रुपन्देहीमा दृष्टिविहिनको संख्या १० हजार ४८
कृष्ण खनाल
बुटवल, २६ असार ।
रुपन्देही जिल्लामा अपाङ्गता भएका व्याक्तिहरुको यथार्थ तथ्यांक छैन । केही बर्ष अगाडी आर्थिक बर्ष वि.स. २०६७÷०६८ मा अपाङ्गता जिल्ला संमन्वय समितिले रुपन्देही जिल्लामा ५ हजार ७ सय ५२ जना अपाङ्गता भएका व्याक्तिहरु भएको तथ्यांक सार्वजनिक गरेको थियो ।
हालै रुपन्देहीमा रुपन्देही नेत्रहिन संघ र नेत्रहिन पुर्नस्थापना कार्यक्रमले रुपन्देहीका विभिन्न गाविस, वडा तथा नगरपालिकामा घर घरमा गएर संकलन गरेको तथ्यांक अनुरसार १० हजार ४८ जना दृष्टिविहिन तथा अल्प दृष्टिविहिन रहेको पाइएको छ । नेत्रहिन पुर्नस्थापना कार्यक्रम रुपन्देहीका कार्यक्रम संयोजक प्रेम महर्जजनका अनुसार रुपन्देही जिल्लामा २ हजार १ सय १ जना निको नै नहुने खालको दृष्टिविहिन रहेका छन् । निको नै नहुने दृष्टिविहिनहरुमा १ सय १ सय ३३ जना महिला दृष्टिविहिनहरु रहेका छन् ।
नेत्रहिन पुर्नस्थापना कार्यक्रम रुपन्देहीका संयोजक प्रेम महर्जनका अनुसार १ हजार भन्दा केही बढि निको नहुने खालको दृष्टिविहिन भएका महिलाहरु भएकोमा अन्य दृष्टिविहिनहरुको भने उपचार पश्चात निको हुने अर्थात आँखा देख्न सक्ने हुनेछन् । उनले भने–‘कतिपय दृष्टिविहिनता भएका व्याक्तिहरु निको नै नहुने भनेर गाउमा लुकेर बस्नुभएको छ तर उपचार पछि निको हुने खालका व्याक्तहरुले जतिसको छिटो उचार गराउनु उत्तम हुनछ ।’ उनले विगतका बर्षहरुमा अपाङ्गता भएका व्याक्त खासगरी दृष्टिविहिन महिलाहरु घरबाट निस्कन समेत अफ्ठारो मान्ने र घरमा लुकेर बस्ने गरेकोमा अहिले पछिल्लो समयमा केही जागरण पैदा भएको समेत बताए । ‘पछिल्लो समयमा घरबाट निस्केर हक अधिकारका विषयमा कुरा गर्न सक्ने खालको हँुदै जानु भा’छ, तर यो प्रयाप्त छैन ।’
उनले आफ्नो हक तथा अधिकार कसैले पनि घरमा आएर नदिने भन्दै यसको लागि स्वम् अपाङ्गता भएका व्याक्तीहरु तथा अmझ बढि महिलाहरु शसक्त रुपमा अगाडी आउनु पर्ने बताएका थिए ।
उता, रुपन्देही नेत्रहिन संघका जिल्ला सचिव कृष्ण जिसीका अनुसार अहिले नेत्रहिन संघ देशका ६१ वटा गाविस र ६ वटा नगरपालिकामा विस्तार भएको भन्दै आगामी दिनमा अझ यसलाई एउटा सुध्रढ संस्थाको रुपमा विकास गरेर लैजने बताउँदछन् । अहिले रुपन्देही नेत्रहिन संघको ‘एक व्याक्ती एक ईंटा’ अभियान’ अन्र्तगत बुटवल–१४ तामनगरमा भवन समेत निर्माण भै फिनिसिङ्गको कार्य जारी रहेको भन्दै यसलाई अपाङ्गता भएका व्याक्तिहरुको पश्चिमाञ्चल स्तरिय प्रशिक्षण तालिम केन्द्रको रुपमा विकास गर्ने योजना रहेको बताए । उनले भने–‘सबैको सहयोग र सद्भाव बाट भवन समेत निर्माण भएको छ, हामी यसलाई पश्चिमाञ्चलको अपाङ्गता भएका व्याक्तिहरुका सिप , क्षमता विकास गर्ने तालिम केन्द्रको रुपमा विकास गर्न चाहान्छौ ।’
(((((((((((((((((((((((((((((
दृष्टिविहिन महिलाहरुको मुलप्रवाहिकरणमा जोड
बुटवल, २५ असार ।
दृष्टिविहिन भएका महिलाहरु समाजमा विभिन्नकारणले अशुरक्षित बन्दै गएको भन्दै उनीहरुलाई सामाजिक र आर्थिक विकासको मुल प्रवाहिकरणमा विशेष सहभागीता हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख आतिथी राष्ट्रिय अपाङ्ग महासंघ पपिश्चमाञ्चल क्षेत्रीय अध्यक्ष देवीबहादुर पोखरेलले सरकारबाट नै अपाङ्गता भएका व्याक्तिहरुको लागि अपाङ्ग कल्यण ऐन २०४५ र नियमावली २०५१ ल्याएको भएपनि उक्त ऐन र नियम कार्यान्वयन नभएको भन्दै यसमा सम्पुर्ण अपाङ्गता भएका व्याक्तिहरु यसमा पनि अझ बढि दृष्टिविहिन महिलाहरु जाजरुक हुने बेला आएको बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ रुपन्देहीका जिल्ला संयोजक तथा रुपन्देही नेत्रहिन संघका अध्यक्ष आत्मराम गौतमले दृष्टिविन भएका महिलाहरुको अवस्था बडि संवेदनशिल भएको भन्दै राज्य बाट प्रदान गर्ने सेवा सुविहाहरुको बारेमा सम्पुर्ण अपाङ्गता भएका व्यायिक्तहरु जागरुक सचेत हुनुपर्ने बताएका थिए ।
उनले भने–‘संविधानमा अपाङ्गता भएका व्याक्तिहरुको हक अधिकार सुनिश्चित भएमा मात्र अपाङ्गहरुले आवाज उठाउने बाटो खुल्ने छ ।’ उनले अव बन्ने संविधानमा हक अधिकार सुनिश्चितका लागि डटेर लाग्नको लागि सम्पुर्णमा आग्रह समेत गरे । रुपन्देही नेत्रहिन महिला समितिकी अध्यक्ष कुन्ता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा समिति ईन्चार्ज शिला घिमिरे ‘सामाजिक आर्थिक विकासमा दृष्टिविहिन महिलाहरुको मुल प्रवाहिकरण ’ विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिईन् ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चल क्षेत्रीय सह–सचिव कल्पना ढकाल, चाँदनी नेपालका जिल्ला सचिव ठाकुर घिमिरे, नागरिक सचेतना केन्द्रका डि.वि.खाती, ईलाका प्रहरी कार्यालय बुटवलका सहायक प्रहरी निरिक्षक हरी क्षेत्री, ओरेक नेपालकी जिल्ला अध्यक्ष ईन्दिरा आचार्य लगायतले मन्तव्य राखेका थिए ।
त्यस्तै कार्यक्रममा रुपन्देही नेत्रहिन संघका जिल्ला सचिव कृष्ण जिसी, स्थानिय शान्ती समिति रुपन्देहीकी सचिवालय सदस्य जानकी घिमिरे,परिर्वतनका लागि कार्यरत महिला समुह (वाच) की पुष्पा चौधरी, गैरसरकारी संस्था महासंघ रुपन्देहीकी अध्यक्ष सुमित्रा शर्मा, नेत्रहिन पुर्नस्थापना कार्यक्रमका कार्यक्रम संयोजक प्रेम महर्जन लगायतले मन्तव्य राखेकाथिए ।
