उद्योगी भन्छन्– ‘बजेट कार्यान्वयनमा बढि जोड दिनुपर्दछ’

कृष्ण  खनाल
बुटवल, २९ असार । 
सरकारले आर्थिक बर्ष २०७१÷०७२ को बार्षिक बजेट आईतबार सार्वजनिक गरेको छ । बजेट सार्वजनिक भए लगत्तै यस क्षेत्रका विभिन्न उद्योग व्यापार तथा बाणिज्य क्षेत्रका प्रमुखहरुले मिश्रीत प्रतिक्रिया दिएका छन् । 
समग्रमा उद्योग व्यवसायीहरुको हितमा बजेट आएको भन्दै बजेट  ल्याउनु मात्रै कुनै ठुलो कुरा नभएर कार्यान्वयनको पक्ष बलियो हुने उद्योग बाणिज्य क्षेत्र  सम्बन्धी व्याक्तिहरुले बताएका छन् ।  
बुटवल  उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले यस पटकको बजेटमा उद्योग व्यवसायीको क्षेत्रमा केही राम्रा सूचकहरु देखा परेको  बताएका छन् । बुटवल टुडेसंगको कुराकानीमा अध्यक्ष श्रेष्ठले बुटवल र यस आसपासका विभिन्न क्षेत्रहरुलाई बजेट ले समेट्ने प्रयास गरेको भन्दै बजेट स्वागत  योग्य भएको बताएका छन् । 
बुटवल नजिकै मोतिपुर गाविसमा निर्माण गरिने भनिएको मोतिपुर औद्योगीक क्षेत्रको डिपिआर अध्ययन प्रक्रिया तत्कालै सुरु गर्ने गरी बजेट भाषणामा उल्लेख हुनु राम्रो कुरा भएको उनको पहिलो तर्क रहेको छ । उनले उर्जा संकट कम गर्न भन्दै सरकारले लोडसेर्डिङ्ग अन्त्य गर्ने कुरा राम्रो भएको भन्दै भने–‘३ बर्षमा लोडसेडिङ्ग अन्त्य गर्ने गरी काम अगाडी बढाउने कुरा गरिएको छ, जुन उद्योगी तथा व्यवसायीकाृ लागि राम्रो कुरा हो नै समग्रमा हामी सबै नेपालीहरुको लागि खुसीको कुरा हो ।” उनले सरकारले अहिले  हासिल गरेको आर्थिक बृद्धि दरलाई बढाएर ७ प्रतिशतबाट अझ बढाउने लक्ष्य लिनु राम्रो कुरा  भएको प्रतिक्रिया दिएका छन् ।
बुटवल–वेलहिया सडक विस्तार, बुटवलमा अन्र्तरािष्ट्रय  सभा हल, गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थल, लुम्बिनीको गुरुयोजना पुरा गर्ने, ५ सय भन्दा बढि रोजगार दिने उद्योागहरुलाई करमा १० प्रतिशत आयकर छुट, बुटवल–कोहलपुर विद्युतिय प्रशारण लाईन  विस्तार, राजश्वबाट नै देश धान्न सक्ने गरी निती ल्याउनु र विगतका बर्षहरुमा भन्दा १९ प्रतिशत बढि राजश्व संकलन हुनु लाई राम्रो पक्षको रुपमा लिन सकिने  अध्यक्ष श्रेष्ठको प्रतिक्रिया रहेको छ । 
उता, सिद्धार्थनगर उद्योग बाणिज्य संघ भैरहवाका अध्यक्ष विष्णु प्रसाद शर्माले सिद्धार्थनगर उद्योग बाणिज्य संघले विगत लामो  समय देखि नै उठाउदै आएको भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा ल्याउने कुराले उद्योग व्यवसायीहरुमा विशेष उत्साह थपेको प्रतिक्रिया दिएका छन् । बजेट सार्वजनिक पछि बुटवल टुडेले लिएको प्रतिक्रियामा अध्यक्ष शर्माले भने–‘हामीले विगत लामो  समय देखि नै उठान गर्दै आएका ३÷४ वटा कुरा यस पालिको बजेटमा समेटेको छ, जसले यस क्षेत्रका उद्योगी व्यवसायीहरुमा थप उत्साह थपेको छ ।’ 
 उनले भैरहवामा रहेको सिद्धार्थ रंगशाला लाई यस बर्ष नै पुरा गर्ने नीति सरकारले  लिनु राम्रो भएको प्रतिक्रिया दिएका छन् । त्यस्तै लुम्बिनीको गुरुयोजना समयमै पुरा गर्नको लागि पहल  थालनी गरिने र लुम्बिनीमा पर्यटन उद्योगको विकास तथा विस्तार गर्ने कुराको कारण पनि सिद्धार्थनगर उद्योग बाणिज्य संघ उत्साहित भएको बताए । 
उनलेथपे–‘औद्योगीक श्रम ऐन, लगानी ऐन संसोधनको कुरा समेत यस पटकको बजेटमा समेटिएको छ, जुन कुरा हामीले विगत लामो समय देखि नै उठाउदै आएका थियौँ ।’  उनले कुनैपनि कुरा बजेटमा समेटीएर मात्र नहुने भन्दै  यसको  छिटो भन्दा छिटो कार्यान्वयन हुनुपर्ने मा जोड दिए । ‘कुनै  पनि कुरा बजेटमा उल्लेख भएर हुदैन, यसको कार्यान्वय पक्ष बलियो हुनु पर्दछ, आशा छ यस बर्षको सरकारले समयमै बजेट ल्याएको छ, जुन पुर्णरुपमा कार्यान्वयन होस् ।’– अध्यक्ष शर्माले भने । 
यता,रुपन्देही उद्योग संघका अध्यक्ष बोनिन पियाले समयमै बजेट आउनु पहिलो सकारात्मक कुरा भएको भन्दै बजेट धेरै सुधार उन्मुख रुपमा आएको र समग्रमा लुम्बिनी अञ्चलका उद्योग व्यवसायीहरुको हितमा थुपै कुराहरु आएका बताएका छन् । उनले यसको कार्यान्वयन् पक्ष बलियो हुनुपर्ने समेत बताए । यस पटकको बजेटमा उर्जा र पुर्वाधारमा बढि केन्द्रीत भएर बजेट आएको भन्दै  ३ बर्षमा लोडसेर्डिङ्ग मुक्त गर्ने कुरा उद्योगी व्यवसायीको लागि खुसीको कुरा भएको बताए ।

अर्थमन्त्री रामशरण महतले आर्थिक विकासको दोस्रो चरणको रुपमा अहिलेको बजेटलाई व्याख्या गरेको भन्दै अध्यक्ष पियाले राजश्वबाट नै ४  खर्ब ४२ अर्बको उठाउने लक्ष्य  लिएकोमा उक्त  लक्ष्य पुरा हुने वा नहुने भन्ने कुरा हेर्ने बाँकी  रहेको भन्दै जुन कुरा सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।  
उनले भने–‘आर्थिक वृद्धिदर ६ देखि ८ प्रतिशत सम्म राख्दा राम्रो हुन्छ, त्यो कत्तिको  राख्न सरकार सफल हुनेछ  हेर्न बाँकी छ ।’ उनले बुटवलमा औद्योगीक क्षेत्रको अभाव भैरहेको बेला   मोतिपुरमा औद्योगीक क्षेत्र स्थापनाको चरण सुरु हुनु सकारात्मक कुरा भएको समेत प्रतिक्रिया दिएका छन् । बन्द भएका  कपडा जन्य उद्योगहरु स्थापनाको लागि भ्याटमा सहुलियत दिने, एक जिल्ला एक उत्पादन, स्वदेशी उत्पादनलाई विदेश निर्यातको लागि १५ प्रतिशत छुट दिने कुरा सकारात्म भएको भन्दै अध्यक्ष पियाले ढुवानीको सेन्डीकेट हटाउनले कुरा बजेटमा आए पनि कार्यान्वयन  हुन नसकेको भन्दै यसको कार्यान्वयनमा बढि  जोड दिनुपर्ने बताए ।  उनले उज्यालो नेपाल, कृर्षि दशकको कुरा पनि सकारात्म भएको बताए ।

त्यस्तै उद्योग व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष खिम बहादुर खत्रीले यस पटको बजेट युवा लक्षित बजेट नआएको र बढ्दो युवाहरुको बैदेशिक पलायनलाई रोक्ने र स्वदेशमा नै स्वरोजगारका कुराहरु समेट्ने खालको बजेट नआएको प्रतिक्रिया लिएका दिएका छन्  । बुटवल टुडे संगको कुराकानीमा उनले बजेट पहिलाको भन्दा गहिराईमा गएर आएको भन्दै खासगरी कृर्षिमा बढि जोड दिई कृर्षि योग्य जमिनहरुलाई आवासको परिरण हुन रोक्नको लागि विषेश कार्यक्रम खाँचो रहेकोमा उक्त कुरा बजेटमा आउन नसकेको बताए । उनल  भने–‘लुम्बिनी अञ्चलका केही विषयबस्तुहरु समेटेको छ, जुन कुरा राम्रो छ ।’
उता, रुपन्देही व्यापार संघका अध्यक्ष श्रीकृष्ण पोखरेलले यस बर्षको बजेट व्यपारव्यवसाय गर्नेहरुको  पक्षमा खासै उपलब्धी मुलक हुन नसकेको बताएका छन् ।
उनले समग्रमा बजेट राम्रो भएपनि यसले बढि उद्योगलाई सम्बोधन गरेको  भन्दै  उनले व्यापार गर्नेको लागि भन्सार दरमा केहीपरिर्वतन गर्न सकिने र डब्लु.टि.ओ. मा आवद्ध भएका देशहरुको विचमा लाग्ने भन्सार दरमा केही न्युनिकरण गर्न सकिने भनेको भएपनि ठ्याक्कै यति भन्ने कुरा नआएको बताए । 
उनले केही सकारात्मक कुराहरु पनि समेटिएको भन्दै भैरहवाको  विषेश आार्थिक क्षेत्र, मोतिपुरमा औद्योगीक क्षेत्र सञ्चालनको कुरा राम्रो भएको बताए । उनले भने–‘उद्योगहरु स्थापना भएमा स्वतः व्यापारपनि फस्टाउँछ, जुन कुरा सकारात्मक छ ।’ उनले  यस पटको बजेटले बढि निजिकरणमा जोड दिएको भन्दै कृर्षिमा नयापन र नया अवधारणको विकास गर्न नसकेको समेत बताए । 
उनले थपे–‘कृर्षिमा प्रथमिकीकरण र विशिष्ठीकरणको आवश्यकता रहेको छ जुन कुरा यो बजेटले समेटेको छैन ।’  उनले बजेट लाई उत्कृष्ठ भन्न नसकिने भन्दै ठिकै भन्न सकिने बताए ।  यसरी यो क्षेत्रको विभिन्न आर्थिक विकासमा यस बर्षको सरकारले विभिन्न कुराहरुसमेटको छ । बजेटमा समेटिएका कुराहरुलाई पुर्णरुपमा कायान्वयनको पक्षमा अगाडी बढाउन सकेमा मात्र बजेट आउनुको सार्थकता हुने विभिन्न उद्योगी, व्यवसायी तथा संघ संस्थाका प्रमुखहरुको संयुक्त धारणा रहेको छ । 






Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै