुपैयाँ  हो ।’ व्यापारीले भने–‘मोट छ  चीनी आउनुस् ४५ रुपैंया ।’  नेपालमा साल्ट्र टेर्डिङ्ग करपोरेसन प्रालिले ६३ रुपैयामा चीनी विक्रि गरिरहेको बेला त्यहि सिमा पारी ४५ रुपैयामा चीनी पाईने उनको लागि खुसीको कुरा थियो  । तर उनको त्यो सपना केही बेरमै हरायो । व्यापारीले सस्तोमा ५ किलो चीनी लैजाँदा करिव ३ सय देखि ४ सय रुपैया सम्मको सर्फ  वा चियापत्ती लैजानु पर्ने अडान राखे ।   

पल्लिो समयमा सुनौलीका व्यापारीहरुले चीनीको मूल्य सस्तो देखाएर अन्य सामान अनिवार्य किन्नु पर्ने भन्दै ठगिरहेका छन् । खासगरी दसैंको समयमा व्यापारीहरुले चीनको साथै  अनिवार्य चियापत्ती र सर्फ किन्नु पर्ने भन्दै सोझौं नेपाली उपभोक्ताहरु ठगिरहेका छन् । जुन कुरा नेपालीहरुलाई पत्तै छैन ।  

सस्तोमा चीनी पाईने लोभमा १ सय देखि २ सय रुपैया खर्च गरेर बुटवल देखि किनमेलका लागि भारतको  सनौली पुग्ने नेपालीहरु ठरिएको यो एउटा नमुना मात्र हो । ‘पाँच किलो भन्दा तल चीनी नबेच्नु भन्ने उर्दीआएको छ, जसले गर्दा चीनी संगै चिया पत्ती वा सर्फ अनिवार्य लैजानु पर्ने व्यवस्था समितिले गरेको छ  ।–‘आलम स्टोर्सका सञ्चालले संवाददाता संग भने । 

उनलेको भनाईबाट पनि सुनौलीका सम्पूर्ण व्यापारीहरुले एक जुट भएर नेपालीहरुलाई सोझै ठगी गरिरहेका छन् । उनीहरुले एक बस्तुको मुल्य घटाएर अर्को बस्तुलाई बढि मुल्यमा बेची परिपुर्ती गर्ने गरेको सिमा क्षेत्रमा खटिएका एक नेपाली प्रहरीले बताए । 
उनले भने–‘नेपालीहरुलाई भारतीयले सोझै ठगिरहेको छ, यहा सुनौली भन्दा नेपालमै सस्तो पाईन्छ तर के गर्नेै भिडका भिड छ  ।’
उनले माईक्रो भाडा खर्च गरी भिडभाडमा धुलै धुलो सहेर कोचाकोच माईक्रो सुनौली आएर खरिद गर्नुभन्दा बुटवल  तथा भैरहवाको नजिकको पसलमा सामान खरिद गर्न सल्लाह समेत दिए । 
रिक्सावाले पनिठग्दै नेपाली 

आईतबार स्थलगत रिर्पोटिङ्गको लागि गएको  यो संवाददाताले भारतीय रिक्सा चालकहरुले खुलेयाम रुपमा नेपालीहरु ठग्दै गरेको फेला पार्न सफल भयो । भारतको उत्तर प्रदेश अन्र्तगत सोनौली करिव ५ मिनेटमा नेपाली बस पार्क सम्म आउने बाटोको ५ सय रुपैया सम्म लिने गरेको पाइएको छ । पहिला बास पार्कबाट ल १ सय रुपैयामा लैजान्छौ भन्दै हिडाल्ने र बिच बाटोमा आएपछि ५ सय रुपैया नदिएमा झोला बाटोमा फालिदिएर हिड्ने धम्की दिदै सोझै ठग्ने गरेको पाइएको छ । 
बेहोस बनाई लुटपाट

भारतको आन्द विहारबाट आएका अर्घाखाँची जिल्लाको खिल्जी गाविस–४ का शुशिल कुमार बोल्बासेलाई बसमा एक जना अपरिचितले  विस्कुट खान  दिई बेहोस बनाएर लुटपाट गरेका छन् । विहिबार भारतको आनन्दविहारबाट घरको लागि हिडेका बेल्बासेलाई विच बाटोमा बेहोस बनाई ३५ हजार भारतिय रुपैया सहित लुटेराले लुटपाट गरेका हुन । 

उनलाई पाल्पा र गुल्मीका २ जना नेपालीहरुले उद्वार गरि शनिवार नेपाल ल्याएका थिए । नेपाल ल्याउदा सम्म बेहोस अवस्थमा रहेका उनलाई भैरहको भिम अस्पतालमा उपचार गरी आईतबार डिस्चार्ज गरिएको छ । बेल्बासेका लेखनाथ बेल्बासेले अहिले भाईको उपचार प्रश्चात घर लैजाने तयारी भएको बताए । ईलाका प्रहरी कार्यालय परिसारमा आईतबार भेटिएका  दाजु बेल्बासेले अपरिचितले दिएको खानेकुरा खाँदा बेहोस भएको भाई लुटपाट भएको जानकारी दिएका थिए ।  
अलपत्र यात्रुलाई उद्वार

भारतको गुडगाउबाट आफन्तको साथमा आएका अछाम जिल्लाको कुम्भे गाविस –२ का गोरे विकलाई ईलाका प्रहरी कार्यलय बेलहियाले उद्वारा गरेको छ । गोरखपुर सम्म  साथीहरु संग आएका  ५५ बर्षिय विक बाटो विराएर  अलपत्र परेका थिए । पर्वत जिल्लाका नेपालीहरुले उनको उद्वार गरी वेलहिया नाका सम्म ल्याएका थिए । त्यपछि उनलाई बेलहिया प्रहरीले बुटवल सम्मको बसको व्यवस्था गरी बुटवल बाट धनगढी सम्मको बसको व्यवस्था मिलाएर उनको उद्द्वार गरेको हो । आफुसंग छोराले दिएको १५ सय रुपैया पनि साथीलाई राख्न दिएको र एक रुपैया पनि साथमा नभएको कारण अलपत्र परेका उनले भने–‘घरमा जाईअरी सानी नातिनी छि, वड्डा र बुडीको मुख देख्नापाया हौ त धन्न हुन्या थिए  ।’ ईलाका प्रहरीले कार्यालय बस समिति र प्रशासनालाई चिट लेखेर उनको गाउ सम्म पुग्ने व्यवस्था मिलाएको छ । 




Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै