जिल्ला अदालत रुपन्देहीमा लक्ष्य भन्दा बढि मुद्वा फर्छयौट

कृष्ण खनाल 
बुटवल, ४ असार । 
रुपन्देही जिल्ला अदालतले आर्थिक बर्ष २०७०÷०७१ मा लक्ष्य भन्दा बढि मुद्धाको फर्छयौट गर्न सफल भएको छ ।  अदालतबाट अघिल्लो आर्थिक बर्षका १ हजार २ सय ८८ वटा मुद्वा,  नयाँ  पर्ने अनुमान २ हजार २ सय ८ गरी कुल ३ हजार ४ सय ९३ अर्थात ६५ प्रतिशत मुद्धा हुने अनुमान गरेको  थियो ।

तर उक्त आर्थिक बर्षमा नयाँ  दर्ता  १ हजार ९ सय ६६ मुद्धा दर्ता भएका थिए ।  अघिल्लो अर्थिक बर्षबाट बाँकी रहेका १ हजार २ सय ८८ वटा मुद्धा गरी कुल  जम्मा ३ हजार २ सय ५४ मुद्वा रहेका थिए । 
सोही आर्थिक बर्षमा पाँच वटा ईजलासबाट २ हजार १सय ८५ अर्यात ६७.१५ प्रतिशत फर्छयौट भएका छन । चालु आर्थिक बर्ष २०७१÷७२ का लागि १ हजार ६९  फर्छयौट हुन बाँकी  रहेका छन् । 

अघिल्लो आर्थिक बर्षमा २ हजार २ सय ८ थान मुद्धा नया दर्ता  हुने अनुमान गरिएकोमा १ हजार ९ सय ६६ अर्थात २ सय ४२ थान कम मुद्वा परेका थिए । फर्छयौट तर्फ २ हजार २ सय ७२ अनुमान गरेकोमा २ हजार १ सय ८५ फर्छयौट भएको छन् । 

 जिल्ला अदालत रुपन्देहीका मुख्य न्ययाधिश बालचन्द्र शर्माका अनुसार ६५ प्रतिशत मुद्धाको फर्छयौट गर्ने लक्ष्य लिएकोमा ६७.१५ प्रतिशत मुद्वा फर्छयौट  भएको छ । 

  फैसला कार्यान्वयन तर्फ अघिल्लो  आर्थिक बर्षबाट बाँकी रहेका १ सय ८३, आर्थिक बर्ष २०७०÷०७१ मा पर्ने अनुमान गरिएकोमा ४ सय १९ समेत गरी ६ सय २ फैसला कार्यान्वन गराउने लक्ष्य लिएकोमा ६५ प्रतिशत अर्थाथ ३ सय ९२ वटा  मुद्वाहरुको फर्छयौट भई २ सय १०  वटा चालु आर्थिक बर्षमा सर्ने अनुमान जिल्ला अदालतले गरेको थियो । 
गत आर्थिक फर्छयौट हुन बाँकी १ सय ८३, नयाँ दर्ता भएका ३ सय ३८ समेत गरी कुल ५ सय २१ वटा निवेदन परेकोमा ३ सय ६६ थान अर्थात ७०.२४ प्रतिशत मुद्वा फर्छयौट भएको छ । यसबाट १ सय ५५ वटा  मुद्वा फर्छयौट हुन बाँकी रहेका छन् । 

  अनुमान गरिएको ४ सय १९ भन्दा ८१ थान  कम दरखास्त कम परेको कारण संख्याको हिसाबले फर्छयौट कम जस्तो देखिन गएपनि अनुमान गरे भन्दा बढि प्रतिशत फर्छयौट हुन गएको जिल्ला अदालत रुपन्देहीका प्रमुख न्ययाधिस बालचन्द्र शर्माले बताएका । 
जिल्ला अदालत रुपन्देहीबाट विगत लामो समय ५ करोड ८५ लाख ६८  हजार ९ सय ८९ रुपैया ५० पैसा राजश्व उठाउनु  बाँकी थियो । त्यस्तै  आर्थिक बर्षका २०७०÷०७१ का  मुद्धाबाट १ करोड ६९ लाख ९२ हजार ९ सय ७४ रुपैया ५२ पैसा उठाउनु पर्ने थियो । अदालतले कुल ८६ लाख ६१ हजार ४ सय २७ रुपैया ३३ पैसा राजश्व संकलन गर्न सफल भएको छ । भने ६ करोड ६९ लाख ५ सय ३६ रुपैया ६९ पैसा उठाउन बाँकी रहेको छ । 
जिल्ला अदालतबाट अदालतमा लागेको कैद, दण्ड, जरिमानाको लागत को रकम नतिर्नै व्याक्तिलाई राज्यबाट प्रदान गरिने सेवा सुविधा बाट समेत बञ्चित गर्दै आएको छ । यसको लागि जिल्ला प्रहरी कार्यालयले सहयोग गर्दै  समेत आएको छ । 
संविधान सभाको निर्वाचनको समयमा अदालतबाट सम्पूर्ण कर्मचारी तथा न्याधिसहरुको सहभागीता निर्वाचन सफल बनाउने कार्यमा भएको कारण सो अवधिमा  जिल्ला अदलातबाट दैनिक कार्य सञ्चालनको बाहेक अन्य काम हुन नसकेको कारण अदालतको काम कारवाहीमा असर समेत परेको अदालतले जनाएको छ । 
रुपन्देही जिल्ला अदालतमा विगत ७ बर्षमा मुद्वाको लागत, फर्छयौट र बाँकीको तुलनात्मक अध्ययन गर्दा फर्छयौट हुने  मुद्धाको मात्रा विस्तारै बढ्दै गएको छ । 
आर्थिक बषए २०६४÷०६५ मा अघिल्लो बर्षको ७ सय ४४, नया दर्ता १ हजार ९७ गरी कुल १ हजार ८ स य ४१ वटा मुद्वाहरुमा कुल १ हजार ८२ वटा मुद्वा फर्छयौट भएका छन् भने बाँकी ७ सय ५९ रहेका थिए । सो आर्थिक बर्षमा कुल ६८.७७ प्रतिशत मुद्धा फर्छयौट भएका थिए । 

त्यस्तै आर्थिक बर्ष ०६५÷०६६ मा अघिल्लो बर्षको बाँकी ७ सय ५९, नयाँ १ हजार  २ सय २० वटा गरी कुल १ हजार ९ सय ७९ बटा मुद्धा  रहेकोमा कुल १ हजार ५८ वटा मुद्धा फर्छयौट भएका छन्  ।  उक्त आर्थिक बर्षमा ५३.४६ प्रतिशत मु्द्धा रहेको २ बर्ष  घाघेका मुद्धा ३ वटा मात्र रहेका थिए । 

त्यस्तै आर्थिक बर्ष ०६६÷०६७ मा अघिल्लो बर्षको बाँकी ९ सय २१ नयाँ दर्ता १ हजार ५ सय ३९ मा फर्छयौट संख्या १ हजार ३ सय ७४ वटा र बाँकी १ हजार ८६ रहेका थिए । सो आर्थिक बर्षमा ५५.८५ प्रतिशत मुद्धा फर्छयौट भएका थिए, जसमा २ बर्ष भन्दा पुराना  १३ वटा मुद्धा फर्छयौट भएको तथ्यांकमा पाइएको छ ।
त्यस्तै आर्थिक बर्ष  ०६७÷०६८ मा अघिल्लो बषएको बाँकी १ हजार ८६, नयाँ दर्ता १ हजार ६ सय ६२  गरी जम्मा २ हजार ७ सय ४८ रहेकोमा कुल १ हजार ५ सय ९१ वटा मुद्धा फर्छयौट भएका छन् । सो आर्थिक बर्षमा १ हजार १ सय ५७ वटा मुद्धा बाँकी रहेका थिए । ५७.८९ प्रतिशत मुद्धा फर्छयौट भएकोमा २ बर्ष नाघेका ४ वटा मुद्धा समेत फर्छयौट भएका छन् ।

त्यस्तै आर्थिक बर्ष ०६८÷०६९ मा  अघिल्लो  आर्थिक बर्षको बाँकी १ हजार १ सय ५७ वटा, नयाँ थप १ हजार ७ सय ८७ गरी कुल २ हजार ९ सय ४४ वटा मुद्धा रहेका थिए ।   सो आर्थिक बर्षमा कुल ९ सय ७० वटा अर्थात ६६.९२ प्रतिशत मुद्धा फर्छयौट भएका छन्  । जसमा २ बर्ष भन्दा पुरा ३ वटा मुद्धा फर्छयौट भएका छन् ।  
त्यस्तै आर्थिक बर्ष ०६९÷०७० मा  पुराना  ९ सय ७४, नयाँ २ हजार ८ गरी कुल २ हजार ९ सय ८२ वटा मुद्धा रहेका थिए । सो आर्थिक बर्षमा कुल कुल १ हजार ६ सय ९४ वटा अर्थात ५६.८० प्रतिशत मुद्धा फर्छयौट भएको छ भने १ हजार २ सय ८८ वटा मुद्धा बाँकी रहेका छन् ।   उक्त आर्थिक बर्षमा २ बर्ष भन्दा पुराना सबैभन्दा बढि १८ वटा मुद्दा फर्छयौट भएका छन् । 

त्यस्तै आर्थिक बर्ष २०७०÷०७१ मा अघिल्लो बर्षका १ हजार २ सय ८८, नयाँ दर्ता १ हजार ९ सय ६६ गरी कुल ३ अजार २ सय ५४ वटा मुद्धा  मध्ये  कुल २ हजार १ सय ८५ अर्थात ६७.१५ प्रतिशत मुद्धा फर्छयौट भएका छन् । जसमा २ बर्ष पुराना ६ वटा मुद्धा फर्छयौट भएका छन् । 



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै