रुपन्देहीका ७७ प्रतिशत घरधुरीमा शौचालय

कृष्ण खनाल

 बुटवल, असार ३० ।

सन् २०१७ सम्म रुपन्देहीलाई खुला मुक्त जिल्ला घोषणा गर्ने अभियान अन्र्तगत अहिले धमाधम शौचालय निर्माण गर्ने र  खुला दिशा मुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम जारी रहेको छ ।
आर्थिक बर्ष आर्थिक वर्ष २०७०÷०७१ मा १५ हजार शौचालय निर्माण गरिएको छ । सरसफाई गुरुयोजनापूरा गर्न शुरु गरिएको अभियान अन्र्तगत शौचालय निर्माणलाई तिब्रता समेत दिइएको छ ।
यो आर्थिक वर्षमा ४ वटा गाविस खुला दिसामुक्त समेत बनेका छन् । रुपन्देहीमा चालु आर्थिक वर्षको अन्त्यसम्म ७७ प्रतिशत घरमा शौचालयको पह“ुच पुगेको छ । जिल्लालाई सन् २०१७ सम्ममा खुला दिसामुक्त बनाउन अभियान सञ्चालन गरेको ६ वर्षको अवधिमा ७७ प्रतिशत घरमा चर्पी बनेका हुन । खुला दिशामुक्त बनाउने अभियान सुरु गर्ने अवधिमा जिल्लाका ४५ प्रतिशत घरमा मात्र शौचालय थिए ।

‘स्वच्छ गाउ“ सफा सहर स्वस्थ राष्ट्र हाम्रो रहर’ भन्ने मूल नाराका साथ नेपाल सरकारको गुरु योजना अनुसार सन् २०१७ सम्ममा नेपाललाई पूर्ण खुला दिशामुक्त बनाउने सरकारको अभियान छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीले सोमबार बुटवलमा सञ्चारकर्मीहरुस“ग अन्तरक्रिया गरी उक्त तथ्याङक सार्वजनिक गरेको हो ।

कार्यक्रममा कार्यालयका इन्जिनियर धु्रव धितालले जिल्लालाई खुला दिशामुक्त बनाउने अभियानमा राष्ट्रिय लक्ष्य भन्दा माथि पुगे पनि जिल्लाका धेरै गाविसलाई दिशामुक्त बनाउन धेरै चुनौती रहेको बताए । उनले तराई क्षेत्रका धेरै गाविसलाई खुला दिशामुक्त बनाउन चुनौती थपिएको भन्दै अहिले सञ्चालित योजना परिर्वतन गरी नया“ योजनाबाट अभियानलाई तीव्र बनाउनुपर्ने बताए ।

हालसम्म रुपन्देहीमा साविकका १८ वटा गाविस र बुटवल नगरपालिकाका वडा नम्बर १४ र १५ मात्र खुला दिशामुक्त भएका छन् । जिल्लामा साविकका ६९ गाविस सहित दुई वटा नगरपालिका छन् । ८ लाख ८० हजार १ सय ९६ जनसङख्या रहेको जिल्लामा एक लाख ६३ हजार ९ सय १६ घरधुरी रहेकोमा १ लाख २६ हजार ७ सय १६ घरमा सौचालय बनिसकेका छन् ।
 
 धितालले भने अब करिव ३७ हजार २ सय घरमा मात्र चर्पी बनाउन बा“की छ । दक्षिणी भारतीय सिमावर्ती क्षेत्रका विष्णुपुरा, मर्यादापुर, तेनुहवा, वयरघाट, बोधबार, बोगडी, फरेना, सिपुवा, र चक्रनपकडी ९ गाविसमा १० प्रतिशत घरमा पनि शौचालय बनेका छैनन् ।

कार्यक्रममा अवधारणा पत्र प्रस्तुत गर्दे वास मिडिया फोरम रुपन्देहीका सह–सचिव लक्ष्मण पोखरेलले सरसफाई अभियानलाई अगाडि बढाउन पत्रकारहरुलाई साथमा लिएर अगाडि बढ्नुपर्ने बताए । खुला दिसामुक्त क्षेत्र घोषणा गरे पछि गाविसहरुको अनुगमन नहुदा पहिलेको अवस्थामा फर्किन सक्ने डर भएको भन्दो पोखरेलले निमित अनुगमनको व्यवस्था गर्न सुझाव दिए ।  सरसफाई अभियान शुरु भएको ६ वर्षसम्म पनि दक्षिणका केही गाविसमा १० प्रतिशत पनि शौचालय वन्न नसक्नु दुःखको कुरा भएको भन्दै उहाले सरकारी तथा गैरसरकारी निकायको ध्यान ति गाविसमा अभियान लिएर जानुपर्ने उनको धारणा रहेको छ ।


खानेपानी डिभिजनका इन्जिनियर देवि पाठकले खानेपानी योजनाको प्रगति विवरण पेश गर्नुभयो । रुपन्देहीा अहिले १५ वटा योजनाहरु सञ्चालनमा रहेको बताउदै उहाले योजनाहरु बजेट अभावले समयमा पुरा हुन नसकेको बताए ।  आवश्यकताका आधारमा योजना नपार्दा योजनाहरु खप्टिने गरेकाले समस्या भएको उनको तर्क रहेको छ ।  एउटै योजना सम्पन्न हुनका लागि १० वर्षसम्म लाग्ने गरेको उहाले जानकारी दिए ।

 राजनीतिक दलका नेताले गएको वर्ष रुपन्देहीमा ५ वटा नया योजना माग विना नै थोपेरका थिए । कार्यक्रममा खानेपानी डिभजन प्रमुख शंकरमणी ज्ञवालीले बोल्दै सरसफाई अभियानलाई सशक्त बनाउनका लागि पत्रकारहरुले सहयोग गर्नुपर्ने बताए ।
त्यस्तै पश्चिमाञ्चल ग्रामिण खानेपानी परियोजनाका वास सल्लाहकार उमाशंकर यादवले शौचालय वनाउने व्यक्तिहरुलाई पैसा दिनुको सट्टा पुरस्कार दिने गर्नुपर्ने बताए ।  पैसा दिने गर्दा शौचालय वनाउनमा आनाकानी गर्ने गरेका भन्दै अनुदानले शौचालय वनाउने प्रबृतिको अत्य गरेर नया अभियान थाल्नुपर्ने बताए ।
कार्यालयका प्राबिधिक इश्वरी आचार्यको सञ्चालनमा भएको कार्यक्रममा वास मिडिया फोरमका सचिव डायलसन अधिकारी, नेपाल पत्रकार महासंघका सचिव रुद्रहरी कुवंर, पत्रकारहरु यमलाल भुसाल, बीपी गौतम, केशव भण्डारी लगायतले सुझाव दिएका थिए ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै