लुम्बिनी दुग्घ विकास परियोजनाद्वारा २५ करोडको कारोवार

कृष्ण खनाल  
बुटवल, १ साउन । 
 अर्थिक बर्ष २०७०/०७१ को अन्त्य सम्म नेपाल दुग्घ विकास संस्थान लुम्बिनी वितरण परियोजनाले करिव २५ करोड बराबारको  दुध तथा दुग्ध जन्य बस्तुहरु विक्रि गरेको छ ।  
गाउँ गाँउका किसानहरुबाट दुध खरिद गरी  त्यसलाई प्रशोधन  गरेर संस्थाले स्थानिय स्तरमा र काठमाण्डौमा दुध विक्रि वितरण गर्दै आएको छ । 
अघिल्लो आर्थिक बर्षको जेठ महिना सम्ममा १६ करोड ८९ लाख ३९ हजार ८ सय १ रुपैंया ३७ पैसा बराबरको  विक्रि गरेको छ । त्यस्तै स्थानिय स्तरमा लुम्बिनी दुग्ध वितरण परियोजनाबाट स्थानिय स्तरमा ९ करोड ४० लाख ७५ हजार ६ सय ५ रुपैया ६४ पैसा बराबरको दुध तथा दुग्धजन्य वस्तुहरु विक्रि गरेको छ । 

नेपाल दुग्ध विकास संस्थान लुम्बिनी वितरण आयोजनाका  लेखा संयोजक रुद्र बहादुर कार्कीका अनुसार  संस्थानले ५ करोड ८६ लाख २ हजार १ सय ६२ रुपैया १३ पैसाकोको दुध विक्रि गरेको छ । 

त्यस्तै ध्यू १ करोड ४८  लाख १ हजार ७ सय ३७ रुपैया १५ पैसा, बटर २१ लाख ५५ हजार ७ सय २१ रुपैया २३ पैसा, ८९ लाख २ हजार ३ सय ९९ रुपैया ५० पैसा, चिज२९ लाख ९३ हजार ७ सय ३३ रुपैया ६१ पैसा, पनिर ५० लाख ८९ हजार ५ सय ४९ रुपैया ८८ पैसा, क्रिम ६ लाख ११ हजार २ सय २ रुपैयाँ ६५ पैसा बराबरको विक्रि गरेको छ  । 

त्यस्तै रसवरी २ लाख ८७ हजार ५ सय ८२ रुपैया ३३ पैसा, लालमोहन विक्रि बाट २ लाख २५ हजार ८ सय ४६ रुपैया ८९ पैसा, आईस क्रिम कप विक्रिबाट १७ हजार ८ सय ५९ रुपैया २९ पैसा,  आईस क्रिम लुज विक्रिबाट ३६ हजार ५ सय ५२  रुपैया २० पैसा र खुवा विक्रिबाट ९ लाख ४ सय २४ रुपैया ७८ पैसा गरी कुल ९ करोड ४० लाख ७५ हजार ६ सय ५ रुपैया ६४ पैसा आम्दानी गरेको छ  । 

बुटवल–१२ औद्योगीक क्षेत्रमा रहेको नेपाल दुग्ध संस्थान लुम्बिनी वितरण परियोजनामा कुल ८ करोड ३३ लाख ६४ हजार ५ सय ७० रुपैया ८९ पैसा बराबरको स्तीर सम्पती रहेको छ । 
 नेपाल दुग्ध विकास संस्थान लुम्बिनी वितरण परियोजनाले  संस्थानको केन्द्रमा गत आर्थिक बर्षमा १६ करोड ८९ लाख ३९ हजार ८ सय १ रुपैया ३७ पैसा बराबरको दुध तथा दुग्ध जन्य बस्तुहरु विक्रि गरेको छ । 

लुम्बिनी  परियोजनाबाट  केन्द्रमा दुध १६ करोड ४३ लाख ६९ हजार ३० रुपैया २ पैसा बराबरको विक्रि गरेको छ । त्यस्तै रसवरी विक्रि १९ लाख ३६ हजार ५ सय ५० रुपैया,स्किम मिल्क पाउडर दुध विक्रिबाट १५ लाख ७७ हजार रुपैया, फ्रेस दुध विक्रिबाट ६ हजार ९ सय ६० रुपैया, चिज विक्रीबाट १ लाख ७२ हजार ५ सय ४१ रुपैया ३५ पैसा, घिउ विक्रिबाट ६ लाख ६० हजार रुपैया, बटर विक्रिबाट २ लाख १७ हजार ७ सय २० रुपैया ३७ पैसा गरी कुल १६ करोड ८९ लाख ३९ हजार ८ सय १ रुपैया ३७ पैसा बराबरको आम्दानी गरेको छ । 

लुम्बिनी दुग्ध वितरण परियोजना बुटवलका प्रमुख राजेन्द्र प्रसाद अधिकारीका अनुसार  केही बर्ष पहिला लुम्बिनी परियोजना संकटग्रस्थ रहेकोमा अहिले भने यस्तो नभएको बताए ।  

उनले भने–‘पछिल्लो समयमा हामी व्यालेन्समा छौ ।’ उनले जनतालाई स्वच्छ र सफा दुध र दुग्धजन्य पदार्थ विक्रि गर्ने आफुहरुको  पहिलो प्रथमिकता भएको भन्दै  भने–‘हाम्रो पहिलो काम भनेको सेवा हो, अनि मात्र नाफा । ’  

उनले  डिडिसीले अहिले सम्म कुनैै पनि उपभोक्तहरुको स्वाथ्यमा खेलवाड नगरेको भन्दै  अन्य केही डेरिहरुले दुधमा चिल्लो पदार्थ(फ्याट)को मात्र घटाउने गरेको कारण केही बाक्लो हुने गरेको बताए । 
उता, परियोजनाका ईन्जिनियर रविन्द्र कुमार रञ्जितका अनुसार डिडिसीले  वितरण गर्ने दुधमा ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफ् पदार्र्थ हुने गर्दछ । 
((((((((((((((((((((
डिडिसीको ४७ औं बार्षिक उत्सव कार्यक्रम
बुटवल, १ साउन । नेपाल दुग्ध विकास संस्थान को ४७ औ बार्षिक उत्सव कार्यक्रम बुटवलमा पनि मनाईएको छ । लुम्बिनी दुग्ध वितरण परियोजनाको  आयोजनामा विहिबार बुटवल औद्योगीक क्षेत्रमा कार्यक्रम गरिएको हो । लुम्बिनी दुग्ध वितरण परियोजना प्रमुख राजेन्द्र प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा दुग्ध विकास कृर्षिक सहकारी संघ का केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष लेखनाथ पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । टिकारामा सुवेदीको सञ्चालमा भएको कार्यक्रममा परियोजनाका ईन्जिनियर रविन्द्र कुमार रञ्जितले स्वागत मन्तव्य राखेका थिए ।

 कार्यक्रममा सिद्धिविनायक कृर्षि सहकारी संस्थाका अध्यक्ष टिकाराम पाण्डे, यादब कृर्षि फार्मका सञ्चालक राममिलन यादव, पुजा कृर्षि फार्मका प्रमुख कृष्ण प्रसाद पन्त, वाणगंगा कृर्षि सहकारी संस्थाका अध्यक्ष चुडामणि अर्याल लगायतले मन्तव्य राखेका थिए । 
त्यस्तै कार्यक्रममा   दुग्ध विकास संस्था कर्मचारी युनियनका अध्यक्ष भोजराज खरेल, ईकाइ अध्यक्ष मोह्मद् अली, गाईमाई राष्ट्रिय महिला जागरण महिला समितिकी अध्यक्ष अम्बीका देवी भण्डारी, क्षेत्रीय खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयका खाद्य अधिकृत श्रवण ढुंगाना, बुटवल औद्योगीक क्षेत्र उद्योग संघका अध्यक्ष गणेश राज अधिकारी, बुटवल औद्योगीक क्षेत्रका प्रबन्धक प्रकाश खड्का लगायतले मन्तव्य राखेका थिए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा दुग्ध विकास कृर्षिक सहकारी संस्थाका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष लेखनाथ पाण्डेले स्पट दुध निनि नभएको कारण वासतविक  दुध उत्पादन गर्ने कृषकहरु मर्कामा परेको भन्दै सरकारसंग स्पष्ट दुध निति आवश्यक रहेको बताए । उनले भने–‘सरकारको स्पष्ट दुध निति नभएको कारण विचौलियाबाट पटक पटक कृषकहरु ठगिने गरेका छन्, जुन कुरा रोक्न जरुरी रहेको छ ।’


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै